Radio Attariya

Radio Attariya Radio attariya 92.mhz
Attariya Kailali
Phone- 091-590029

सुदुरपश्चिम प्रदेशको प्रवेशद्धार कैलालीको अत्तरियामा अत्तरिया सञ्चार संघद्धारा सञ्चालित सामुदायिक रेडियो अत्तरिया ९२ मेघाहर्ज संचालनमा रहेको छ । ५०० वाट क्षमताको बिद्यूतीय तंरग मार्फत तराई र पहाडलाई लक्षित गरी १८ घण्टे नियमित यस रेडियोको प्रसारण सुरु गरिएको छ ।

हाल तराईको कैलालीमा गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका श्रोताहरु माँझ सुनाउन सफल भएका छौं, र अन्य पालिकाकाका श्रोताहरु माँझपनि हामी सुनाउने प्रयासमा छौ ।

समाज परिवर्तनसंगै सुदुरको विकासलाई गति दिन र यहाँको कलासंस्कृतिलाई उजार गर्नुका साथै यहाँका पर्यटकिय क्षेत्र सम्भावनाहरुको खोजी तथा प्रचारप्रसारका माध्यमले अगाडी बढीरहेका छौ ।

यहाँको विकासलाई गति दिने तथा हरेक समस्याहरुको समाधानका निम्ती सम्बन्धीत निकायसम्म पुर्याउने र खबरदारी गरी अगाडी बढिरहेको यस संस्थाको विकासका लागि यहाँको अमूल्य सहयोग, सल्लाह, सुझावको अपेक्षा हामीले गरेका छौ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० खड्खदेमा टिकटक बनाउने क्रममा १५ वर्षीय सृष्टि सुनार महाकालीमा खसेर बेपत्ता
07/09/2026

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० खड्खदेमा टिकटक बनाउने क्रममा १५ वर्षीय सृष्टि सुनार महाकालीमा खसेर बेपत्ता

रसुवा बाढीपीडितका लागि किड्सजोनको ९० हजार सहयोगसमाचार कमेन्टमा 👇🏻
07/09/2026

रसुवा बाढीपीडितका लागि किड्सजोनको ९० हजार सहयोग
समाचार कमेन्टमा 👇🏻

रसुवा बाढीपीडितका लागि ज्ञानज्योति स्कुलको १ लाख २२ हजार सहयोगसमाचार कमेन्टमा 👇🏻
07/09/2026

रसुवा बाढीपीडितका लागि ज्ञानज्योति स्कुलको १ लाख २२ हजार सहयोग
समाचार कमेन्टमा 👇🏻

रसुवा जिल्लाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि डोटीको...
07/09/2026

रसुवा जिल्लाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि डोटीको जोरायल गाउँपालिकाले ३३ लाख २८ हजार ६ सय ४१ रुपैयाँ सहयोग गर्ने भएको छ।

भदौ १० गते भोटेकोशी नदी भएर धादिङको त्रीशुली नदीमा आएको बिनाशकारी बाढीपछि बेपत्ता बेलौरीका ५ जनाको शकुशल घर पुगेका छन । ...
07/09/2026

भदौ १० गते भोटेकोशी नदी भएर धादिङको त्रीशुली नदीमा आएको बिनाशकारी बाढीपछि बेपत्ता बेलौरीका ५ जनाको शकुशल घर पुगेका छन । धादिङको माछाबजार क्षेत्रबाट शनिबार बेलौरी नगरपालिका ५ का ५ जनाको शकुशल उद्दार गरि आइतबार घर पठाइएको हो । बेलौरी नगरपालिकाको सहयोगमा ५ नम्बर वडाका ५ जनाको शनिबार उद्दार गरि शकुसल घर पठाइएको बेलौरी नगरपालिकाको विपद सम्पर्क व्यक्ती अशोक पाण्डेले बताए । उनका अनुसार धादिङ माछाबजार क्षेत्रबाट उद्दार गरिनेमा बेलौरी नगरपालिका ५ का मनबुझाउने चौधरी, माया चौधरी, प्रदिप चौधरी, सुरेश चौधरी र दिनेश चौधरी रहेका छ्न । उनिहरु माछाबजारको माथिल्लो क्षेत्रमा मजदुरी गर्ने गर्थे । बाढीपछि उनी अलपत्र अवस्था भौतारिरहेका थिए । बेलौरी नगरपालिकाको सम्पर्कमा आएका ५ जनालाई काठमाडौ ल्याई आइतबार घर पठाइएको विपद सम्पर्क व्यक्ति अशोक पाण्डेयले बातए ।

बस्तीमाथिको जमिन चिराचिरा परेर भासिन थालेपछि बैतडीको डिलाशैनी गाउँपालिका–१ बरभकेका १८ घर पहिरोको उच्च जोखिममा परेका छन्।...
07/09/2026

