
27/06/2025
विचार/दृष्टिकोण `टिंकर सडकमा सरकारकाे नीति हाेइन नियत गलत´ By Shankar Dhami - June 27, 2025 0 4 Facebook Twitter Google+ Pinterest WhatsApp दिलेन्द्रप्रसाद बडु स....
www.kalapaninews.com दार्चुला सन्देश दैनिक र कालाप
Khalanga
Darchula
5
Be the first to know and let us send you an email when Kalapani News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
शैल्य शिखर मालिकार्जुन मन्दिर नेपालको दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका वडा न.३ मा अवस्थित छ । यस मन्दिरलाई नेपाल सरकारले २०६५ सालमा देशकै सातौं धाम घोषणा गरेको हाे । राष्ट्रको सातौ धाम तथा जिल्लाकै प्रमुख धार्मीक पर्यटकीयस्थलका रुपमा चिनिदै आएको यस मालिकार्जुन मन्दिरमा विशेष गरी प्रत्येक वर्ष कार्तिक वा मंसिर महिनामा जात्रा र भदौमहिना गौरा पर्व लाग्ने गर्दछ । यस मालिकार्जुन मन्दिरबाट ५००० मिटर को उचाईमा श्री शैल्य शिखरधाम छ । यस शैल्य शिखरधाममा विशेष गरी असार शुक्ल चर्तुदशी र कार्तिक शुक्ल त्रियोदशीका दिन जात्रा लाग्ने गर्दछ । श्री शैल्य शिखर धामको दर्शन गर्न महिलाको हकमा विबाहित र पुरुषको हकमा ब्रतबन्ध गरेकाले मात्रै जान सक्छन् । पाउछन पनि, साविककाे मालिकार्जुन गाविसमा लटिनाथ, कैलपाल र बालिचन देवताको मन्दिर पनि रहेकाेछ । लटिनाथ मालिकार्जुनका सुपुत्र हुन् भने कैलपाल लटिनाथ देवताका भाई अर्थात उनका मामाका छोरा हुन् भन्ने यहाँका बुढापाखाहरू बताउछन् । मालिकार्जुनलाई धार्मिक पर्यटन गनतब्यस्थलका रुपमा विकास गर्न तथा यहाँ रहेका प्राचिन धार्मिक महत्व बोकेका ऐतिहासिक धरोहरहरूको अनुसन्धान, अन्वेषण तथा संरक्षणका लागि मालिकार्जुन पर्यटन पूर्वाधार विकास समिति क्रियासिल रहँदै आए पनि देशमा लम्बिदो संक्रमण अस्थिर राजनीतिले अपेक्षाकृत रुपमा काम हुन सकेको छैन ।