
04/06/2025
सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारीको सांसद पद स्वतः निलम्बन गरिएको पत्र प्रदेश सभा सचिवालयमा प्राप्त भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड आठ लाखको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर गरेपछि उनी निलम्बनमा परेका हुन्। आगामी २३ जेठमा बस्ने प्रदेश सभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले सोडारी निलम्बनको सूचना पढेर सुनाउने छन्। त्यसपछि सोडारीले सांसदको हैसियतमा कुनै काम गर्न नपाउने र तलबसहितका सेवासुविधा पनि रोक्का गरिनेछ।