बस्तीमाथिको जमिन चिराचिरा परेर भासिन थालेपछि बैतडीको डिलाशैनी गाउँपालिका–१ बरभकेका १८ घर पहिरोको उच्च जोखिममा परेका छन्। बस्तीभन्दा करिब ५०० मिटरमाथि रहेको खेत तथा जमिनमा ठूलो दरार देखिएपछि स्थानीयमा पहिरोको त्रास बढेको हो। पछिल्ला केही दिनदेखि निरन्तर वर्षा भइरहेकाले जमिन थप भासिने र पहिरो जान सक्ने जोखिम बढेको स्थानीयले बताएका छन्। स्थानीय लक्ष्मण जागरीका अनुसार पानी परिरहेकाले बस्तीका बासिन्दा त्रसित छन्। वडा अध्यक्ष कृष्णकुमार धामीले पनि बस्तीमाथिको जमिन चिराचिरा परेर फुटेको र जोखिम बढ्दै गएको बताउनुभएको छ। जोखिमको अवस्था बुझ्न आइतबार प्रहरी, जनप्रतिनिधि तथा कर्मचारीको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेको छ। जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको वडा अध्यक्ष धामीले जानकारी दिनुभयो।पहिरोको जोखिममा गोरेदत्त भट्ट, कृष्णदत्त भट्ट, महावीर धामी, दूरा धामी, जसिदत्त भट्ट, मनिदरा भट्ट, लक्ष्मण जागरी, प्रताप जागरी, अकबर जागरी, नवराज भट्ट, धौले खत्री, कमल खत्री, जसे खत्री, कैले खत्री, प्रकाश धामी, धनबहादुर खत्री, ईश्वरदत्त भट्ट र धर्मराज भट्टको घर रहेका छन्। डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशीले जोखिममा रहेका परिवारलाई आफन्तको घर वा अन्य सुरक्षित स्थानमा बस्न आग्रह गरिएको बताउनुभएको छ। जमिनमा देखिएको दरारका कारण वर्षा बढेसँगै जोखिम थप गम्भीर हुनसक्ने भएकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

‘हाम्रो सेवा, तपाईंको यात्रा, हरेक पल सुरक्षित साथ’ भन्ने नारासहित कैलालीको अत्तरियामा नमस्ते अत्तरिया यातायात प्रालिले ...
07/09/2026

‘हाम्रो सेवा, तपाईंको यात्रा, हरेक पल सुरक्षित साथ’ भन्ने नारासहित कैलालीको अत्तरियामा नमस्ते अत्तरिया यातायात प्रालिले औपचारिक रूपमा यातायात सेवा शुभारम्भ गरेको छ। गोदावरी नगरपालिका–२ मा प्रधान कार्यालय रहने गरी स्थापना भएको प्रालिको सोमबार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री जानकी कुँवरको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।

विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि कैलाली सुनचाँदी व्यवसायी संघले ५ लाख २१ हजार रुपैयाँ सहयोग गरेको छ।
07/09/2026

विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि कैलाली सुनचाँदी व्यवसायी संघले ५ लाख २१ हजार रुपैयाँ सहयोग गरेको छ।

सुदूरपश्चिमको पहिचान जोडिएका गरगहना र पोशाकमा झल्किएको अनुहार, अनि सुमधूर स्वरमा गाउछिन्, सगुना र फाग । सुदूरपश्चिमको वि...
07/09/2026

