Jaya Matribhumi Sudur pashim

Jaya Matribhumi Sudur pashim Jaya Matribhumi Party !

02/03/2026

भेडाहरूले मासु भात खाने अब तीन दिन मात्रै बाँकी रह्यो। घिचौ हो घिचौ उता गगनकुमार मटनकाजीले एउटालाई नर्स पढाइदिने रे? चटकेहरू भोट माग्न आएका छन् ! ठग हामी नयाँ हुँ भन्दै आएका छन्। पाँच मिनेट सत्ता बाहिर बस्न नसक्नेहरूले पाँच वर्षमा यो गर्छ रे। यी यो गर्छ तिमीहरूको घन्टी ग्याङले। धन्न गरिबका छोराछोरीहरू ले खाडी मुलुकबाट अलिअलि पैसा पठाएको थियो र यता तलब खान पाएको थियो। अब तिमीहरूको बाउ ट्रम्पले दिन्छ होला। अनि यही संघीयता पालिराख्नु, यही धर्मनिरपेक्षता टिकाईराख्नु, यही गणतन्त्र र यही निर्वाचन पद्धतिले यही ठगहरूको समूहले तिमीहरूको उद्धार गर्ने रहेछ। सुँगुरलाई स्वर्ग लैजान्छु भन्दाखेरि जान्न त्यहाँ ग* खान पाइन्न भन्थ्यो! नेपालीहरूको बुद्धि पनि त्यही किसिमको हो।जहाँ रैती ,दास, प्रजा, जनता, लोक का नारा लगाएर ब्वाँसाहरू| चुनावको बेला भेष बदलेर आउँछन् त्यो देशमा| नागरिक सर्वोच्चता सजिलै कायम गर्न सकिँदैन|

Happy holi
02/03/2026

Happy holi

Vote for motherland
26/02/2026

Vote for motherland

26/02/2026
स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमा-बुबा , दिदी-बहिनी तथा दाजुभाईहरू !  आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा ...
23/01/2026

