Lokdarpan TV

Call Directions Website Contact the business

Lokdarpan TV यो रेडियो लोकदर्पण र लोकदर्पण टिभी डट कम

बैतडीको पञ्चेश्वर गाउँपालिकामा प्रहरीले करिब पौने चार लाख रुपैयाँ बराबरको अवैध भन्सार छलिका सामान फेला पारी बरामद गरेको ...
14/10/2026

बैतडीको पञ्चेश्वर गाउँपालिकामा प्रहरीले करिब पौने चार लाख रुपैयाँ बराबरको अवैध भन्सार छलिका सामान फेला पारी बरामद गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरी चौकी हल्दुविनायक र इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो ३ः०० बजेको समयमा उक्त सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पञ्चेश्वर गाउँपालिका–४, विनायकस्थित विनायकघाटबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका सामान सोही वडाको तिमलेखालीस्थित विनायक जङ्गलमा बेवारिसे अवस्थामा फेला परेका थिए । बरामद गरिएका सामानहरूमा चिनी, तोरी तथा तिलको तेल, पेठा मिठाई, धोजा÷नेजा, मन्दिरको घण्टी, रेडिमेड अचार, नरिवल, पापड, पेन्ट, चप्पल, सुर्ती (पान छाप), जिरा, स्टिलका भाडाकुडा (भड्डु तथा बाल्टिन), स्याम्पु, तालाचाबी, पास्ता, ढोकाको ह्यान्डल लगायतका २४ थरी खाद्यान्न तथा घरायसी सामाग्रीहरू रहेका छन् । उक्त बरामद गरिएका सम्पूर्ण सामानहरूको अनुमानित मूल्य रु. ३ लाख १७ हजार ७ सय दस रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामाग्रीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बैतडीतर्फ ल्याइँदै गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Lokdarpan TV

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ...
14/10/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ । उहाँले आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्न सकिने उल्लेख गर्दै आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउनुभएको छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनारले आफूले गरेको भनिएको कुनै पनि गलत कामको जिम्मेवारी पार्टी र सरकारले लिनु नपर्ने बताउनुभएको छ । उहाँले पार्टी, सरकार र राज्यका सबै निकायले गर्ने छानबिनमा सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभएको छ । ‘म माथि उठेको प्रश्नको सत्यतथ्य छानबिन होस् । आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस्’, उनले लेखेका छन्, ‘मैले गरेको भनिएको पाप, अपराध प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु ।’
Lokdarpan TV

गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुभएको छ। भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्ल...
14/10/2026

गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुभएको छ। भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुनुभएको थियो । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव गर्नुभएको थियो । स्वदेश फर्कने क्रममा इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा आज गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग सङ्क्षिप्त भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री गुरुङ यही असोज २६ गते भारत भ्रमणमा जानुभएको थियो ।
Lokdarpan TV

प्रथम लेकम गाउँपालिका दशैं कप सम्बन्धि जानकारी:Lokdarpan TV
14/10/2026

प्रथम लेकम गाउँपालिका दशैं कप सम्बन्धि जानकारी:
Lokdarpan TV

दार्चुलाको मालिकार्जुन गाउँपालिका–१, भर्तोलामा जेन–जी ब्वाइज (GEN-Z BOY’S) द्वारा आयोजित ‘सुपर ८ लिग’ क्रिकेट प्रतियोगित...
14/10/2026

दार्चुलाको मालिकार्जुन गाउँपालिका–१, भर्तोलामा जेन–जी ब्वाइज (GEN-Z BOY’S) द्वारा आयोजित ‘सुपर ८ लिग’ क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ। प्रतियोगिताको फाइनलमा आयोजक टोलीलाई पराजित गर्दै डुप्सू मायालुले उपाधि जितेको छ। प्रतियोगितामा विजेता बनेको डुप्सू मायालुले २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आयोजक टोलीले ९ हजार ९९९ रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा विक्रम सामन्त उत्कृष्ट बलर घोषित हुनुभएको छ। यस्तै, नरेन्द्र महरा (नाम्की) उत्कृष्ट ब्याटर र इन्द्र बोहरा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द टुर्नामेन्ट) घोषित हुनुभएको छ।जेन–जी ब्वाइजका अध्यक्ष विक्रमसिंह सामन्तको नेतृत्वमा आयोजना गरिएको प्रतियोगितामा जम्मा १० वटा टोलीको सहभागिता रहेको थियो। स्थानीय युवामा खेलकुदप्रतिको रुचि बढाउने, प्रतिभावान् खेलाडीको पहिचान गर्ने तथा क्रिकेटको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

दार्चुलाको नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीको बुधबार विदाइ गरिएको छ। गाउँपालिकामा ४ वर्ष ६ मह...
14/10/2026

दार्चुलाको नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीको बुधबार विदाइ गरिएको छ। गाउँपालिकामा ४ वर्ष ६ महिना २२ दिन प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका धामीको सरुवा भएपछि विदाइ गरिएको हो। विदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले प्रमुख प्रशासकीय अधिकृतका रूपमा धामीले पुर्‍याउनुभएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले गाउँपालिकाको प्रशासनिक क्षेत्रसँगै विकास निर्माणलगायत अन्य क्षेत्रमा समेत धामीको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । धामीको नौगाड गाउँपालिकाबाट कैलाली सरुवा भएको थियो।

14/10/2026

लोकदर्पणमा प्रसारित/प्रकाशित असोज २८ गतेका हेड्लाइन समाचार!

जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको अनुमोदनबारेको निर्णय ‘होल्ड’ गरिएको छ । समिति सभापति बोधनारायण श्रेष...
14/10/2026

जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको अनुमोदनबारेको निर्णय ‘होल्ड’ गरिएको छ । समिति सभापति बोधनारायण श्रेष्ठले जापानबाट उनीबारे थप विवरण माग गरिएकोले केही समयलाई होल्ड गरिने जानकारी दिनुभयो।

साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अनुमोदनका लागि अस्वीकृत गरेको छ।...
14/10/2026

साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अनुमोदनका लागि अस्वीकृत गरेको छ।
जर्मनीबाट डिपोर्ट भएकोसहितका विवरणमा प्रश्न उठेपछि समितिमा उनको नामबारे छलफल भएको थियो। सुनारमाथि विवाहेत्तर सम्बन्ध, यातना र धम्की, ३३ लाख रुपैयाँ लिएको र हाम्रो नेपाल पार्टीसँग आबद्ध रहेको आरोप लागेका थिए। त्यस्तै मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका विषय उनीमाथि सुनुवाइका क्रममा उठेका थिए ।

नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् । आईसीसील...
14/10/2026

नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौंमा झरेका हुन् । उनको रेटिङ अंक २५५ छ । नेपाली पुरुष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्रभन्दा तल रहेका रस्टन चेजले हाल भारतसँगको टी-२०आई शृङ्खलामा खेलिरहेका छन् । त्यहाँ गरेको प्रदर्शनका आधारमा चेज तेस्रोमा उक्लिएकाले दीपेन्द्र तल झरेका हुन् । अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२१ यथावत् छ । दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् ।

Address

Darchula
10100

Alerts

Be the first to know and let us send you an email when Lokdarpan TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lokdarpan TV:

Shortcuts

Share