Hamro Dailekh

Hamro Dailekh हामी दैलेखी, हाम्रो दैलेख

05/03/2026

दैलेखमा हालसम्म खसेको मत
क्षेत्र नम्बर १ : २५,९८१
क्षेत्र नम्बर २ : २३,८०२

आज दैलेखमा बालेन साहलाई स्वागत गर्न तपाईं तयार हुनुहुन्छ?
30/01/2026

आज दैलेखमा बालेन साहलाई स्वागत गर्न तपाईं तयार हुनुहुन्छ?

29/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन यही मिति २०८२ माघ १६ गते दैलेख जिल्लामा आगमन हुने हुँदा तपशिलका मिति समय र स्थानमा यहाँहरु को गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
तपसिल:
• बिहान १०:०० राकम कर्णाली आठवीस नपा
• बिहान ११:०० बजे जम्बुकाध बजार चामुण्डा
• मध्यान्न १२:०० चगत्रा बजार भैरवी
• मध्यान्न १२:३० दुल्लु पटाङ्गिनी
• दिउँसो १:०० बजे पेट्रोलियम उत्खनन् क्षेत्र जलजले
• दिउँसो १:३० बजे राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय (घण्टीघर) काँडाचौर बसपार्क
• दिउँसो २:०० बजे पार्टी कार्यालयदेखि बजार हुँदै दुईखम्बा
• दिउँसो ३:०० बजे चुप्रा बजार
• दिउँसो ३:३० बजे डुङ्गेश्वर बजार
• दिउँसो ४:३० बजे गुराँसे (आठबिस होटल)

राष्ट्रिय स्वतन्त्र पार्टी, दैलेख।
(सबैले सेयर गरेर सहयोग गरिदिनु अनुरोध छ।)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दैलेखका दुई वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको उम्मेदवारका लागि टिकट वितरण ग...
19/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दैलेखका दुई वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको उम्मेदवारका लागि टिकट वितरण गरेको छ ।

- दैलेख क्षेत्र नम्बर १ : नन्दकिशोर बस्नेत (एनके)
- दैलेख क्षेत्र नम्बर २ : बखतबहादुर शाही

18/11/2025

NPL मा आजको दोस्रो खेल हुदै छ चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ११:४५ बजे हुनेछ ।
एनपीएलको दोश्रो दिन आज दुइवटा खेलहरु हुँदैछन्। तपाई कुन टिमलाई समर्थन गर्दै हुनुहुन्छ ?

09/11/2025

खुसिको कुरा
दैलेखले खुसीको संचार प्रवाह गरेको छ। सरकार, राजनीतिक दलहरु, देशभित्रका एक्सपर्टहरुकाे ध्यान यसैमा केन्द्रित हाेस ! जनतालाई चुनाब भन्दापनि विकास चाहिएको छ।

जलजले आसपासकाे क्षेत्रमा भेटिएको पेट्रोलियम ( प्राकृतिक ग्यास) बाट खाना पकाउने ग्यास, विद्युत उत्पादन, गाडीमा प्रयाेग गर्न मिल्ने ग्यास र नेपाललाई आवश्यक पर्ने सबै यूरिया मल उत्पादन गर्न सकिने प्रतिवेन चिनियाँ विज्ञ टाेलीले नेपाल सरकारलाई वुझाएकाे छ।

प्रतिवेदन अनुसारकाे काम गर्न सकिए पचासौं हजार नेपालीले प्रत्यक्ष राेजगारी पाउनेछन् भने ईन्धनका नाममा विदेशीने खर्बाै रकम देशमा राेकिनेछ। लाखौं नेपालीको मुहारमा हाँसाे र खुसी एकैपटक फर्कनेछ। अप्रत्यक्ष लाभकाे हिसाब न‌ै छैन।