स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमा-बुबा , दिदी-बहिनी तथा दाजुभाईहरू ! आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा डडेलधुरा क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएको सहर्ष जानकारी गराउन चाहन्छु| विगत दुई दशकभन्दा बढी समय अहोरात्र देश र समाजका लागि राजनीतिक रूपान्तरणका लागि भ्रष्टाचार, व्यथिति र कुशासन अन्त्य गर्नका निमित्त देशको सार्वभौमसत्ता ,स्वाधीनता ,भूअखण्डका लागि आफ्नो रगत र पसिना बगाएर निरन्तर यहाँहरूको सेवामा "राजनीति सेवा हो, व्यापार होइन"? भन्ने मूल उद्देश्यले देशप्रेमको भावनाले ओत्प्रेत भएर कतै कहीँ पनि विचलित नभइकन आफ्नो पाइला नडगमगाइकन निरन्तर रूपमा राष्ट्रसेवामा खटिरहेको अवगत गराउन चाहन्छु। सुदूरपश्चिम हकित संरक्षण मञ्चको केन्द्रीय विद्यार्थी नेता हुँदै, सुदूरपश्चिमबाट कैलाली र कञ्चनपुरलाई टुक्र्याउने दुष्प्रयासलाई रोक्न कयौँ पटक जेल जीवन भोको पेट र नाङ्गो खुट्टा कैलाली बहुमुखी क्याम्पसबाट सु.प. का नौवटै जिल्लाका विद्यार्थीहरूलाई समेटेर सडक मैदानमा उत्रिँदै अखण्ड सुदूरपश्चिमको आन्दोलनलाई निर्णायक उचाइमा पुर्‍याएर सुदूरपश्चिमको आँगनको रूपमा रहेको कैलाली कञ्चनपुरलाई टुक्रिन नदिन पश्चिम नेपाल स्वायत्त परिषद् समेत गठन गरी कर्णाली र सुदूरपश्चिमलाई समेत जोडेर एक मधेश र एक प्रदेशको नारालाई निमिट्यान्न पारेको जानकारी गराउन चाहन्छु। त्यसैगरी नेपाली माटो ,नेपाली भूगोल, इतिहास, सभ्यता ,संस्कृति र पहिचानलाई टेकेर नेपालको आफ्नै जनक सभ्यता, बुद्ध सभ्यता र शिव सभ्यतालाई टेकेर नेपालवादी चिन्तन मार्फत देशमा सुशासन कायम गर्नका लागि मेची महाकाली भित्रको नेपाल मात्रै नभएर टिस्टा काँगडासम्मको विशाल वृत्तर नेपाल र नेपालीको एकीकरणका निमित्त रातदिन लागिपरेको जानकारी गराउँदछु। प्रजातान्त्रिक मूल्यमान्यतालाई सिरोधार्य गरी ६२ /६३ को १९ दिने जनआन्दोलनमा अग्र मोर्चामा रहेर सडक आन्दोलनमा होमिँदै अग्रगमन ,शान्ति, विकास र प्रगतिका लागि अहम भूमिका खेले पनि तथाकथित संविधानसभाका नाममा देश को पहिचान र धर्म संस्कृतिलाई मासेर आफ्नो इतिहास भूगोल, सभ्यता र संस्कृतिलाई निमिट्यान्न पारेर संघीयता ,गणतन्त्र र धर्म निरपेक्षता जस्ता विदेशीहरूका एजेन्डाहरू लागू गरी देशलाई रणमैदान बनाउनुको दुष्परिणाम आजसम्म निरन्तर रूपमा सडकमा सङ्घर्ष गरिरहेको जानकारी गराउन चाहन्छु। राष्ट्र निर्माता श्री ५ बडा महाराज धिराज पृथ्वीनारायण शाहको दिव्य उपदेश ,जय पृथ्वी बहादुर सिंहले दिएको मानवतावादी दर्शन सहिद भीमदत्त पन्तले देखाएको मार्गदर्शन लाई टेकेर नेपालमा चिरस्थायी शक्ति शान्ति, विकास र समृद्धि, सुशासन, भ्रष्टाचारमुक्त समाजका निर्माणका लागि निरन्तर कठिबद्ध भएर लागेको जानकारी गराउन चाहन्छु। नागरिक सर्वोच्चतामा विश्वास गर्नको नाताले कथित जनयुद्धकालीन समयमा पनि आफ्नो जिउ ज्यान समेतको प्रवाह नगरी शेरबहादुर देउवालाई चुनाव जिताउन सफल भएको थिए। तर सत्ता स्वार्थ र भ्रष्टाचारमा लिप्त नेतृत्वहरूको कदमका विरुद्ध विद्रोह गरी २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा सांकेतिक रूपमा उम्मेदवारी दर्ता गरी तेस्रो स्थान हासिल गरेको थिए।जनताको मनोभावना ,युवाहरूको नेतृत्व, देशभक्त र राष्ट्रवादी धारलाई स्थापित गरेर देशलाई विदेशीहरूको रणभूमि र खेलमैदान हुनबाट वञ्चित गर्नका निमित्त परिवर्तित यस भाद्र २३ र २४ गते विद्रोहको नेतृत्वकर्ताको नाताले यहाँहरूको घरदैलोमा जय मातृभूमि पार्टीको तर्फबाट आमा चुनाव चिन्ह लिएर आउँदै छु| यस ऐतिहासिक क्षणमा परिवर्तित आन्दोलनको मर्मलाई बुझेर यहाँहरूले "आमा "चुनाव चिन्हमा आफ्नो अमूल्य मत व्यक्त गरी अत्याधिक बहुमतले विजयी गराइदिनुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छौं! मेरो उम्मेदवारी यो व्यवस्थालाई सुधारेर मात्रै देशको आमूल अवस्था सुधार गर्न सकिन्छ भन्ने अर्थमा फोहोरको डुङ्गुरलाई सफा गर्न त्यसमै आफैले हात हाल्नुपर्दछ भन्ने मान्यताका साथ अगाडि बढेको छु। राष्ट्र बचाउ! राष्ट्र निर्माण गरौं| राष्ट्रलाई माया गरौँ| जननी जन्मभूमिस्च स्वर्गादपी गरियसी! जय मातृभूमि!!!

