12/06/2026
SP अंगुर जिसी: देशभरकै सर्वोत्कृष्ट प्रहरी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको ब'लात्कार तथा ह'त्याको 🥹 घटनाको शुरुदेखि नै अनुसन्धान गरेका तत्कालीन CIB अधिकृत DSP अंगुर जिसीले त्यतिबेला नै स्पष्ट रूपमा भनेका थिए, “निर्मला प्रकरणको दोषी दिलिपसिंह विष्ट नै हो भन्नेमा म ढुक्क छु।”
भीड र मिडियाको दबाब थेग्न नसकेर विष्टलाई छोड्नुपरेको थियो। निर्मला ब'लात्कार र ह'त्याको मुद्दामा अनुसन्धानमा संलग्न भएपछि निलम्बनमा परेका जिसी आज देशभरकै सर्वोत्कृष्ट प्रहरीको रूपमा चिनिनु भएको छ। 🫡 गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा अत्यन्त पोख्त मानिने SP अंगुर जिसीले केही बर्ष अगाडी तीनकुनेमा भएको ४ जनाको सामूहिक विभत्स हत्याका मुख्य अभियुक्त सञ्जय भण्डारीलाई मात्र ३६ घण्टाभित्र पक्राउ गर्न सफल भएका थिए। 👏 निर्मला पन्तको हत्याकाण्डमा अंगुर जिसीको अनुसन्धान सुरुदेखि नै सही थियो, तर परिवेश राजनीतिक र गलत भयो ।
अब उहाँको मेहनत, निष्ठा र व्यावसायिकताले फल दिँदैछ।
धेरै धेरै बधाई छ। तपाईंको जस्तो सच्चा र साहसी प्रहरीको नेतृत्वले देशमा न्याय र कानुनको शासन बलियो हुँदै जानेछ।
जय नेपाल 🇳🇵🫡