Apanmithila

Apanmithila Shree sarbjanek H.S.College bengadawar-6 "DHANUSHA NEPAL" My Villege:-kusumbisuna-2 "bengadawar "

सशस्त्र प्रहरी संघीय र नेपाल प्रहरी प्रदेश मातहत राख्नुपर्ने सिके राउतको प्रस्तावकाठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सिक...
03/03/2025

सशस्त्र प्रहरी संघीय र नेपाल प्रहरी प्रदेश मातहत राख्नुपर्ने सिके राउतको प्रस्ताव

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकारले हालै संसदमा दर्ता गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी अध्यादेश खतरनाक रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत राउतको सचिवालयले बेलमै सचेत रही यसमा रहेका गम्भीर प्रावधान संशोधन गर्न उनले आह्वान पनि गरेका छन्।

उनले सशस्त्र प्रहरीलाई संघीय सरकार, नेपाल प्रहरीलाई प्रदेश र ट्राफिक प्रहरीलाई स्थानीय सरकार मातहत राख्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

‘यसरी नेपाल सशस्त्र बल (प्रहरी) लाई संघीय सरकार मातहत, नेपाल प्रहरीलाई प्रदेश सरकार मातहत र ट्राफिक-सामुदायिक-नगर प्रहरीलाई स्थानीय सरकार मातहत स्पष्ट रूपले राख्नुपर्दछ। अन्यथा भन्नलाई देशमा संघीय व्यवस्था भने पनि राणाकालीन् प्रहरी व्यवस्था भन्दा केही फरक नहुने देखिन्छ। जनता समयमै सचेत रहनुहोला,’ राउतले लेखेका छन्।

गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा पेस गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी अध्यादेशमा सांसदहरूले ६४-६४ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । केही दिनभित्रै विधेयकमाथि दफावार छलफल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ।

राउतले सामाजिक सञ्जालमा लेखेका छन्–

नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल, नेपाल विधेयक,२०८१ संसदमा पेश भई संसदीय प्रक्रियामा प्रवेश गरेको छ। नेपाल प्रहरी राज्य सत्ताको स्थायी अंगको रूपमा शासकवर्गको हितलाई परिपूर्ती गर्ने माध्यमको रूपमा रहँदै आएको छ। राजा र राणा शासनकालमा होस् कि वर्तमान खसआर्य शासनकालमा यही कुरा नै लागू हुँदै आएको छ।

अहिले त यहाँसम्म कि प्रहरी भनेको ठूला पार्टीलाई पक्षपोषण गर्ने, विरोधी वा अन्य पार्टीका नेता कार्यकर्तालाई झुटा मुद्दा लगाउने, फसाउने, दबाउने, आफ्नो पार्टीमा प्रवेश गर्न दबाब दिने, निर्वाचनमा आफूलाई जिताउन सबै प्रकारको सहयोग गर्ने, शासकवर्ग इतरका आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, थारूहरूमाथि दमन गर्ने माध्यमको रूपमा रहँदै आएको छ। यहाँसम्मका यदि तराई मधेश वा किराँतकै एउटा गाउँमा १०० घरधूरीमध्ये एउटा मात्रै खस(आर्य परिवार छ भने प्रहरीले त्यही खसआर्य मूलीकै कुरा सुन्ने र सोहीअनुरूप नै गर्ने व्यवहार देखिँदै आएको छ।

यस परिपे्रक्ष्यमा संघीयता आएपछि सबै प्रदेश र सबै वर्गसमुदायले यसमा केही राहत पाउने आशा गरिए तापनि प्रस्तावित प्रहरी विधेयकहरूले प्रहरीको खसआर्य शासक केन्द्रीत दमनकारी मानसिकता अझ प्रगाढ हुने देखिन्छ र सो प्रमुख जिल्ला अधिकारीमार्फत् परिचालित हुनेछ।

संघीय व्यवस्थामा तीन तहका प्रहरीहरूको कार्यक्षेत्र निम्नानुसार हुन्छन्–

१. संघीय प्रहरी निकायहरू मुख्यतः राष्ट्रिय सुरक्षा, सीमा नियन्त्रण, आतंकवादविरोधी कार्य, र संगठित अपराधसम्बन्धी मामिलामा संलग्न हुन्छन्।