Save the nation! build the nation!! love the nation!!!
21/01/2026

Save the nation!
build the nation!!
love the nation!!!

कांग्रेस र कम्युनिस्टहरू मिलेर  आठ दशकसम्म  बेच्न नसकेको देश आज एमसीसीका मतियारहरू नेपाली जेलेस्की, नयाँ र परिवर्तन गर्न...
26/12/2025

कांग्रेस र कम्युनिस्टहरू मिलेर आठ दशकसम्म बेच्न नसकेको देश आज एमसीसीका मतियारहरू नेपाली जेलेस्की, नयाँ र परिवर्तन गर्ने बहानामा देशको अस्तित्व नै समाप्त पार्न लागिपरेका छन्। जसरी हिजो एउटा अन्तर्राष्ट्रिय ठग म जहाँबाट प्रचण्ड चुनाव लड्छ त्यहीबाट चुनाव लडेर त्यसलाई हराउँछु भन्दै ढ्याङ्ग्रो ठटाउँदै थियो र अन्त्यमा भारुरामको समर्थनमा प्रचण्ड गोरखाबाट रवि चितवनबाट चुनावमा उठेर आम नेपाली भेडाहरूलाई जसरी बेकुफ बनायो! त्यसै गरेर आज फेरि अर्को लुसिफर केपी ओलीसँग चुनाव लड्छौ भनेर नेपाली भेडाहरूलाई फेरि उल्लु बनाउँदैछ।हेर्दै जानु भेडाहरू जसरी हिजो प्रचण्डको विरुद्धमा चुनाव लड्छौ भन्ने अन्तर्राष्ट्रिय ठगभारुरामको पछाडि लागेर प्रचण्डलाई जिताउन सफल भयो र फेरि तिनै भारुरामसँग सत्ता सहकार्यमा हातेमालो गरेर अगाडि बढ्दैछ! त्यसैगरी नयाँ लुसिफर केपी ओलीसँग चुनाव लड्ने त के त्यो क्षेत्रमा पाइला पनि नटेकिकन अर्को क्षेत्रबाट चुनाव लडेर भेडाहरूको खिल्ली उडाएर अर्को ठाउँबाट चुनाव जितीफेरि तिनैसँग सहकार्य गर्न पुग्ने निश्चित छ ! जसरी पुरानो रक्सी नयाँ बोतलमा हालेर नयाँ हुने होइन।त्यसैगरी पुराना अनुहार को विरुद्धमा बोलेर मात्रै नयाँ भइँदैन! समग्र व्यवस्था परिवर्तन नगरिकन राज्य सत्ता सञ्चालन को नयाँ भाँडो नबनाइकननयाँ भइँदैन? जस्तो भाडामा रक्सी हाल्नुहुन्छ त्यस्तै आकार पाउनुहुने हो। अहिलेको लुटतान्त्रिक व्यवस्थामा आधा तिनै पुराना लुटेराहरू र आदि नयाँ जेलेस्की अनुहारहरू सत्तामा देखिनेछन् ! यसले देशलाई अनिर्णयको बन्दी बनाउन बाहेक केही पनि उपलब्धि हुने छैन ! तसर्थ यस परिवर्तित सन्दर्भमा समग्र व्यवस्थामा आमूल परिवर्तन नगरिकन आउने परिणामबाट शान्ति, समृद्धि, प्रगति ,अग्रगमन र सुशासन खोज्नु बालुवाको महल बनाउन जस्तै हो!!!

जय मातृभूमि! जय सुशासन!! जय नेपालवाद!!!
22/12/2025

जय मातृभूमि! जय सुशासन!! जय नेपालवाद!!!

Address

Dadeldhura
10300

Alerts

Be the first to know and let us send you an email when Jaya Matribhumi Sudur pashim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jaya Matribhumi Sudur pashim:

Shortcuts

Share