29/07/2026
नीलकण्ठ–१२ मा गह्रौकालिका मोटर पार्टस् एण्ड वर्कशपद्वारा सवारी मर्मतदेखि गाडी भाडासम्मको सेवा
www.sachokhabar.com
नीलकण्ठ नगरपालिका–१२ मा सञ्चालनमा रहेको गह्रौकालिका मोटर पार्टस् एण्ड वर्कशप ले बोलेरो, महिन्द्रा, स्कर्पियो लगायत विभिन्न प्रकारका सवारीसाधनका लागि आवश्यक मर्मत सेवा, मोटर पाट्र्स तथा गाडी भाडा सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
वर्कशपले इन्जिन मर्मत, इन्जिन ओभरहोल, ट्युनिङ तथा विभिन्न प्राविधिक समस्या समाधानका साथै ब्रेक सिस्टम सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ। यसअन्तर्गत ब्रेक प्याड, ब्रेक सु, ब्रेक आयल परिवर्तन तथा ब्रेक मर्मतको सुविधा उपलब्ध रहेको छ।
त्यसैगरी सस्पेन्सन मर्मत, साकर तथा लिफ्ट स्प्रिङ सेवा, इन्जिन तेल, गियर तेल, एयर फिल्टर परिवर्तन लगायत नियमित सर्भिसिङका काम पनि वर्कशपमा गरिन्छ।
विद्युतीय सेवाअन्तर्गत वायरिङ, ब्याट्री, स्टार्टर, अल्टरनेटर लगायतका इलेक्ट्रिकल समस्या समाधान गरिनुका साथै सबै प्रकारका सवारीसाधनको कम्प्युटर स्क्यानिङ (डायग्नोस्टिक) गरी समस्या पहिचान गर्ने सुविधा पनि उपलब्ध रहेको सञ्चालकले जानकारी दिएका छन्।
वर्कशपमा इन्जिन पाट्र्स, ब्रेक पाट्र्स, सस्पेन्सन पाट्र्स, फिल्टर, बडी पाट्र्स लगायत विभिन्न मोटर पाट्र्स समेत उपलब्ध रहेको छ। साथै कुनै पनि स्थानमा जानका लागि गाडी भाडामा आवश्यक परेमा पनि सेवा लिन सकिने जनाइएको छ।
सेवाबारे थप जानकारी वा सम्पर्कका लागि ९८४६९९२४३३ र ९८०८०३७४१४ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
गह्रौकालिका मोटर पार्टस् एण्ड वर्कशपका सञ्चालक कृष्ण क्षेत्री हुन्।