Hamro Deukhuri Media

Hamro Deukhuri Media नयाँ उमंग अनि नयाँ सोचका साथ हामी दीन्छौ तपाईंलाई सहि सुचना , समाचार अनि मनोरञ्जन 😊🙏

❤️🙏✨ Happy Krishna Janmashtami 🦚✨   ❤️🙏     🙏
04/09/2026

❤️🙏✨ Happy Krishna Janmashtami 🦚✨ ❤️🙏 🙏

04/09/2026

सुरुमा उद्वार गरिएका संजय शाह भन्छ्न: "सुरुङ भित्र ३/४ जना छन र सबै सुरक्षित छन।"

त्रिशूली ३ 'ए' बाट पहिरोमा पुरिएको १० दिनपछि दुई कर्मचारीको जीवितै उद्धारकाठमाडौं । त्रिशूली ३ 'ए' जलविद्युत आयोजना क्षे...
04/09/2026

त्रिशूली ३ 'ए' बाट पहिरोमा पुरिएको १० दिनपछि दुई कर्मचारीको जीवितै उद्धार
काठमाडौं । त्रिशूली ३ 'ए' जलविद्युत आयोजना क्षेत्रमा गएको पहिरोमा पुरिएका दुई जना कर्मचारीको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
प्राप्त जानकारी अनुसार, पहिरोले पुरिएको १० दिन बितिसक्दा पनि मेकानिकल सुपरभाइजर कवीर महर्जन र मेकानिकल फोरम्यान सञ्जय शाहलाई सकुशल जीवितै उद्धार गर्न सफल भएको हो। उनीहरूको उद्धार कार्यमा सुरक्षाकर्मी र उद्धार टोलीले कडा मेहनत गरेका थिए।
घटनाबारे थप विवरण आउन बाँकी छ।

बाढीपीडितका लागि लमहीका स्थानीयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग रसुवा र भोटेकोशी बाढीपीडितहरूल...
03/09/2026

बाढीपीडितका लागि लमहीका स्थानीयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग
रसुवा र भोटेकोशी बाढीपीडितहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले लमही नगरपालिका–३ जखेराताल मुसण्डी टोलका बासिन्दाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्।
टोलवासीहरूको तर्फबाट थोरै भए पनि राहत होस् भन्ने भावनाका साथ जम्मा रु. ३६,०७५ (छत्तीस हजार पचहत्तर रुपैयाँ) सहयोग रकम जम्मा गरिएको हो। विपदमा परेका पीडित परिवारहरूको राहत, उद्धार तथा पुनस्थापनामा यस सानो सहयोगले केही हदसम्म टेवा पुग्ने अपेक्षा गरिएको स्थानीय बासिन्दाले बताएका छन्।

रसुवाको बाढी पीडितका लागि RAPTI YOUTHS  ग्रुपको सहयोगात्मक कदमहालैको बाढीले पुऱ्याएको क्षति र दर्दनाक अवस्थालाई मध्यनजर ...
03/09/2026

रसुवाको बाढी पीडितका लागि RAPTI YOUTHS ग्रुपको सहयोगात्मक कदम

हालैको बाढीले पुऱ्याएको क्षति र दर्दनाक अवस्थालाई मध्यनजर गर्दै, विभिन्न निकायहरूको सहमति र साथ समर्थनलाई साथमा लिएर राप्ती युथ ग्रुपका युवाहरू राहत सामग्री बोकेर रसुवा तर्फ प्रस्थान गरेका छन्।
बाढी पीडितका दुःखमा मलम लगाउने उद्देश्यसहित प्रस्थान गरेका यी युवाहरूले आफूसँगै दैनिक उपभोग्य वस्तुहरू लिएर गएका छन्।
राहत सामग्रीहरूको परिमाण सानो भए तापनि, उनीहरूको मनमा रहेको सहयोगी भावनाले पीडितहरूलाई ठूलो राहत पुऱ्याउने विश्वास गरिएको छ ।

देउखुरीमा मौलिकताको स्वाद नयाँ पुस्ताको अभिनयमा तीज गीत ‘तीजैमा दिदी’ सार्वजनिकचाडपर्व नजिकिँदै जाँदा बजारमा आउने गीतहरू...
02/09/2026

