Mayur Online/मयुर अनलाइन

Mayur Online/मयुर अनलाइन मयुर मिडिया एण्ड टेक्नोलोजी प्रा.लिद्वारा संचालित www.mayuironline.com. मयुर अनलाइनको अफिसियल page हो ।
कृपया Like & Flow गरिदिनुहोला I

बंगलाचुलीमा यसवर्ष पनि परम्परागत भैलो महोत्सव –२०८२ हुने
29/10/2025

बंगलाचुलीमा यसवर्ष पनि परम्परागत भैलो महोत्सव –२०८२ हुने

कमिरेचौर १२ कार्तिक -  स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यक....

दोस्रो मैत्रीपूर्ण खेलमा आज भारतसँग खेल्दै नेपालकाठमाडौं,१० कात्तिक भारतमा भइरहेको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत...
27/10/2025

दोस्रो मैत्रीपूर्ण खेलमा आज भारतसँग खेल्दै नेपाल

काठमाडौं,१० कात्तिक
भारतमा भइरहेको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग दोस्रो खेल खेल्दैछ ।

खेल शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । नेपाल, भारत र इरान सहभागि रहेको प्रतियोगितामा इरानले भारत र नेपाललाई हराएर उपाधि भने जितिसकेको छ ।

त्यसैले आजको खेल प्रतिष्ठाको लडाईँका लागि महत्वपूर्ण हुनेछ । दुई छिमेकी प्रतिद्वन्दी नेपाल र भारत अन्तिम खेल जित्दै सुखद रुपमा यो प्रतियोगिता सकाउन चाहन्छन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक नविन न्यौपाने र कप्तान सावित्रा भण्डारि साम्बाले भारत विरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

प्रशिक्षक न्यौपानेले लामो यात्राले गर्दा पहिलो खेलमा असर परेको र दोस्रो खेलका लागि तयार भएको बताएका छन् । ‘पहिलो खेलमा लामो यात्राले गर्दा असर देखियो । अहिले हामी अभ्यस्त भइसकेका छौँ,’ न्यौपानेले भनेका छन्, ‘भारत राम्रो प्रतिद्वन्दी हो र हामी हरेक सेकेण्ड फोकस गरेर खेल्छौँ । हाम्रो लक्ष्य भारत विरुद्ध जित निकालेर समर्थकसहित सबैलाई सकारात्मक सन्देश दिन चाहन्छौँ ।’

यस्तै कप्ता सावित्राले पहिलो खेलमा इरान विरुद्ध दोस्रो हाफमा १० मिनेट मिसब्यालेन्स हुँदा गोल खान पुगेको र त्यो गल्तीलाई सुधार गर्दै भारत विरुद्ध खेल्ने बताइन् । ‘अस्तीको म्याचको गल्तीहरुलाई कम गरेर भारत विरुद्ध खेल्नेछौँ । यो साउथ एसियन फुटबलको प्रतिष्ठाको लडाईँ हो र हामी त्यसका लागि तयार छौँ र जित्नकै लागि खेल्छौँ ।’ उनले भनिन् । ‘भारत एसियन कपका लागि छनोट भएकोले उच्च मनोबल छ । घरेलु मैदान र दर्शकको साथ छ र टिम पनि राम्रो छ ।’

यसअघि नेपालले सन् २०१९ मा भारतलाई भारतकै भूमिमा पराजित गरेको थियो । फेरि एक पटक भारतलाई उसैको भूमिमा हराउने अवसर नेपाल सामु आएको छ ।

यस्तै शिलोङमा नेपालले भारतसँग तेस्रो पटक खेल्दैछ । यसअघि सन् २०१६ मा भएको साउथ एसियन गेम्सको लिग चरणमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । तर फाइनलमा नेपाल भारतसँगै ४-० ले पराजित भएको थियो ।

#भारत #विरुद्ध #विगत

महिला फुटबलमा नेपालका लागि भारत चिरपरिचित प्रतिद्वन्दी हो र नेपालले अहिलेसम्म सबैभन्दा धेरै १८ खेल भारत विरुद्ध नै खेलेको छ । त्यसका साफ च्याम्पियनसिप देखि अन्य प्रतियोगिता र मैत्रीपूर्ण खेलहरु समेत छन् ।