२. राज्य प्रदेश प्रहरी क्षेत्रीय रूपमा आपराधिक अनुसन्धान, कानून कार्यान्वयन, र दङ्गा नियन्त्रण जस्ता कार्यहरू गर्छन्।

३. स्थानीय, नगर प्रहरी मुख्यतः समुदाय सुरक्षा, ट्राफिक नियन्त्रण, र स्थानीय अपराध न्यूनीकरण मा केन्द्रित हुन्छन्।

यसरी नेपाल सशस्त्र बल (प्रहरी) लाई संघीय सरकार मातहत, नेपाल प्रहरीलाई प्रदेश सरकार मातहत र ट्राफिक-सामुदायिक-नगर प्रहरीलाई स्थानीय सरकार मातहत स्पष्ट रूपले राख्नुपर्दछ। अन्यथा भन्नलाई देशमा संघीय व्यवस्था भने पनि राणाकालीन् प्रहरी व्यवस्था भन्दा केही फरक नहुने देखिन्छ। जनता समयमै सचेत रहनुहोला।

हिजो मिति:-२०८१/११/१५ गतेका दिन मिथिला सागर पोखरिया ताल गुम्न गएका यहीं  मिथिलाको सर्बसाधारणहरेले भुत पुर्ब रहेको मेयर श...
27/02/2025

हिजो मिति:-२०८१/११/१५ गतेका दिन मिथिला सागर पोखरिया ताल गुम्न गएका यहीं मिथिलाको सर्बसाधारणहरेले भुत पुर्ब रहेको मेयर श्री हरिनारायण्को पालामा बनेको यो तालको अबस्था र ब्य्बस्था दुबै जर्जर अबस्तामा र्हेको र जता ततै दुर्गन्ध भएको छ । साथै टिकेट्मा पनि चरम लापर्बाही गरेको पाईएको छ हजुर ।
काउन्टर्मा मान्छे को भिर छोदेर दारु बियर खानमा तलिन रहेको थियो काउन्टर मा भएको मान्छे हजुर साथै बाहिर बाट आएका पाहुना हरु फ्री मा अबलोकन गर्न्न पाईने र यहिको सर्बसाधार्ण जन्तालाई टिकट कर किन यस्तो बेबस्ता र केका लागि त्यो कसले बुझ्ने हजुर दिन प्रतिनिन जर्जर बन्दै गैइ रहेको यो मिथिला सागर पोखरिया को कुरा कसले बुझ्ने हजुर त्यो प्रश्न गरन चाहे हजुर???????

आज बिहान करिब १० बजे तिर ढल्केबरको गोलो पार्क नीर ठुलो दुर्घटना भएको थियोे।यसको निराकरण कम गर्न मिथिला नगरपालिकाको ध्यान...
02/02/2025

आज बिहान करिब १० बजे तिर ढल्केबरको गोलो पार्क नीर ठुलो दुर्घटना भएको थियोे।यसको निराकरण कम गर्न मिथिला नगरपालिकाको ध्यानाकर्षण होस्। विशेगरी वाडा न:-६का जन निर्वाचित जन प्रतिनिधिहरुको चासोका बिसय बनेको छ ।

फरक पाटी फरक झण्डा            देश लुट्ने एउटै धन्दा     !!   कहिले फुट्ने कहिले जुट्ने            उदेश्य एउटै हो देश लुट...
07/01/2025

फरक पाटी फरक झण्डा
देश लुट्ने एउटै धन्दा
!! कहिले फुट्ने कहिले जुट्ने
उदेश्य एउटै हो देश लुट्ने!!

07/01/2025

मिथिला नगरपालिका ढल्केबर मा 6:53 am गएर भुकम्प को धक्का महसुस

30/12/2024

पाँच लिटर तेल
मान्छे मारी १४ बर्ष जेल
सपनाको रेल
कति हेर्नु याे दशमा भ्रष्टको खेल?

