04/06/2026
प्रहरीले सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नियन्त्रणमा लिएको गृह मन्त्रालय उच्च स्रोतले पुष्टि गरेको छ । प्रहरीले उनलाई कपनस्थित घरबाटै नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो ।
मन्त्रालय स्रोतका अनुसार, उनीमाथि व्यक्तिगत स्वार्थका लागि ‘ चेन अफ कमाण्ड’ मिचेको आरोप छ । काठमाडौंका प्रहरी अधिकृतहरुले पक्राउ गर्नुको विस्तृत विवरण खुलाएका छैनन् ।