हेड टु हेडमा हेर्दा भारत धेरै अघि रहेपनि पछिल्ला खेलहरुमा भने भारत विरुद्ध नेपालको प्रदर्शन राम्रो छ । पछिल्लो चार खेलमा नेपाल भारत विरुद्ध अपराजित छ । सन् २०१९ मा पोखरामा भएको १३औं साउथ एसियन गेम्सको फाइनलमा भारतसँग २-० ले पराजित भएयता नेपाल चार खेलमा अपराजित छ ।

त्यसमा भारतमै भएको दुई मैत्रीपूर्ण खेल अनी नेपालमा भएको साफ महिला च्याम्पियनसिप थियो । सन् २०२३ फेब्रुअरीमा चेन्नाईमा भएको दुई मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग बराबरी खेलेको थियो । पहिलो खेल २-२ को बराबरीमा सकिँदा दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

त्यसअघि सन् २०२२ मा काठमाडौंमा भएको साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले पराजित गरेको थियो । यस्तै सन् २०२४ मा काठमाडौंमै भएको साफ वुमन्स च्याम्पियनसिपमा पनि नेपालले भारतलाई सेमिफाइनलमा पराजित गरेको थियो । निकै तनावपूर्ण र विवादित बनेको उक्त खेलमा निर्धारित सयममा १-१ गोल भएपछि पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ४-२ ले पराजित गरेको थियो । एक गोलले पछि परेको अवस्थामा सावित्राले नै गोल गर्दै नेपालले खेलमा पुनरागमन गर्दै बराबरी गरेको थियो । गोलपछि सावित्राले जर्सी फुकालेर आइकोनिक सेलेब्रेसन समेत गरेकी थिइन् ।

यस बाहेक सन् २०१९ फेब्रुअरीमा भारतमै भएको हिरो गोल्डकपमा पनि नेपालले भारतलाई पराजित गरेको थियो ।

कप्तान सावित्राका लागि भारत प्रिय प्रतिद्वन्दी समेत हो । नेपालले भारत विरुद्ध अहिलेसम्म १२ गोल गर्दा सावित्राले एक्लै ७ गोल गरेकी छन् ।

नेपाल र भारतबीच अहिलेसम्म समग्रमा १९ खेल भएको छ । जसमा भारतले ११ खेल जितेको छ भने नेपालले पेनाल्टीसुटआउटसहित ३ खेल जितेको छ । ४ खेल बराबरीमा सकिएको थियो ।

पाँचथरमा गोली प्रहार गरी बुवाले गरे छोराको हत्यापाँचथर,१० कात्तिक पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बामा बुवाले गो...
27/10/2025

पाँचथरमा गोली प्रहार गरी बुवाले गरे छोराको हत्या

पाँचथर,१० कात्तिक
पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन् ।

मिक्लाजुङ-८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन् । मापक पदार्थ सेवन गरेका बखतसिंहले आइतबार ३:२० बजे घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

दाहिने कुम, कञ्चट र छातीमा गोली लागेका सफलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

प्रहरीले बखतसिंहलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । मृतक सफलको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

मलेसियामा सेक्युरिटी गार्डको तलबप्रति गुनासो बढ्दोतिलोचन गौतम क्वालालम्पुर, ९ कात्तिक मलेसिया  रोजगारदाताले न्यूनतम तलब ...
26/10/2025

मलेसियामा सेक्युरिटी गार्डको तलबप्रति गुनासो बढ्दो

तिलोचन गौतम
क्वालालम्पुर, ९ कात्तिक
मलेसिया रोजगारदाताले न्यूनतम तलब नदिएको भन्दै मलेसियामा सुरक्षागार्डहरूले तीव्र असन्तुष्टि जनाएका छन् । मलेसियाले गत फेब्रुअरी पहिलो तारिकदेखि स्वदेशी तथा विदेशी कामदारको न्यूनतम तलब १७ सय रिंगेट पुर्‍याएको थियो ।

सैद्धान्तिक रूपमा नेपाली सुरक्षागार्डको तलब १७ सय रिंगेट भन्दा कम नभएपनि कतिपयले १६ सय रिंगेट मात्रै पाएको बताएका छन् भने कतिपयले न्यूनतम र ओभरटाइम बापतको न्यूनतम तलब पाएको, तर कम्पनीलाई नगद फिर्ता गर्नुपर्ने बाध्यताले व्यवहारमा सुरक्षागार्डले अन्य क्षेत्रमा काम गर्ने नेपाली कामदारहरूले भन्दा कम तलब पाउने गरेको बताएका छन् ।

