Deaurali Press

Deaurali Press Official page

हर्क साम्पाङलाई धरानका जनताले भोट दिएर होइन लखेटेर काठमाडौं पठाएका हुन। - सांसद खगेन्द्र सुनुवार
20/05/2026

हर्क साम्पाङलाई धरानका जनताले भोट दिएर होइन लखेटेर काठमाडौं पठाएका हुन।
- सांसद खगेन्द्र सुनुवार

घरमै रेडलेबल, ब्ल्याकलेबल बनाउन खप्पिस रहेछन् यी चार गोप्य सूचना चुहिएपछि एक्कासी पर्यो छापा ।नक्कली मदिरा बनाउने एक गिर...
20/05/2026

घरमै रेडलेबल, ब्ल्याकलेबल बनाउन खप्पिस रहेछन् यी चार गोप्य सूचना चुहिएपछि एक्कासी पर्यो छापा ।
नक्कली मदिरा बनाउने एक गिरोहलाई सशस्त्र प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले ललितपुरबाट नक्कली मदिरा बनाउने काममा सक्रिय गिरोहका चार जनालाई नियन्त्रणमा लिएको हो।रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३० वर्षीय मनोज खत्री, रामेछापकै खिम्ती गाउँपालिकाका २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २२ वर्षीय छिदेन निमा तामाङलाई चाँगाथलीबाट नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ।
ललितपुरको चाँगाथली स्थित बिर्खबहादुर तामाङको घरमा त्यसप्रकारको कार्य हुने सूचना पाएपछि सशस्त्र प्रहरीको नेपाल इन्टेलीजेन्स ब्युरोको टोलीले सो घरमा छापा हानेको थियो। त्यसक्रममा सशस्त्रले रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजस्वको स्टिकर र होलोग्राम फेला परेपछि चारै जनालाई नियन्त्रणमा लियो।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले लिए राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ l
20/05/2026

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले लिए राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ l

आमाले मागिन् माफी: साइबर ब्युरोको बारेमा अमिशाले झुट बोलेको खुलासा!जेनजी राजनीतिकर्मी अमिषा पराजुलीले साइबर ब्युरोका प्र...
20/05/2026

आमाले मागिन् माफी: साइबर ब्युरोको बारेमा अमिशाले झुट बोलेको खुलासा!

जेनजी राजनीतिकर्मी अमिषा पराजुलीले साइबर ब्युरोका प्रहरीले आफूलाई अश्लील शब्द प्रयोग गरी हप्काएको आरोप लगाएकी थिइन्। तर ब्युरोले उनको आमालाई झिकाएर बुझ्दा प्रहरीबाट त्यस्तो कुनै शब्द उच्चारण नभएको र छोरीले झुट बोलेको पुष्टि भएको छ। छोरीको गलत अभिव्यक्तिले प्रहरी सङ्गठन र ब्युरोको साखमा पर्न गएको असरप्रति उनकी आमाले ब्युरोमै पुगेर लिखित रूपमा माफी मागेकी छिन्।

त्रिभुवन विश्वविद्यालयको जग्गा खाली गर्न दिएको ३५ दिने म्याद जेठ ८ मा सकिँदैछ, तर अहिलेसम्म कब्जा गरिएको जग्गा खाली भएको...
20/05/2026

त्रिभुवन विश्वविद्यालयको जग्गा खाली गर्न दिएको ३५ दिने म्याद जेठ ८ मा सकिँदैछ, तर अहिलेसम्म कब्जा गरिएको जग्गा खाली भएको खबर छैन। अब ३ दिनपछि के डोजर चल्ला त?

