Chaulani Khabar

Chaulani Khabar www.chaulanikhabar.com is an online news portal for all type of news.

29/10/2025

-लुक्लाबाट लोबुचे जाँदै गरेको हेलिकप्टर दुर्घटना

-Altitude कम्पनीको अल्फा माइक सेरा ए. एमएस

-पाइलट सकुसल, हेलिकप्टरमा यात्रु थिएनन्

माैसम परिवर्तन भएसंगै दार्चुलाको व्यास गाउँपालिका-१ मा पर्ने अपि र नाम्पा हिमालमा हिमपात भइरहेकाे त्यहाँको तापक्रम -2 मा...
28/10/2025

माैसम परिवर्तन भएसंगै दार्चुलाको व्यास गाउँपालिका-१ मा पर्ने अपि र नाम्पा हिमालमा हिमपात भइरहेकाे त्यहाँको तापक्रम -2 मा झरेको छ।

#तस्बिर : APF Nepal

26/10/2025

कार्की सरकारमा आज ४ जनामन्त्री थपिदैं

नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

किसन सिंह बिस्ट(बैतडी) नाम गरेको व्यक्तिको पासपोर्ट, नागरिकता, लाइसेन्स र प्यानकार्ड भेटिएको छ । कृपया यो पोस्ट सेअरगरी ...
25/10/2025

किसन सिंह बिस्ट(बैतडी) नाम गरेको व्यक्तिको पासपोर्ट, नागरिकता, लाइसेन्स र प्यानकार्ड भेटिएको छ । कृपया यो पोस्ट सेअरगरी सम्बन्धित व्यक्तिसँग पुर्याइदिन अनुरोध छ।

24/10/2025

दार्चुलाका ३३ वडाद्वारा अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस सेवा शुरू

दार्चुलामा नौ वटा पालिकाका ३३ वडाले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस सेवा शुरू गरेका छन् । ६१ वडामध्ये ३३ वडाबाट अनलाइन सिफारिस शुरू भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

अनलाइन सिफारिस प्रणाली शुरू भएका वडाका सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिस बोकेर प्रशासन कार्यालय धाउनुपर्ने झन्झट हटेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । उनका अनुसार गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड नम्बरका साथ प्रशासनमा पठाउँछ ।

प्रशासनले त्यही कोड नम्बरका आधारमा विवरण रुजु गरी नागरिकता प्रदान गर्छ । अनलाइन सिफारिस प्रणालीले सेवाग्राहीलाई सहज, छिटोछरितो र पारदर्शी सेवा प्रदान गर्नुका साथै गलत क्रियाकलाप नियन्त्रणमा सहयोग पुर्याएको उनले बताए ।

मार्मा गाउँपालिका लटिनाथदेखि बजानी जाँदै गरेको सु.प.प्र.०१ ००१ ज १६६२ नम्बरको जीप ओखडानीमा दुर्घटना भएको र एक जनाको निधन...
24/10/2025

मार्मा गाउँपालिका लटिनाथदेखि बजानी जाँदै गरेको सु.प.प्र.०१ ००१ ज १६६२ नम्बरको जीप ओखडानीमा दुर्घटना भएको र एक जनाको निधन भएको खबर !

04/10/2025

गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिने भएकाे छ। मनसुनजन्य विपद्का कारण लामाे दुरीकाे यातायात तीन दिन बन्द गर्ने भएकाले बिदा दिन लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए।

असोज १७ गतेदेखि २० गतेसम्म पानी पर्ने संभावना हुँदा धान कटानमा कृषकहरुले ध्यान दिनुहोला🤗
02/10/2025

असोज १७ गतेदेखि २० गतेसम्म पानी पर्ने संभावना हुँदा धान कटानमा कृषकहरुले ध्यान दिनुहोला🤗

वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बनमा परेका स्पीनर सन्दीप लामिछानेले अर्को सातादेखि ओमनमा हुने विश्वकप छनोटमा भने सह...
01/10/2025

वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बनमा परेका स्पीनर सन्दीप लामिछानेले अर्को सातादेखि ओमनमा हुने विश्वकप छनोटमा भने सहभागी हुने भएका छन् ।

नेपाली १६ सदस्यीय टिम ओमान प्रस्थान गरेको छ । उक्त टिममा सन्दीप पनि छन् ।

यसअघि वेस्ट इन्डिजविरुद्धको पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट पहिले स्वयम सन्दीप लामिछानेले खेल नखेल्ने निर्णय गरेको विज्ञप्तिमा जानकारी गराइएको छ ।

टिम म्यानेजरको सिफारिसमा पहिलो खेलपछिका दुई खेलभन्दा अघि उनलाई निलम्बन गरिएको क्यानले प्रस्टीकरण दिएको छ ।

देहिमाण्डाै जात्रा हेरेर घर फर्किदै गरेकी एक महिलाको बसको ठक्करबाट मृत्यु भएको छ।
30/09/2025

देहिमाण्डाै जात्रा हेरेर घर फर्किदै गरेकी एक महिलाको बसको ठक्करबाट मृत्यु भएको छ।

मौसम विभागको सूचना : नेपालमा हाल मनसुन वायूको प्रभाव केही कमजोर रहेको र नेपालबाट मनसुन बहिर्गमन भइनसकेको अवस्था छ। हालको...
29/09/2025

मौसम विभागको सूचना : नेपालमा हाल मनसुन वायूको प्रभाव केही कमजोर रहेको र नेपालबाट मनसुन बहिर्गमन भइनसकेको अवस्था छ। हालको मौसम विश्लेषण अनुसार यस वर्षको दशै अवधिभर मनसुनी वायूको प्रभाव रहिरहने देखिन्छ । नेपालमा सरदरमा अक्टोबर २ तारिखमा मनुसन बहिर्गमन हुने भएतापनि प्रत्यक वर्ष सो मिति भने फरक फरक हुने गर्दछ ।

असोज १४ (अष्टमी): बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १५ (नवमी): कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरू हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १६ (दशमी): बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा साथै मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

28/09/2025

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ ।

Address

Darchula

Alerts

Be the first to know and let us send you an email when Chaulani Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chaulani Khabar:

Share