DhadingPost

धादिङ नीलकण्ठ–३ शान्तबजारका स्थानीय चिकित्सक डा. राम थापा क्षेत्री नेपाल चिकित्सक संघको परिषद् सदस्यमा ३०१ मत प्राप्त गर...
11/08/2026

धादिङ नीलकण्ठ–३ शान्तबजारका स्थानीय चिकित्सक डा. राम थापा क्षेत्री नेपाल चिकित्सक संघको परिषद् सदस्यमा ३०१ मत प्राप्त गर्दै विजयी भएका छन् ।

स्वास्थ्य सेवा, सामाजिक अभियान र नेतृत्वमा सक्रिय डा. क्षेत्रीको संक्षिप्त परिचय कमेन्टमा पढ्नुहोस् ।

11/08/2026

वर्षायाममा बालबालिकामा रुघाखोकी र ज्वरोजस्तै आँखा पाक्ने समस्या पनि बढ्न सक्छ । घर, विद्यालय र होस्टेलमा संक्रमण फैलिन नदिन के–कस्ता सावधानी अपनाउने ? 👇

समाचार कमेन्टमा

10/08/2026

२४ घण्टामा सर्पले टोकेका १८ घटना, एक जनाको मृत्यु ! 🐍

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन २४ गते बिहान १० बजेदेखि साउन २५ गते बिहान १० बजेसम्म १८ वटा सर्पदंशका घटना रेकर्ड भएका छन्।

वर्षायाममा सर्पदंशको जोखिम बढ्ने भएकाले सावधानी अपनाऔँ। सर्पले टोकेमा झारफुकमा समय नफालौँ, तत्काल स्वास्थ्य संस्थामा पुर्‍याऔँ।

सर्पदंशबाट कसरी बच्ने ? टोकेपछि के गर्ने र के नगर्ने ?
विस्तृत जानकारी समाचारमा ।

#सर्पदंश

🇳🇵 रास्वपा धादिङले युवा दिवसमा सप्ताहव्यापी कार्यक्रम गर्नेअन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी...
10/08/2026

🇳🇵 रास्वपा धादिङले युवा दिवसमा सप्ताहव्यापी कार्यक्रम गर्ने

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले युवा मनोपरामर्श, युवा अन्तरक्रिया, रक्तदान, वृक्षारोपण तथा ज्येष्ठ नागरिक सम्मानलगायतका कार्यक्रम आयोजना गर्ने भएको छ।

📅 कार्यक्रम तालिका :
🔹 २०८३/०४/२७ — युवा मनोपरामर्श तथा मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया
📍 होटल जनजीविका
🔹 २०८३/०४/२७ — सांसदहरूसँग युवा अन्तरक्रिया
📍 होटल जनजीविका
🔹 २०८३/०४/३० — बृहत् रक्तदान कार्यक्रम
📍 धुनीबेँसी नगरपालिका
🔹 २०८३/०४/३० — फलफूलका बिरुवा वृक्षारोपण कार्यक्रम
📍 सिद्धलेक गाउँपालिका
🔹 २०८३/०४/३१ — वृक्षारोपण कार्यक्रम
📍 गजुरी गाउँपालिका
🔹 २०८३/०४/३१ — युवाद्वारा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम
📍 बेनिघाट रोराङ गाउँपालिका

थप समाचार कमेन्टमा

नेपालको होरा ईस्पोर्ट्स पब्जी मोबाइल विश्वकपको फाइनलमा! समूह ‘बी’ मा चौथो स्थान हासिल गर्दै होरा फाइनलमा प्रवेश गरेको छ।...
10/08/2026

नेपालको होरा ईस्पोर्ट्स पब्जी मोबाइल विश्वकपको फाइनलमा!

समूह ‘बी’ मा चौथो स्थान हासिल गर्दै होरा फाइनलमा प्रवेश गरेको छ। फाइनल प्रवेशसँगै टोलीले ५७ हजार ५०० अमेरिकी डलर अर्थात् करिब ७७ लाख रुपैयाँ नगद पुरस्कारसमेत पक्का गरेको छ। 🔥

🥝 सेमजोङको किवी धादिङबेसी बजारमा आउँदै!न्यूजिल्यान्डमा किवी फार्ममा काम गरेर अनुभव सँगालेका युवा किसान सन्त तामाङले सेमज...
10/08/2026

🥝 सेमजोङको किवी धादिङबेसी बजारमा आउँदै!