सरस्वती माताको आशीर्वादले तपाईंहरूको दिन शुभ रहोस्।  #शुभबिहानी
20/05/2026

सरस्वती माताको आशीर्वादले तपाईंहरूको दिन शुभ रहोस्।
#शुभबिहानी

पोखरा लिचिबारी घुस प्रकरणमा सर्वोच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।विशेष अदालतक...
19/05/2026

पोखरा लिचिबारी घुस प्रकरणमा सर्वोच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै सर्वोच्च अदालत को संयुक्त इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की ले विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे ...
19/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की ले विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे आफू अनभिज्ञ रहेको बताएका छन्।

मंगलबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले उक्त विषयमा आफूलाई केही थाहा नभएको दाबी गरे। जनआस्थाले सार्वजनिक गरेको समाचारबारे पटक–पटक प्रश्न गर्दा पनि उनले स्पष्ट जवाफ दिन चाहेनन्।

पत्रकारहरूले लगातार प्रश्न गरेपछि कार्कीले अचानक आफ्नो कोट र टिसर्ट माथि उचालेर नांगो छाती देखाए। त्यसपछि उनले सञ्चारकर्मीसँग प्रतिप्रश्न गर्दै भने, “कहिँनेर मेरो ट्याटु छ ?”

आरोपबारे अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले स्पष्ट धारणा राखेनन्। “प्रोसेस होला नि त, प्रमाण देखाइसके होइन ?” उनले भने।

उक्त समाचार सार्वजनिक गर्ने सञ्चारमाध्यमविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने हो भन्ने प्रश्नमा पनि उनले उही तर्क दोहोर्‍याए। “तपाईंलाई मैले छाती खोलेर देखाएको होइन ? देख्नुभयो त ट्याटु ? अनि ?” उनले भने।

कार्कीले आफू २०६७ सालदेखि नेपालमा नरहेको दाबी गर्दै विभिन्न आरोपहरू प्रमाणसहित आउनुपर्ने बताए। “म २०६७ सालदेखि नेपालमा छैन। ७१ सालतिर चरी मरेको। म चरीको केटा हो त ? यत्तिकै बोल्दिने ? प्रमाण ल्याउनुपर्‍यो नि,” उनले भने।

हिजो संसद्मा बोल्न नाम टिपाएर पनि नबोलेको विषयमा उनले आफूले शून्य समयमा बोल्न हस्ताक्षर नगरेको बताए। “मैले सिग्नेचर गरेको थिइनँ, तर मेरो नाम आयो। के भएको हो भनेर अहिले भर्खर कुरा गरेको छु,” उनले स्पष्ट पारे।

अब Mobile Apps बाटै प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न सकिने भएको छ। नेपाल प्रहरीको Apps मार्फत नै दर्ता गर्न सकिनेछ। Pi...
19/05/2026

अब Mobile Apps बाटै प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न सकिने भएको छ। नेपाल प्रहरीको Apps मार्फत नै दर्ता गर्न सकिनेछ।

Pic: representative AI pic

पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर च...
19/05/2026

पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर चलाएको छ ।

बसभित्रै ह’ङ्गामा! यात्रुमाथि दुर्व्यवहारपछि युवती बेहोस चितवनको नारायणघाटमा रोकिएको सार्वजनिक बसभित्र भएको एक घ’टनाले अ...
19/05/2026

बसभित्रै ह’ङ्गामा! यात्रुमाथि दुर्व्यवहारपछि युवती बेहोस

चितवनको नारायणघाटमा रोकिएको सार्वजनिक बसभित्र भएको एक घ’टनाले अहिले सामाजिक सञ्जाल तातेको छ।

डिजेल हाल्ने क्रममा रोकिएको बसमा एक तेस्रोलिंगी व्यक्तिले महिला यात्रुमाथि अ’भद्र व्यवहार तथा संवेदनशील अंगमा प्र’हार गरेको आरोप लागेको छ। घटनापछि ती युवतीको अवस्था नाजुक बनेको र उनी बेहोस भएपछि तत्काल अस्पताल लगिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

यो घटनापछि सामाजिक सञ्जालमा तीव्र आक्रोश देखिएको छ भने धेरैले दोषीमाथि कडा कारबाही र निष्पक्ष छानबिनको माग गरिरहेका छन्।

Address

Anamnagar
Dhangadhi
44600

Website

Alerts

Be the first to know and let us send you an email when Deaurali Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share