Naya Sandesh

Naya Sandesh We are officially registered News media under name Ruindra media Pvt.Ltd

Reg.no 3725-2079/80

मुगु केन्द्रबिन्दू भएर दुई पटक भूकम्प
16/09/2026

मुगु केन्द्रबिन्दू भएर दुई पटक भूकम्प

काठमाडौंः मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्....

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा !
15/09/2026

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा !

15/09/2026

जनमत गरे सत्तरी प्रतिशत जनसंख्या पक्षमा हुन्छन् : : ज्ञानेन्द्र शाही

15/09/2026

राजसंस्था बिथोल्नेहरूले जेनजी आन्दोलन गराएका हुन् : राजेन्द्र लिङ्देन

इन्द्रसरोवरमा इभी दुर्घटना, ४ जनाको मृत्यु
15/09/2026

इन्द्रसरोवरमा इभी दुर्घटना, ४ जनाको मृत्यु

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिप...
15/09/2026

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र

काठमाडौं: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ ।

मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछी सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो ।

मन्त्रालयले आज एक पत्र जारि गर्दै निजामति सेवा नियमावली अनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदिई साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको त्यस्तो तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलउपर गर्ने व्यवस्था रहेको जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो समय सरुवा भएका कर्मचारीलाई नियमावलीमा तोकिएको बहाली म्याद सकिँदा समेत रमाना नदिने, विभिन्न बहानामा साविककै कार्यालयमा राखेर काम गराउने र सरुवा भइसकेपछि पनि पूर्व कार्यालयबाटै तलबभत्ता भुक्तानी गर्ने गरेको पाइएको छ। यसले स्थानीय तहमा जनशक्ति अभाव भई सेवा प्रवाहमा समेत गम्भीर समस्या सिर्जना हुन पुगेको मन्त्रालय जनाएको छ ।

मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई कानुनले तोकेको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन र अन्यथा कानुनबमोजिम हुने व्यहोरा सम्बन्धित निकायलाई जानकारी गराएको छ।

सरुवा भएका कर्मचारीलाई रमाना नगरी तलबभत्ता भुक्तानी गरेको पाइएमा लेखापरीक्षणका क्रममा उक्त विषयलाई बेरुजु कायम गरी निर्णय कार्यान्वयनमा सहयोग गर्न महालेखा परीक्षकको कार्यालयलाई र निर्णय कार्यान्वयनमा सहयोग गर्न मातहतका सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई समेत परिपत्र गरिदिन महालेखा नियन्त्रकको कार्यालयलाई समेत आग्रह गरेको छ।

साबिकमा मन्त्रालयबाट सरुवा सम्बन्धी निर्णयहरु हुने तर कार्यान्वयन नहुने अवस्थालाई अन्त्य गर्न मन्त्रालयले चालेको यो कदमले प्रशासनिक स्थिरता र सरुवा निर्णय कार्यान्वयनमा प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ ।

डेभिड वार्नरले काठमाडौँबाट एनपीएल खेल्ने
15/09/2026

डेभिड वार्नरले काठमाडौँबाट एनपीएल खेल्ने

काठमाडौँ: अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका ...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङका श्रीमान्‌ थोमस नेपाल आएका छन्। जर्मनका नागरिक उनी मंगलबार बि...
15/09/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङका श्रीमान्‌ थोमस नेपाल आएका छन्। जर्मनका नागरिक उनी मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालहुँदै नेपाल आइपुगेका हुन्।

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु
15/09/2026

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा): ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा मङ्गलबार बिहान एक महिलाको मृत....

डोटीमा ओडारमा लुकाइराखेको भरुवा बन्दुक बरामद
15/09/2026

डोटीमा ओडारमा लुकाइराखेको भरुवा बन्दुक बरामद

Address

Sahid Gate
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Naya Sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share