मैलेत सुनेका थिए कि ?कुकुरलाई घिउ पच्दैन क्यारे  !! तर तेस्तो हुदोरहे छैन ।अब त कुकुरहरुत बाठो बनी सकेको छ त।घिउ के  छ त...
30/12/2024

मैलेत सुनेका थिए कि ?कुकुरलाई घिउ पच्दैन क्यारे !! तर तेस्तो हुदोरहे छैन ।अब त कुकुरहरुत बाठो बनी सकेको छ त।
घिउ के छ त अब त सिधै डलटा पचाउने भैसकेको छ !! त

जाबो गाठेहरु बल्ल बुद्धि पलाएको जस्तो देखियो त?

Breaking news:धनुषा मिथिला नगरपालिका ३ मा एक महिलाको हत्या गरि गाडिएको अवस्थामा बुधवार राती शव फेला परेको छ।इलाका प्रहरी...
26/12/2024

Breaking news:
धनुषा मिथिला नगरपालिका ३ मा एक महिलाको हत्या गरि गाडिएको अवस्थामा बुधवार राती शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मिथिला नगरपालिका वडा न.३ हरिहरपुर मुसहरीटोलमा दशैया मुखिया बिनको ४८ वर्षीया श्रीमति रेशमी देबि मुखिया बिनको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
उनको शव आफ्नै घरको शौचालयको पछाडि गाडिएको अवस्थामा फेला परेको हो।
मंगलवार देखि हराइ रहेकी रेशमी देवीलाई खोज तलास गर्ने क्रममा शव फेला परेको स्थानीयले बताएका छन् ।
घटना स्थलमा प्रहरी पुगी प्रकृति मुचुल्का उठाइ शवलाई पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इप्रका महेन्द्रनगरले जनाएको छ।
रेशमीलाई उनकै श्रीमान दशैया मुखियाले हत्या गरेर गाडेको आशंका गरिएको पछि अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

हिजो मिति २०८१/९/९ गते भएको अभिभावक भेलाबाट श्री राष्ट्रिय आधारभुत बिध्यालय शिवनगर,गितापुरमिथिला -१ को बिध्यालय ब्यबस्था...
25/12/2024

हिजो मिति २०८१/९/९ गते भएको अभिभावक भेलाबाट श्री राष्ट्रिय आधारभुत बिध्यालय शिवनगर,गितापुरमिथिला -१ को बिध्यालय ब्यबस्थापन समिति गठन प्रक्रियाको पहिलो चरणको काम सकिएको छ।९ सदस्यीय समितिले छिट्टै पुर्णता प्राप्त गरोस् भन्ने कामना।

!!! सूचना    सूचना       सूचना !!!हिजो मिति २०८१/९/३गतेको दिन मिथिला वाडा नं-८ साबिक बेंगाडावर -२ मा बस्ने श्री बिरोगी म...
19/12/2024

!!! सूचना सूचना सूचना !!!
हिजो मिति २०८१/९/३गतेको दिन मिथिला वाडा नं-८ साबिक बेंगाडावर -२ मा बस्ने श्री बिरोगी महतो को ट्याक्टर को बिलबुक र यस्माट लाईसन्सको भौचर हराएको छ । यदि कसैले भेटानु भएको छ भने यो नबरमा:-9807803077या 9819639279मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु । गाडी नबर:- ज२त ६२७ रहेको छ ।
हराउने स्थान :- कुसुमबिसौना देखि पानबारिचिनिमिल जाने क्रम मा हराएको छ ।

बटेश्वर निवास कुशल पत्रकार शैलेन्द्र महतो (क्रान्ति) ज्यु लाई हार्दिक बधाई नेपाल पत्राकार महासंघ मधेश प्रदेश महासचिव पदम...
14/12/2024

बटेश्वर निवास कुशल पत्रकार शैलेन्द्र महतो (क्रान्ति) ज्यु लाई हार्दिक बधाई नेपाल पत्राकार महासंघ मधेश प्रदेश महासचिव पदमा निर्वाचित हुनुभएकोमा एवम् सफल कार्यकालको शुभकामना !

