Online News

Online News Online News नेपाली गीतहरु प्रसारण हुने र्गदछन ।

प्रेम र विश्वासको बलमा समाजका चुनौती जितेका सुशील दम्पती नयाँ जीवनको सुरुवात गर्न दुबई पुगेका छन्। उनीहरूको भविष्य सुनौल...
17/05/2026

प्रेम र विश्वासको बलमा समाजका चुनौती जितेका सुशील दम्पती नयाँ जीवनको सुरुवात गर्न दुबई पुगेका छन्। उनीहरूको भविष्य सुनौलो बनोस्। 💖

आज राति बजरंगबलीको दर्शन गर्ने सबैले “जय श्री Hanuman” लेख्नुहोस् 🙏🚩
04/05/2026

आज राति बजरंगबलीको दर्शन गर्ने सबैले “जय श्री Hanuman” लेख्नुहोस् 🙏🚩

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा १ हजार २८ परिवारलाई सुधारिएको चुल्हो वितरण भइरहेको छ। एक्का नेपाल संस्थाको...
05/04/2026

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा १ हजार २८ परिवारलाई सुधारिएको चुल्हो वितरण भइरहेको छ। एक्का नेपाल संस्थाको आयोजना अन्तर्गत सञ्चालन भइरहेको वातावरण संरक्षण शिविर तथा गाउँपालिकाको समन्वयमा कार्यक्रम अघि बढाइएको हो।
कार्यक्रममा वडा अध्यक्ष जगतबहादुर शाही स्वयं सक्रिय रहँदै जनतालाई सहजीकरण गर्नुका साथै कागजी प्रक्रिया मिलाइदिने र कर्मचारीलाई समेत काममा सहज बनाउने काममा खटिनुभएको छ।

कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ का किसानहरू बर्खायाममा डु*बान हुने समस्याका कारण अहिले चैते धान रोप्न बा_ध्य भएका छन...
09/03/2026

कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ का किसानहरू बर्खायाममा डु*बान हुने समस्याका कारण अहिले चैते धान रोप्न बा_ध्य भएका छन्। वर्षातको समयमा खेत डु*बानमा पर्ने भएकाले बर्खामा धान लगाउन नसकिने भन्दै किसानहरूले अहिले नै धान रोपाइँ सुरु गरेका हुन्।

स्थानीय किसानहरूका अनुसार हिउँदमा पानी व्यवस्थापन गरेर चैते धान लगाउनुपरेको छ। उनीहरू भन्छन्, “हाम्रो खेत बर्खामा डु_बानमा पर्छ, त्यसैले बर्खामा धान लगाउन पाउँदैनौँ। बा*ध्य भएर अहिले चैते धान लगाउनुपरेको हो।”
किसानहरूले सरकारले कृषि क्षेत्रमा आवश्यक सहयोग नगरेको भन्दै समयमा मल नपाउने समस्या पनि रहेको गु;नासो गरेका छन्। समयमै मलजल र आवश्यक कृषि सामग्री नपाउँदा उत्पादनमा असर पर्ने उनीहरूको भनाइ छ।
डु*बानको दी;र्घकालीन स"माधान र कृषि सामग्रीको सहज उपलब्धता गराउन स्थानीय तथा संघीय सरकारसँग किसानहरूले मा;ग गरेका छन्।

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ स्थित जगदम्बिके भगवती माध्यमिक विद्यालय रानीकुण्डामा आज प्रतिनिधि सभा निर...
05/03/2026

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ स्थित जगदम्बिके भगवती माध्यमिक विद्यालय रानीकुण्डामा आज प्रतिनिधि सभा निर्वाचनका लागि मतदान कार्य बिहान ७ बजेदेखि सुरु भएको छ साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

मतदान स्थलमा बिहानैदेखि नागरिकहरू उत्साहपूर्वक उपस्थित भई आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। सो मतदान केन्द्रमा कुल ३ हजार १ सय ५३ जना मतदाता रहेका छन्।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाकर्मी तथा कर्मचारीहरू परिचालन गरिएको छ। स्थानीयवासीहरू लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै मतदानमा जुटेका छन्।

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ६ स्थित ६ नम्बर वडा कार्यालय, मोहन्याल आधारभूत विद्यालय सुगरखाल, जोकाई र मो...
04/03/2026

