View Network

View  Network View Network – Your trusted source of news updates from Nepal."

19/08/2025

Wow:-❤️
दाङको घोराही उपमहानगरपालिका– १४ स्थित बाल विकास माध्यमिक विद्यालयका विद्यार्थीहरूले बिहान लाइनबद्ध भएर राष्ट्रिय गान गाउँदै ।
भिडियो: Viewman Pun Magar

15/08/2025

हालै देशव्यापी रूपमा प्रदर्शनमा आएको चलचित्र "मोहर" को टिम चलचित्रका नायक पल शाह र निर्देशकलाई स्वागत गर्दै ।

घोराहीमा मोतीविन्दुको शल्यक्रिया सुरुसन्तोष दहितदाङ (घोराही), माघ २१ गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा...
03/02/2025

घोराहीमा मोतीविन्दुको शल्यक्रिया सुरु

सन्तोष दहित

दाङ (घोराही), माघ २१ गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा मोतीविन्दुको शल्यक्रिया (अपरेसन) सेवा सुरु भएको छ ।

प्रष्तिष्ठानमा लामो समयदेखि आँखाको उपचार हुँदै आएको आए पनि शल्यक्रियाको सेवा भने भएको थिएन । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले यसै महिनादेखि मोतीविन्दुको शल्यक्रिया सुरु गरेको बताउनुभयो । उहाँले अहिलेसम्म पाँच जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।

यो सेवा सुचारु भएसँगै घोराही बङ्गला चुली लगायतका नागरिकलाई सहज हुने सूचना अधिकारी भट्टराईले बताउनुभयो । यस अघि घोराही उपमहानगरपालिका, बङ्गलाचुली गाउँपालिका लगायतका नागरिकहरू आँखाकाे शल्यक्रियाका लागि तुलसीपुर स्थित रक्षाचौर र लमही स्थित आँखा अस्पतालमा जानुपर्ने बाध्यता थियो । उहाँले अबदेखि प्रतिष्ठानमा आँखा रोग विशेषज्ञ डा. सुरेश रसाइलीले नियमित रूपमा मोतीविन्दुको उपचारसँगै शल्यक्रिया हुने जानकारी दिनुभयो ।

यसैबिच आँखा रोग विशेषज्ञ डा. रसाइलीले आइतबार देखि मोतीविन्दुको शल्यक्रियाको सुरु गरेको बताउनुभयो । “यसअघि सामान्य अप्रेसन, उपचार त हुँदै आएकोथियो, उहाँले भन्नुभयो, म आएपछि मोतीविन्दुको शल्यक्रियाको सुरु गरेको हुँ ।” उहाँले आफु गत पुस १ गतेदेखि प्रतिष्ठानमा ज्वाइन भएको बताउनुभयो ।

उहाँको अनुसार मोतिविन्दुको शल्यक्रियाका लागि न्यूनतम दस हजार देखि ४० हजारसम्म खर्च हुन्छ । मोतीविन्दुको शल्यक्रियाका लागि लेन्स अनुसार खर्च हुन्छ, डा. रसाइलीले भन्नुभयो, लेन्सको कुन क्वालिटी प्रयोग गर्ने हो, त्यहि अनुसार खर्च हुन्छ । उहाँले आधुनिक प्रविधिको माध्यमबाट सहज तरिकाले मोतीविन्दुको शल्यक्रिया गरिरहेको बताउनुभयो ।

अहिले अनुहारमा हड्डी भाचिएको, आँसु नलीको अप्रेसन, आँखाको क्यान्सर अप्रेसन, कोस्मेटिक अप्रेसेन, जलविन्दुको अप्रेसन र मोतीविन्दुको अप्रेसन गरिँदै आएको डा. रसाइलीले जानकारी दिनुभयो ।

12/05/2024

मगर समुदायको पृष्ठभूमिमा निर्माण भएको 'घरज्वाइँ' चलचित्रले पितृ सत्तात्मक सोच माथि केलाउने कोसिस गरेको छ । मगर सभ्यता अनुसार छोरी/ज्वाइँले बिबाहको लागि संघर्ष गरेको यस चलचित्रमा देख्न सकिन्छ । त्यसैले यो चलचित्र ती तमाम छोरी/ज्वाइँहरु प्रति समर्पित गर्दछौं ।
#आज देखि टिजर तपाईहरुको भयो । सकारात्मक र नकारात्मक दुबै खाल्का प्रतिकृया सुन्न 'घरज्वाइँ' टिम आटुर छौं ।

08/05/2024

रोल्पा जिल्ला थवाङ गाउँपालिका-०४ उवाको गुरास .....
Viedo:Milan Magar

06/05/2024

ढकमक्क फुलहरुले सजिएको दाङ घोराही।

03/05/2024

Live concert Pratap Das.
8th Day of 𝗬𝗮𝗺𝗮𝗵𝗮 𝟭𝟱 𝗬𝗲𝗮𝗿𝘀 𝗼𝗳 𝗟𝗲𝗮𝗱𝗲𝗿𝘀𝗵𝗶𝗽 𝗶𝗻 𝗙𝗜 𝗖𝗲𝗹𝗲𝗯𝗿𝗮𝘁𝗶𝗼𝗻 𝗥𝗮𝗹𝗹𝘆 (Tulsipur to Ghorahi).

Address


Telephone

+9779744244668

Website

Alerts

Be the first to know and let us send you an email when View Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to View Network:

  • Want your business to be the top-listed Media Company?

Share