Adarsha Secondary School

Adarsha Secondary School Adarsha Higher Secondary School, established in 2025 BS, is one of the best public schools in Dhading It is situated at Gajuri-1, Gajuri Bazar, Dhading

Adarsha Higher Secondary School, established in 2025 BS, is one of the best public schools in Dhading district.

शोक बिदा सम्बन्धी सूचना!
20/08/2026

शोक बिदा सम्बन्धी सूचना!

आफ्नो जीवनको दुई दशकभन्दा बढी अमूल्य समय शिक्षण पेसामा समर्पित गरी  आजकै दिनदेखि सेवाबाट अवकाश लिनुभएकी यस विद्यालयकी आद...
14/08/2026

आफ्नो जीवनको दुई दशकभन्दा बढी अमूल्य समय शिक्षण पेसामा समर्पित गरी आजकै दिनदेखि सेवाबाट अवकाश लिनुभएकी यस विद्यालयकी आदरणीय शिक्षिका श्री वीणाकुमारी खरेलज्यूलाई स्वस्थ अनि सुखद सेवानिवृत्त जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
विद्यालय परिवार

सम्बद्ध सबैको जानकारीका यो सूचना प्रकाशित गरिएको छ ।
13/08/2026

सम्बद्ध सबैको जानकारीका यो सूचना प्रकाशित गरिएको छ ।

झण्डै ११  महिनापछि विद्यालयले पुन: नर्स प्राप्त गरेको छ । आजबाट यस विद्यालयमा हाजिर हुन आउनुभएकी विद्यालय नर्स श्री मन्द...
13/08/2026

झण्डै ११ महिनापछि विद्यालयले पुन: नर्स प्राप्त गरेको छ ।
आजबाट यस विद्यालयमा हाजिर हुन आउनुभएकी विद्यालय नर्स श्री मन्दिरा न्यौपाने म्यामलाई विद्यालय परिवार हार्दिक स्वागत गर्दै उहाँको उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना व्यक्त गर्दछ ।

बर्से बिदाको सदुपयोग गर्ने अनि सचेतना अपनाउने सम्बन्धी अनुरोध
17/07/2026

बर्से बिदाको सदुपयोग गर्ने अनि सचेतना अपनाउने सम्बन्धी अनुरोध

धन्यवाद वडा नं १ सरकारलाई ! वागमती प्रदेशको प्रतिनिधित्व गर्दै राष्टृय स्तरमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा य...
17/07/2026

धन्यवाद वडा नं १ सरकारलाई !
वागमती प्रदेशको प्रतिनिधित्व गर्दै राष्टृय स्तरमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा यस विद्यालयबाट सहभागी भैई छात्र र छात्रा कबड्डी विधामा उत्कृष्ट प्रदर्शन गरी उत्कृष्ट नतिजा दिलाउने छात्राद्वय एलिशा अधिकारी र सन्जना श्रेष्ठ तथा छात्र सुनिल भुजेलाई गजुरी गापा, वडा नं १ को तर्फबाट ट्र्याकसुट तथा नगद पुरस्कारसहित सम्मान गरियो । ढिलै भए पनि हाम्रा खेलाडी भाइबहिनीहरूलाई खेल प्रतिभा उजागर गर्न सम्मान तथा पुरस्कार प्रदान गरेर थप प्रोत्साहित गरिदिएकोमा वडा नं १ सरकारप्रति हार्दिक धन्यवाद !

प्रथम त्रैमासिक परीक्षाको अन्तिम दिन अनि लामो बर्से बिदाको पूर्वसन्ध्यामा कक्षा ५, ८ र १० का विद्यार्थीहरूको मुख्य विषयक...
16/07/2026

प्रथम त्रैमासिक परीक्षाको अन्तिम दिन अनि लामो बर्से बिदाको पूर्वसन्ध्यामा कक्षा ५, ८ र १० का विद्यार्थीहरूको मुख्य विषयको सिकाइ उपलब्धि र बिदाको समयमा विद्यार्थीको निरन्तर सिकाइ बारे विषय शिक्षक-अभिभावक र विव्यसबिच आज छलफल र अन्तरकृया गरियो । सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद!

If you seed something, it will definitely grow new things. Teachers - Staff refreshment visit @ Pokhara
12/07/2026

If you seed something, it will definitely grow new things.
Teachers - Staff refreshment visit @ Pokhara

जारी प्रथम त्रैमासिक परीक्षा,  शिक्षक कर्मचारी पुनर्ताजगी भ्रमण,  गर्मी बिदामा अतिरिक्त तथा सिकाइ सुधार कक्षा संचालन लगा...
10/07/2026

जारी प्रथम त्रैमासिक परीक्षा, शिक्षक कर्मचारी पुनर्ताजगी भ्रमण, गर्मी बिदामा अतिरिक्त तथा सिकाइ सुधार कक्षा संचालन लगायत ससामयिक शैक्षिक विषयमा विव्यस र शिक्षक कर्मचारी बैठक बसी छलफल गरियो ।

'जस्तो नाम उस्तै काम'  तपाईँ जस्तो सोच्नुहुन्छ,  उस्तै कर्मप्रति उद्दत हुनुहुन्छ ।     जन्मदिनको हार्दिक शुभकामना छ विशि...
08/07/2026

'जस्तो नाम उस्तै काम'
तपाईँ जस्तो सोच्नुहुन्छ, उस्तै कर्मप्रति उद्दत हुनुहुन्छ ।
जन्मदिनको हार्दिक शुभकामना छ विशिष्टलाई
यस विद्यालयमा कक्षा १ मा अध्ययनरत जेहेन्दार तथा अनुशासित छात्र विशिष्ट पाण्डे (वसन्ती कँडेल र ॐनाथ पाण्डेज्यूका सुपुत्र) ज्यूले आफ्नो जन्मदिनको अवसरमा आफ्नै विद्यलयमा अध्ययन गर्ने विपन्न वर्गका छात्रछात्राहरूको अध्ययनमा सहजताका लागि रू ८५५० । रकम बराबरको लत्ताकपडा (हाउस ड्रेस) वितरण गरी उमेर सानो भएर पनि आफ्नो विशाल हृदय प्रदर्शन गर्नुभएको छ । उहाँको यो महान सामाजिक तथा मानवीय कार्यको उच्च सराहना र सम्मान गर्दै उहाँलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उतरोत्तर शैक्षिक प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

Address

Adarsha Road, Gajuri-1
Dhading
45112

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97710402049

Alerts

Be the first to know and let us send you an email when Adarsha Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Adarsha Secondary School:

Shortcuts

Share