याे परियाेजना सम्पन्न गर्न नेपाललाई पैसाकाे कमी छैन। विदेशवाट बार्षिक भित्रिने १४/ १५ खर्ब रकम लगानी, देशभित्रका बैंकहरुमा रहेको ओभर लिक्विडिटी र विदेश र नेपालमा रहेका नेपालीहरुलाई आव्हान गरे परियाेजना संचालन गर्नेभन्दा धेरै गुणा रकम महिना दिनमै संकलन गर्न सकिनेछ। अहिले बजारमा देखिएको न्यून क्यास फ्लाेकाे समस्या समाधान पनि हुनेछ।

प्रतिवेदन अनुसार २ सय विगाहा जति फराकिलो र सम्म (मिलेको भूगाेल ) पाउन कठिन हाेला। त्याे परियोजनाकाे रिफाईनरी र प्राेसेसिङ् उद्योग सुर्खेतकाे वराहतालकाे वराह गाउँ या वड्डीचाैर पूर्व रातामाटे धनीगाड राख्न उपयुुक्त हुनसक्छ ( प्राविधिक सहमत भएमा)।
अब हाम्रो छलफल र राजनीति यी र यस्ता परियोजना छिटो सम्पन्न गर्न पट्टी हुनुपर्छ। जनताका आधारभुत आवश्यक्ता पूरा भए देशमा हरेक दशकमा हुने ठूला बिद्रोहहरु अब हुनेछैनन्।

नेपालीलाई चुनाव चाहिएको छ‌ैन। देशकाे विकास गर्ने देशभक्त निरङ्कुश भएपनि हुन्छ। अबधि कहिल्यैपनि पुरा नगरी मध्यावधिमै आयु सकिने यस्तोखाले संसदवनि चाहिएन। डे वान ( आजै) वाटै अरुकुरा छाडेर सबैकाे ध्यान दैलेख केन्द्रित हाेस !

copy ...chinta mani sharma poudel

दैलेख२ घण्टा लगाएर माध्यमिक तह (९-१२) अध्ययन गर्न माझखर्क, बजाय देखि बहाकोट सम्म जान्छन विद्यार्थी उक्त बहाकोट जाने बाटो...
09/11/2025

दैलेख
२ घण्टा लगाएर माध्यमिक तह (९-१२) अध्ययन गर्न माझखर्क, बजाय देखि बहाकोट सम्म जान्छन विद्यार्थी उक्त बहाकोट जाने बाटोमा घट्टे खोला पर्दछ। उक्त खोला बर्खाको समयमा आवत जावत गर्न निकै कठिन हुन्छ।यो अवस्थालाई हाम्रो वडा, पालिका सरकार रमिता झै हेरी रहेको छ। न यस विषयको कुनै समाधान तिर ध्यान जान्छ नत माथिल्लो तहमा कुरा उठाउँछन्।
बाकि कुरा काठको लाप्कोको माझखर्कका अभिभावकले आफ्नो छोरा छोरीको आवत जावत गर्न केही सहज होस् भनेर उक्त लाप्को हालिएको थियो।

अनि पकाउनु भो त?
01/10/2025

अनि पकाउनु भो त?

30/09/2025

दैलेख, दुल्लु स्थित बिजया साहित्य पार्कको अबस्था। 🙁 -सम्भारको आवश्यकता।
क्यामरा: पवन पोखरेल

प्रायः GenZ हरु: दैलेख दुल्लु स्थित बिजया साहित्य पार्कमा दृश्य अबलोकन गर्ने Gen Z।
30/09/2025

प्रायः GenZ हरु: दैलेख दुल्लु स्थित बिजया साहित्य पार्कमा दृश्य अबलोकन गर्ने Gen Z।

दैलेखमा आज ७ बजेदेखि भोलि विहान ६ बजेसम्म निषेधाज्ञा जारी।
11/09/2025

दैलेखमा आज ७ बजेदेखि भोलि विहान ६ बजेसम्म निषेधाज्ञा जारी।

10/09/2025

अबको नेतृत्व कसले लिनुपर्छ ?

Address

Dailekh

Alerts

Be the first to know and let us send you an email when Hamro Dailekh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Dailekh:

Share