देउखुरीमा मौलिकताको स्वाद
नयाँ पुस्ताको अभिनयमा तीज गीत ‘तीजैमा दिदी’ सार्वजनिक

चाडपर्व नजिकिँदै जाँदा बजारमा आउने गीतहरूमा मौलिकता हराउँदै गएको गुनासो भइरहेका बेला दाङको देउखुरीबाट भने एक फरक र पूर्ण रूपमा मौलिक तीज गीत सार्वजनिक भएको छ। दिदी–भाइको आत्मीय सम्बन्ध र माइतीघर फर्किने नेपाली परम्परागत संस्कृतिलाई मुख्य विषय वस्तु बनाएर निर्माण गरिएको ‘तीजैमा दिदी’ नामक गीत दर्शकमाझ ल्याइएको हो।
बुधवार दिउँसो ५ बजे गायक श्रीधर कडेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले विशुद्ध पारिवारिक कथा बोकेको छ। बुवाआमाको आग्रहमा भाइ आफ्नी दिदीलाई लिन माइतीबाट जान, अनि विभिन्न उपाय लगाएर भिनाजुलाई समेत फकाएर दिदीलाई माइती ल्याउन सफल भएको मार्मिक तथा रमाइलो कथा यसमा समेटिएको छ। यसले तीज पर्वको सांस्कृतिक र भावनात्मक महत्वलाई जीवन्त रूपमा उजागर गरेको निर्माण पक्षको भनाइ छ।

गीतको भिडियोमा देउखुरी क्षेत्रका नवउदियमान कलाकारहरूको विशेष अभिनय रहेको छ। जसमा श्रीधर कडेल, सिर्जना खड्का र सन्तोषकुमार गुप्ताले प्रमुख भूमिकामा रहेर उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्। उनीहरूका साथै हिराकुमारी वली, भागीराम वली र बाल कलाकार श्रीशु कडेलको अभिनयले भिडियोलाई अझै आकर्षक बनाएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–९, ढकेरी गाउँमा छायांकन गरिएको यस भिडियोको निर्देशन पोषण भण्डारीले गरेका हुन् भने छायांकन तथा सम्पादन शिशिर चौधरीले गरेका छन्।

गीतलाई कर्णप्रिय बनाउन चर्चित स्रष्टा तथा कलाकारहरूको टोलीले सहकार्य गरेको छ। श्रीधर कडेल, रेशु राई र मनोहर भण्डारीको सुमधुर स्वर रहेको यस गीतमा शब्द मनोहर भण्डारीले रचना गरेका हुन् भने सङ्गीत श्रीधर कडेलकै रहेको छ। गीतमा आधुनिकता र परम्पराको राम्रो मिश्रण गर्दै रमेश सेन्चुरीले सङ्गीत संयोजन तथा एरेन्ज गरेका छन्।
प्रकाशमान श्रेष्ठ र सन्तोष सुनामले मिक्सिङ तथा मास्टरिङ गरेको यस गीतमा नम्रता चौधरीले शृंगारको जिम्मा सम्हालेकी छिन्। म्युजिक सिटी काठमाडौं र गुड भ्वाइस, लमही दाङमा रेकर्डिङ गरिएको यो गीतले यस वर्षको चाडपर्वमा दर्शक तथा स्रोताको मन जित्ने र मौलिक तीज गीतको अभाव केही हदसम्म पूरा गर्ने विश्वास गरिएको छ।

भिडियो लिङ्क = https://youtu.be/2OlE_QPtGtM?si=S-9JwnYem1V57G3a

विपदमा परेका रसुवाका बाढीपीडितलाई सहयोग गर्न जुट्यो 'राप्ती युथ्स'रसुवाका बाढीपीडितहरूलाई सहयोग गर्न 'राप्ती युथ्स' (Rap...
02/09/2026

विपदमा परेका रसुवाका बाढीपीडितलाई सहयोग गर्न जुट्यो 'राप्ती युथ्स'