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ६ स्थित ६ नम्बर वडा कार्यालय, मोहन्याल आधारभूत विद्यालय सुगरखाल, जोकाई र मोहन्याल मावि गरी तीन मतदान केन्द्र रहेका छन् । भोलि, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तीनवटै ठाउँका मतदान स्थल तयार गरिएको छ। सोही वडामा मतदान गर्ने मतदाता जम्मा ३२ सय ५१ जना रहेका छन्।

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ स्थित माध्यमिक विद्यालय श्री कोटातुल्सीपुर ढोढरपुर (सुन्दरपुर)मा भोलि, फा...
04/03/2026

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ स्थित माध्यमिक विद्यालय श्री कोटातुल्सीपुर ढोढरपुर (सुन्दरपुर)मा भोलि, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान स्थल तयार गरिएको छ। सोही ठाउँमा मतदान गर्ने मतदाता जम्मा ३९ सय ५८ जना रहेका छन्।

माघी मेलामा ‘लरहिया’ हेर्न भक्तजनहरूको भीडकैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ६ स्थित रामजानकी भक्तिनिया अस्था...
19/01/2026

माघी मेलामा ‘लरहिया’ हेर्न भक्तजनहरूको भीड
कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ६ स्थित रामजानकी भक्तिनिया अस्थान तीर्थमा सञ्चालन भइरहेको माघी मेला अन्तर्गत स्थापना गरिएको सङ्ग्रहालयमा राखिएको ‘लरहिया’ अवलोकन गर्न भक्तजन तथा दर्शकहरूको उल्लेख्य भीड देखिएको छ।
धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको ‘लरहिया’ अवलोकन गर्न टाढाटाढाबाट आएका भक्तजनहरूमा उत्साह देखिएको छ। माघी मेलाले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।
वैज्ञानिक मिडिया / साइन्टिस्ट टिभी
तस्बिर पत्रकार: टिकाराम साउँद

बर्दगोरिया धाममा माघी मेलाको रौनक, भक्तजनहरूको उल्लेख्य भीडकैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको बर...
15/01/2026

बर्दगोरिया धाममा माघी मेलाको रौनक, भक्तजनहरूको उल्लेख्य भीड
कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको बर्दगोरिया धाममा आज माघ १ गते लागिरहेको माघी मेलामा भक्तजनहरूको भरिभराउ देखिएको छ। पुस २८ गतेदेखि सुरु भएको यो मेला माघ २ गतेसम्म सञ्चालन हुने गर्दछ।
हरेक वर्षझैँ यस वर्ष पनि मेलामा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आकर्षणको केन्द्र बनेका छन्। विशेषगरी भारतीय रामलीला प्रस्तुतिका साथै स्थानीयदेखि राष्ट्रिय कलाकारहरूको सांगीतिक तथा नृत्य प्रस्तुतिले मेलालाई थप रौनक दिएको छ।
धार्मिक आस्था, संस्कृति र मनोरञ्जनको संगम बनेको यस माघी मेलामा सहभागी हुन टाढाटाढाबाट भक्तजन तथा दर्शकहरू पुगेका छन्। हेर्नुहोस्, मेलाका विभिन्न क्षणमा खिचिएका तस्बिरहरू !!

बर्दगोरिया धाममा माघीको अवसरमा भक्तजनको भीडकैलाली जिल्लास्थित बर्दगोरिया धाममा आज माघ १ गते, थारु समुदायको नयाँ वर्ष माघ...
15/01/2026

बर्दगोरिया धाममा माघीको अवसरमा भक्तजनको भीड

कैलाली जिल्लास्थित बर्दगोरिया धाममा आज माघ १ गते, थारु समुदायको नयाँ वर्ष माघीको अवसरमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। बर्दबाबा मन्दिरमा फूल–प्रसाद लिएर पूजा–आराधना गर्न आएका भक्तजनहरूले लामो लाइनमा बसेर दर्शन गरिरहेका छन्।
यहाँ पूजा गरेमा वर्षभरिका पा*प कट्ने र मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ। माघ महिनालाई धर्मी महिना मानिने भएकाले आज बर्दगोरिया धाम श्र*द्धा, भक्ति र शान्तिले भरिएको देखिएको छ।

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Online News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online News:

Share