जाबो ६० फिटको कल्भट निर कति फिट कालो पत्रे गर्ने बडा अध्यक्ष ज्यु😎😎😎सडक खालि गर्ने सुचना लेख्ने ३५ फिट खालि गर्ने बडा अध...
14/12/2024

जाबो ६० फिटको कल्भट निर कति फिट कालो पत्रे गर्ने बडा अध्यक्ष ज्यु😎😎😎
सडक खालि गर्ने सुचना लेख्ने ३५ फिट खालि गर्ने बडा अध्यक्षले
तर सडक डिभिजन जनकपुरले सडकको चौडाइ १७.८७५ मा कालो पत्रे गर्ने र २.७ km. मा सडक बन्ने अनि सुचना गर्ने ३५ फिट खालि गर्ने के वडा अध्यक्षको जगगा कम भएर सुचना गरेको हो र। या त ३५ फिट सडकमा कालोपत्रे गराउ अनिमात्र ३५ फिट सडक खालि गर्ने सुचना गर , गलत अफवाह र सुचना नगर,।
किन चाहियो ३५ फिट खालि , १७.८७५ फिटमा सडक डिभिजन कर्यालय जनकपुरले मात्रै कालो पत्रे गर्ने अनि खालि चाहियो ,३५ फिट के का लागि जति फिटमा कालोपत्रे हुनेछ।त्योभन्दा बढि किन खालि गर्ने?
४० फिट खालि गरेकै थिए,स्थानीयहरुले
जाबो ६० फिटमा सडक बनाउने रे,अब झरेर किन गयो ३५ फिटमा ,आफ्नो स्वार्थमा मात्रै सुचना गर्ने रे।😎😎

उखु लोड भएको ट्याक्टर  ज १ त ४६१६ नम्बरको ट्याक्टर पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका-६ जगदेव पुल नजिक पल...
04/12/2024

उखु लोड भएको ट्याक्टर ज १ त ४६१६ नम्बरको ट्याक्टर पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका-६ जगदेव पुल नजिक पल्टिदा किचिएर चालक महोत्तरीको भंगहा नगरपालिका – ४ बिर्ताका २८ वर्षीय सुनिल दासको मृत्यु भएको छ।

लोक सेवाले दियो प्रहरी ऐनमा सहमति, आईजीपीको पदावधि थप होला ?काठमाडौं । नेपाल प्रहरीको नयाँ ऐनको मस्यौदामा लोक सेवा आयोगल...
18/11/2024

लोक सेवाले दियो प्रहरी ऐनमा सहमति, आईजीपीको पदावधि थप होला ?
काठमाडौं । नेपाल प्रहरीको नयाँ ऐनको मस्यौदामा लोक सेवा आयोगले सहमति दिएको छ । यससँगै बिधेयक संसदमा लैजान सरकारलाई बाटो खुलेको छ ।गत बिहीबार रायसहितको मस्यौदा आयोगले गृहमा पठाएको हो । । गृहले यही साता बिधेयकको मस्यौदालाई मन्त्रिपरिषद् पठाउने तयारी गरेको छ ।
यसअघि अर्थ र कानुन मन्त्रालयले मस्यौदामा सहमति दिइसकेको छ । गृहमन्त्री रमेश लेखकले ऐनलाई प्राथमिकतामा राखेर संसदको हिउँदे अधिवेशनबाट पारित गराउने बताउँदै आएका छन् । नयाँ ऐनमा ३० वर्षे सेवाहद हटाउनेदेखि भर्ना, बढुवा तथा अवकाशसम्बन्धि प्रावधानहरु व्यापक हेरफेर गर्न लागिएको छ ।हिउँदे अधिवेशनमै बिधेयक पास भएमा हालका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको पदावधि पनि थप हुने छ । कुँवरको जागिर अब चार महिना मात्र बाँकी छ ।ऐनको मस्यौदामा पहिलो वर्ष ३० वर्षमा ६ महिना र दोस्रो वर्ष एक वर्ष थप गर्ने उल्लेख छ । त्यस्तै, बिधेयकमा तल्लो तहका प्रहरीको चासो रहेको १६ वर्षमा पेन्सनको व्यवस्था पनि समाबेश छ ।

मंसिर २, २०८१कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचितस्थानीय तह उपनिर्वाचन—२०८१ मा ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख प...
18/11/2024

मंसिर २, २०८१

कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित

स्थानीय तह उपनिर्वाचन—२०८१ मा ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा आज उम्मेदवारी दिनु भएका नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेस उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ । नेपाली कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहं भूमिका निर्वाह गर्नु भएका अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरुलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालय हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

Address

Dhalkewar

Website

Alerts

Be the first to know and let us send you an email when Apanmithila posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share