रसुवाका बाढीपीडितहरूलाई सहयोग गर्न 'राप्ती युथ्स' (RaptiYouths) देउखुरी दाङको टोली तयार अवस्थामा रहेको छ ।
बाढीबाट प्रभावित बनेका रसुवाका बाढीपीडितहरूसमक्ष राहत वितरणका लागि भोलि बिहानै टोली प्रस्थान गर्ने तयारी भएको देउखुरी दाङका युवा पत्रकार एव सामाजिक अभियन्ता सन्देश भण्डारी क्षेत्रीले जानकारी दिनुभएको छ। विपद्को यस घडीमा सबैलाई हातेमालो गर्न र पीडितको सहयोगका लागि जुट्न उहाँले आह्वान सम्मेत गर्नुभएको छ।
राहत वितरण टोलीलाई जिल्ला प्रशासन कार्यालय दाङ र दाङ जिल्ला प्रहरी कार्यालयलगायतका विभिन्न निकायको समन्वय रहेको छ। बाढीपीडितलाई आवश्यक खाद्यान्न तथा राहत सामग्रीहरू सवारी साधनमा व्यवस्थापन गरी rapti youths टोलि भोलि बिहानै अघि बढ्ने भएको छ ।

विपदमा  परेका ३१ जनाको उद्धारपछि कलाकार अनूप बुढा मगरद्वारा सहयोगलमही (दाङ): बाढीका कारण हाइड्रोपावरको टनेलमा थुनिएर उद्...
02/09/2026

विपदमा परेका ३१ जनाको उद्धारपछि कलाकार अनूप बुढा मगरद्वारा सहयोग

लमही (दाङ): बाढीका कारण हाइड्रोपावरको टनेलमा थुनिएर उद्धार गरिएका ३१ जना नागरिकलाई कलाकार अनूप बुढा मगरले सहयोग गर्नुभएको छ।
विपत्तिबाट जोगिएर घर फर्किने क्रममा बाँके, बर्दिया, कैलाली र कन्चनपुरका ३१ जना नागरिक दाङको लमही आइपुगेका थिए। स्थानीय कलाकार, मोडल तथा उद्घोषक समेत रहनुभएका बुढा मगरले उहाँहरूलाई लमहीमा भोजन गराएर गन्तव्यतर्फ बिदाइ गर्नुभएको हो।
संकटमा परेका मानिसलाई मानवीय नाताले सकेको सहयोग गर्नुपर्ने बुढाको भनाइ छ। दर्शकको माया पाउनु मात्र नभई नागरिक अप्ठ्यारोमा पर्दा साथ दिनु कलाकारको पनि मुख्य जिम्मेवारी भएको उहाँले बताउनुभयो।

उपचारका क्रममा २ वर्षीया सुनिसा मगरको दिल्लीमा निधनदाङ । उपचारका लागि भारतको दिल्ली लगिएकी २ वर्षीया सुनिसा मगरको उपचारक...
31/08/2026

उपचारका क्रममा २ वर्षीया सुनिसा मगरको दिल्लीमा निधन

दाङ । उपचारका लागि भारतको दिल्ली लगिएकी २ वर्षीया सुनिसा मगरको उपचारकै क्रममा निधन भएको छ। सुनिसाको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो।

सुनिसालाई बचाउन देश तथा विदेशमा रहेका नेपालीहरूले आर्थिक सहयोग, भिडियो शेयर तथा प्रार्थनासहित विभिन्न माध्यमबाट सहयोग गर्दै आएका थिए। तर उपचारका क्रममा उनको निधन भएपछि परिवारजन तथा सहयोगीहरू शोकमा परेका छन्।

सुनिसालाई बचाउन गरिएको प्रयासप्रति आभार व्यक्त गर्दै भोजराज थापाले सामाजिक सञ्जालमार्फत भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले सहयोग गर्ने सम्पूर्ण मनकारी नेपालीहरूप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

“हामीले उनलाई बचाउन सकेनौँ, तर अन्तिम समयसम्म उनलाई बचाउने प्रयास छोडेनौँ,” थापाले लेखेका छन्।

सुनिसाको निधनले उनका परिवार, आफन्त तथा उनलाई बचाउन अभियानमा जोडिएका सहयोगीहरूमा गहिरो दुःख पुगेको छ। परिवारप्रति समवेदना तथा दिवंगत सुनिसाप्रति भावपूर्ण श्रद्धाञ्जली। 💔🙏

*यो समाचार उपलब्ध सामाजिक सञ्जाल पोस्टमा आधारित हो।*

Address

Lamahi Bazzar
Dang District

Telephone

+9779806234156

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Deukhuri Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share