सुदूरपश्चिमको पहिचान जोडिएका गरगहना र पोशाकमा झल्किएको अनुहार, अनि सुमधूर स्वरमा गाउछिन्, सगुना र फाग । सुदूरपश्चिमको विषेश एवं मौलिक पर्व गौरा पर्वमा गाइने फाग तथा सगुनाहरु निरन्तर गाइरहन्छिन् । कला सस्कृतिसँग गहिरो सम्बन्ध बनाएर सबैमाझ पुर्याउने काम नरिन्तर गरिरहेकी छन् दार्चुलाको लेकम गाउँपालिका–५ मैखोलीमा जन्मिएकी चन्द्रिका जोशी ।सुदूरपश्चिमको महत्वसँग जोडिएको गौरा पर्वमा गाइने फाग तथा सगुनलाई, सामाजिक सञ्जाल मार्फत सबै दर्शक श्रोतासामु पुर्याइरहेकी छन् । सगुना र फाग भनेको सुदूरपश्चिममा धार्मिक तथा मांगलिक कार्यहरुमा गाईने परम्परागत लोकगितहरु हुन् । यसमा धार्मिक भावना र भगवानको स्तुती बढी हुने गरेको छ । सुदूरपश्चिममा नयाँ पुस्ताले सिक्न हिचकिचाउने तथा लाज मान्ने र पुराना पुस्ताले सिकाउने प्रयत्न नगर्दा सुदूरपश्चिमको मांगलिक अवसरमा गाइने सगुना र फागहरु लोपहुने अवस्थामा पुगेका छन् । उमेरले २४ पुगेकी जोशी विज्ञान संकायकी शिक्षिका हुन् । दार्चुलाको लेकममा जन्मिएकी चन्द्रिका अहिले रामेछापको पटनादेवि माविमा अध्यापन गराइरहेकी छन् । भौगोलिक रूपमा सुदूरपश्चिमबाट टाढा भएपनि सामाजिक सञ्जाल फेसबुकमा चन्द्रिका जोशी नामक फेसबुक आइडीबाट नियमित सास्कृतिक सगुना र फाग प्रस्तुत गरिरहेकी छन् । चन्द्रिकाले गौरा सुरु हुने दिन पञ्चमीदेखि विसर्जन गरिदासम्मका छुट्टाछुट्टै अंशहरु प्रस्तुत गर्ने गरेकी छन् । पछिल्लो समयमा युवा पुस्ताले सस्कृति विर्षदै गइरहेको महसुस भएपछि आफुले सामाजिक सञ्जालको माध्यमबाट सस्कृति बचाउने अभियान सञ्चालन गरिरहेको चन्द्रिका बताउछिन् । ”हजुरआमा र आमाबाट सुदूरपश्चिममा शुभकार्यमा गाइने सबै प्रकारका सगुन र फागहरु सिकेकी हु, तर पछिल्लो समयमा युवाहरुले सस्कृति विर्षदै गएको महसुस गरे, त्यसैले अभियान नै सञ्चालन गरेर सगुना र फागहरु सामाजिक सञ्जालमा नियमित प्रस्तुत गर्ने गरिरहेकी छु,“ चन्द्रिकाले भनिन् । सानै उमेरमा चन्द्रिकाले सगुना र फागहरु सिकेकी थिइन् । आफुमा सगुना तथा फागहरु सिक्ने बेग्र इच्छा रहेकाले आमा र हजुरआमाबाट सिकेको चन्द्रिका बताउछिन् । हजुरआमा स्व. कौसीला देवि जोशी शुभ कार्यमा गाइने फाग सगुनमा दखल हुनुहुन्थ्यो । चन्द्रिकाका अनुसार आमा अमतादेवि जोशीले पनि सगुन फाग लगायतका सास्कृतिक ज्ञान कौशिलादेवि जोशीबाट हासिल गर्नुभएको थियो । हजुरआमा र आमाबाटै चन्द्रिकाले सुदूरपश्चिमको मौलिक सस्कृतिसँग जोगिएका सगुना र फागहरु गाएर धेरैको मन जित्नु भएको छ । उसो त बुवा हरिदत्त जोशी पनि ज्योतिषाचार्य हुनुहुन्छ । उहाँबाट पनि सास्कृतिक विषयमा जानकारी हासिल गरेको जोशी सुनाउछिन् ।
करिब दुई महिनादेखि सामाजिक सञ्जलमा गौरा पर्वमा गाइने सगुन र भाग राख्दै आएकी चन्द्रिकाले त्यसपछि पञ्चमी तीज तथा विवाह प्रतबन्धमा गाइने सगुन तथा फागहरु राख्ने सोच मनाएको बताउछिन् । सुदूस्रपश्चिमको मांगलिक कार्यमा गाइने सगुना र फागहरु समेटेर पुस्तक नै लेख्ने तयारी गरेको जोशी बताउछिन् ।
युवा पुस्ताले जति धेरै नयाँ कुरा सिक्ने कुरामा चासो राख्ने गरेको र आफ्नो संस्कृतिसँग जोडिएको ज्ञानलाई विर्सन नहुनेमा जोशीको जोड छ । यसरी युवाहरुले सास्कृति जगेर्नामा लागेको देखेर अग्रजहरुले पनि प्रशंसा गर्ने गरेका छन् । नयाँ पुस्ताले सस्कृति सरक्षण गर्ने नेयाँ चेलीको उदयको रुपमा आफुले हेरेको सास्कृतिक अगुवा कलसा महराले बताइन् । ”सुदूरको संस्कृतिलाई फराकिला बनाउनमा योगदान दिने युवाको रुपमा चन्द्रिकालाई हेरेको छु, सम्मान छ उहाँलाई,“ महराले भनिन् ।

07/09/2026

टिकटक भिडियो खिच्ने क्रममा खुट्टा चिप्लिएर कञ्चनपुरकी एक किशोरी महाकालीमा बेपत्ता...

Address

Attariya, Kaillai
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Radio Attariya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Attariya:

Shortcuts

Share

Category