मलेसियाको संगठित क्षेत्रमा श्रमिकले २६ दिन र दैनिक ८ घण्टाका दरले मासिक २ सय ८ घण्टा मात्रै काम गर्नुपर्छ । त्यसबापत उनीहरूले न्यूनतम तलब १७ सय रिंगेट पाउने गरेका छन् । तर अधिकांश सुरक्षागार्डले महिनाको ३० दिन दैनिक १२ घण्टाका दरले ड्युटी गर्नुपरेको बताएका छन् ।

न्यूनतम १७ सय रिंगेटका लागि सुरक्षागार्डले मासिक ३ सय ६० घण्टासम्म काम गर्नुपर्ने र पैदल कोठामा फर्किँदा दैनिक थप एक घण्टा खर्चिनुपर्ने उनीहरूको गुनासो छ । वर्किङ आवर अर्थात् कार्यघण्टाको आधारमा सुरक्षागार्डको मासिक तलब २९ सय ४२ रिंगेट हुनुपर्नेमा अधिकांशले १७ सय र केही कम्पनीले बढीमा २३ सय रिंगेटसम्म दिने गरेको देखिएको छ ।

मलेसियास्थित नेपाली दूतावासले गत फेब्रुअरीदेखि लागू भएको न्यूनतम तलब १७ सय रिंगेट अनिवार्य रूपमा कार्यान्वयन हुनुपर्नेमा नै जोड दिइएको बताएको छ । नेपाली दूतावासले नेपाली श्रमिकको पे स्लिप पेस नभएका डिमाण्ड प्रमाणीकरण नगरिएको दूतावासका जनसम्पर्क अधिकृत भरत गिरी बताउँछन् ।

केही समयअघि मलेसियाका सेतिया सेक्युरिटी, वन सर्भिस सेक्युरिटी, जिन सेक्युरिटी, अल सेफ गार्ड सेक्युरिटी, डी सेफ सेक्युरिटी, जेकेएस सेक्युरिटी कम्पनीको तलब विवाद नेपाली दूतावास पुगेको थियो । तर मलेसियामा सुरक्षागार्ड सप्लाइ गर्ने १२ सय कम्पनी रहेका छन् ।

मलेसियास्थित नेपाली दूतावासले सुरक्षागार्डको न्यूनतम तलब कार्यान्वयन नगर्ने कम्पनीको नयाँ मागपत्र प्रमाणीकरण नगरेर कारबाही गर्ने र गुनासो आएको खण्डमा सम्पर्क गरेर न्यूनतम तलब कार्यान्वयन गर्न दबाब दिने गरेको बताउँदै आएको छ । तर न्यूनतम तलब कार्यान्वयनमा आएको ८ महिना बितिसक्दा पनि अतिरिक्त समय काम गरेको, तलब नपाएको सेक्युरिटी क्षेत्रमा काम गर्ने नेपाली कामदारको गुनासो रहेको छ ।

त्यसरी गुनासो गर्ने कामदारहरूलाई दूतावासले केही समय संयम अपनाउन र धैर्य गर्न आग्रह गर्ने गरेको छ । गुनासोको संख्या धेरै र जनशक्ति न्यून हुँदा दूतावासले कम्पनीहरूको निरीक्षण गर्ने, तलब, सुविधा र उचित वासस्थान पाए/नपाएको अनुगमन गर्न नसकेको बताएको छ ।

नेपाली दूतावासले शुक्रबार सञ्चालन गर्ने साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा काउन्सिलर श्रम कृष्णप्रसाद भुसालले नेपाली दूतावासले गुनासो समाधानका लागि नयाँ डिमाण्ड एटेस्टेसनमा न्यूनतम तलब १७ सय रिंगेट तलब अनिवार्य र सुरक्षागार्डको बैंक खातामा तलब जम्मा भएको बैंक ट्रान्सफरको स्लिप अनिवार्य गरिएको बताएका छन् ।

26/10/2025

यो वर्षको तिहार भैलो ।

01/10/2025
🌸🙏 विजया दशमी तथा शुभ–दीपावली २०८२ को हार्दिक मंगलमय शुभकामना 🙏🌸
01/10/2025

🌸🙏 विजया दशमी तथा शुभ–दीपावली २०८२ को हार्दिक मंगलमय शुभकामना 🙏🌸

Address

Lumbini
Dang District
22412

Alerts

Be the first to know and let us send you an email when Mayur Online/मयुर अनलाइन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mayur Online/मयुर अनलाइन:

Share