27/09/2026
बिहानैदेखि लगातार परिरहेको पानी र सम्भावित बाढी-पहिरोको जोखिमलाई मध्यनजर गर्दै उच्च सावधानी
अपनाउनु होला
व्यक्तिगत तथा पारिवारिक सुरक्षा सुरक्षित स्थानमा सर्ने: यदि तपाईं पहिरोको उच्च जोखिम वा नदी/खोलाको छेउछाउको बस्तीमा बसोबास गर्नुहुन्छ भने सुरक्षित र अग्लो स्थानमा जान तयार रहनुहोस्।
· रात्रिको समयमा थप सतर्कता: राति सुत्ने बेलामा पानी परिरहेको छ भने विशेष सतर्कता अपनाउनुहोस्। जोखिम महसुस भएमा सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउनुहोस्।
· खोला तथा नदी किनारमा नजाने: पानीको बहाव बढ्न
सक्ने भएकाले नदी, खोला, वा खहरेहरू तर्न नखोज्नुहोस्, माछा मार्न वा दाउरा झिक्न किनारमा
नजानुहोस्।
आकस्मिक तयारी (Emergency Kit)
· महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्ने: नागरिकता, जन्मदर्ता, लालपुर्जा, शैक्षिक प्रमाणपत्र जस्ता कागजातहरू प्लास्टिक वा वाटरप्रूफ झोलामा राखेर सजिलै बोक्न मिल्ने ठाउँमा राख्नुहोस्।
· औषधि तथा खाद्यान्न: नियमित सेवन गर्ने
औषधिहरू, सुख्खा खाना (बिस्कुट, चाउचाउ, भुजा
आदि) र पिउने पानीको जोहो गरेर राख्नुहोस्।
· टर्च लाइट र ब्याट्री: बत्ती जान सक्ने
हुनाले टर्च लाइट, मैनबत्ती र मोबाइल चार्ज गरेर राख्नुहोस्।
यात्रा तथा सञ्चार
· अनावस्यक यात्रा नचार्ने: जोखिमपूर्ण, विशेष गरी पहाडी सडकमा पहिरो जान सक्ने
भएकाले अति आवश्यक पर्दा बाहेक यात्रा नगर्नुहोस्।
· मौसमको जानकारी लिने: रेडियो, टेलिभिजन वा आधिकारिक समाचारमार्फत मौसम पूर्वानुमान र बाढीको पूर्वसूचनासम्बन्धी जानकारी लिइरहनुहोस्।
· आपत्कालीन नम्बरहरू साथमा राख्ने: प्रहरी, स्थानीय आपत्कालीन सेवा र उद्धार टोलीको सम्पर्क नम्बरहरू मोबाइलमा वा डायरीमा टिपी राख्नुहोस् (जस्तै: प्रहरीको आपत्कालीन नम्बर १०० वा १०३)।
सचेत रहनुहोस्, सुरक्षित रहनुहोस्! यदि बाढी वा पहिरोको उच्च जोखिम महसुस भएमा तुरुन्त नजिकैको सुरक्षाकर्मी वा स्थानीय जनप्रतिनिधिलाई खबर गर्नुहोस्।