12/09/2025
तँहरुले सधैंजसो गर्जिने ‘चौरासीमा दुई तिहाइ ल्याएर देश बनाउँछौँ’ भन्ने नाराले आजको वास्तविकता प्रष्टै देखाइदिएको छ—देश बनाउन समय, पालो वा संवत् कुर्नु पर्दैन, काम गर्नेले जहिले पनी गर्छ। फेसबुकमा ‘२०८४मा गर्छु’ भनेर स्टाटस हाल्दै बस्नु परिवर्तन होइन, आत्म–धोखा मात्र हो। देशको माया साँच्चिकै छ भने हस्ताक्षरको संख्या गन्नु होइन, आजैबाट १८–२० घण्टा पसिना बगाउने संकल्प गर्नु हो। सुधार अहिलेबाट सुरु हुन्छ, नत्र त नयाँ नाम पुरानो ढाँचाकै अर्को ड्याङको मुला सावित हुनु मात्र बाँकी छ।