न्यूजिल्यान्डमा किवी फार्ममा काम गरेर अनुभव सँगालेका युवा किसान सन्त तामाङले सेमजोङमा करिब १३ रोपनीमा व्यावसायिक किवी खेती गरेका छन्।

यस वर्ष हेल्वार्ड र गोल्डेन जातका किवी राम्रो फलेका छन्।

फलफूल व्यवसायी पुरुषोत्तम घिमिरेले फार्ममै पुगेर अवलोकन गर्दै बजारको चिन्ता नगर्न किसान तामाङलाई आग्रह गरेका छन्।

पुरा समचार कमेन्टमा

राजनीति बदल्न उमेर मात्र बदलिनुपर्छ कि सोच पनि?पुरानो पुस्ताको योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताको अपेक्षा, आक्रोश र रा...
10/08/2026

राजनीति बदल्न उमेर मात्र बदलिनुपर्छ कि सोच पनि?

पुरानो पुस्ताको योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताको अपेक्षा, आक्रोश र राजनीतिक चेतनालाई सम्बोधन गर्न अब नेपालमा पुस्तान्तरणसँगै विचारान्तरण पनि आवश्यक देखिन्छ।

बदलिँदो नेपाल : राजनीति, पुस्तान्तरण र नयाँ पुस्ताको प्रश्न।

सक्षम नेपाल, गल्छी–धादिङ को
यो लेखको लिङ्क कमेन्टमा राखिएको छ ।

नीलकण्ठ बालमन्दिर माविमा सिर्जनात्मक लेखनका लागि अध्ययन कार्यक्रम सम्पन्ननीलकण्ठ रिडर्स क्लबको आयोजनामा Reading Camp Epi...
09/08/2026

नीलकण्ठ बालमन्दिर माविमा सिर्जनात्मक लेखनका लागि अध्ययन कार्यक्रम सम्पन्न

नीलकण्ठ रिडर्स क्लबको आयोजनामा Reading Camp Episode 2 अन्तर्गत ‘Reading for Writing Creatively’ अर्थात् सिर्जनात्मक लेखनका लागि अध्ययन विषयक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ६२ जनाको सहभागिता रहेको थियो भने डा नवीन बन्धु पहाडीले सिर्जनात्मक लेखनका लागि पठन र अध्ययनको महत्वबारे सहजीकरण गर्नुभएको थियो ।

पढ्ने बानीसँगै पढेको विषयलाई सिर्जनात्मक रूपमा लेख्ने र अभिव्यक्त गर्ने क्षमता विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ 📖🖊️

समाचार कमेन्टमा

🎤🏆 ‘भ्वाइस अफ एडभान्स–२०८३’ सम्पन्नएडभान्स एकेडेमीमा आयोजित ‘भ्वाइस अफ एडभान्स–२०८३’ मा चार समूहका चार विद्यार्थी च्याम्...
09/08/2026

🎤🏆 ‘भ्वाइस अफ एडभान्स–२०८३’ सम्पन्न

एडभान्स एकेडेमीमा आयोजित ‘भ्वाइस अफ एडभान्स–२०८३’ मा चार समूहका चार विद्यार्थी च्याम्पियन बनेका छन् ।

🏆 कक्षा ७–९ : सपना सुनुवार
🏆 कक्षा ५–६ : एन्जिला तुलसिङ मगर
🏆 कक्षा ३–४ : दिपा श्रेष्ठ
🏆 कक्षा १–२ : शीतल बयालकोटी

यस वर्ष प्रतियोगितामा विभिन्न कक्षाका १०८ जना विद्यार्थी सहभागी भएका थिए भने विभिन्न चरण पार गर्दै फाइनलमा २० जना विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।

विद्यार्थीभित्र लुकेर रहेका प्रतिभालाई अवसर दिँदै आत्मविश्वास र सिर्जनशीलता विकास गर्ने उद्देश्यले एडभान्स एकेडेमीले हरेक वर्ष ‘भ्वाइस अफ एडभान्स’ आयोजना गर्दै आएको छ । 🎶👏

समाचार कमेन्टमा

एडभान्स एकेडेमीका नानीबाबुलाई हरियो रङबारे व्यवहारिक सिकाइएडभान्स एकेडेमीका प्री–प्राइमरी तहका नानीबाबुलाई हरियो रङको पह...
09/08/2026

एडभान्स एकेडेमीका नानीबाबुलाई हरियो रङबारे व्यवहारिक सिकाइ

एडभान्स एकेडेमीका प्री–प्राइमरी तहका नानीबाबुलाई हरियो रङको पहिचान, विशेषता तथा दैनिक जीवनमा देखिने हरियो रङका वस्तुबारे रमाइलो र व्यवहारिक तरिकाले सिकाइएको छ ।

खेल, गतिविधि र प्रत्यक्ष उदाहरणमार्फत गरिएको यस्तो सिकाइले बालबालिकाको ज्ञानसँगै अवलोकन, पहिचान र वर्गीकरण गर्ने क्षमताको विकासमा समेत सहयोग पुर्‍याउँछ ।

समाचार कमेन्टमा

Address

Dhadingbesi
Dhading

Telephone

+9779851191181

Website

Alerts

Be the first to know and let us send you an email when DhadingPost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DhadingPost:

Shortcuts

Share