Dns Khabar

Dns Khabar परिवर्तन सम्भव छ तर चम्चागिरी चाकरी बल पावर पैसाले होइन निषर्थ सेवाले हुन्छ !🙏🙏

धनगढीमा हत्या गरि दाहसंस्कार गरेर खाल्डोमा गाडिएको अवस्थामा प्रहरीले शव निकालेको छ।धनगढी–१४ फूलवारीका ३५ वर्षका गणेश गिर...
18/07/2025

धनगढीमा हत्या गरि दाहसंस्कार गरेर खाल्डोमा गाडिएको अवस्थामा प्रहरीले शव निकालेको छ।
धनगढी–१४ फूलवारीका ३५ वर्षका गणेश गिरीको शव खाल्डोबाट निकालेको हो।
असार ३० गते गणेश र उनका १८ वर्षका भान्जा प्रदिप बोहराबिच एयरफोनका विषय विवाद भएको थियो। गणेशको भान्जा प्रदिपको कुटपिटबाट मृत्यु भयो। घटनाबारे परिवारले तुरन्तै प्रहरीलाई जानकारी नगराएरनै दाहसंस्कार गरेको भन्ने अहिले खुलेको छ। प्रहरीले उनका भान्जा प्रदिप र भाई ३३ वर्षका पदम गिरीलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिहेको छ।

विश्व क्रिकेटकै शक्तिशाली राष्ट्र भारतका खेलाडीलाई समेत पछि पार्दै नेपालका सन्दीप लामिछाने र करण केसीले नयाँ रेकर्ड राख्...
27/06/2025

विश्व क्रिकेटकै शक्तिशाली राष्ट्र भारतका खेलाडीलाई समेत पछि पार्दै नेपालका सन्दीप लामिछाने र करण केसीले नयाँ रेकर्ड राख्न सफल भएका छन् । क्रिकेटमा धेरै अर्थमा नेपाल भारत भन्दा पछाडि छ । तर एउटा नयाँ कीर्तिमानमा भने नेपालका २ बलर सन्दीप र करणले सन् २०५ बाट सुरु भएको टी—ट्वन्टी आईमा १ सय विकेट लिदै कोसेढुंगा पार गरेर भारतका खेलाडीलाई समेत पछि पारेका छन् । भारतका कुनै पनि खेलाडीले १ सय विकेट लिन सकेका छैनन् । सन्दीप नेपालका लागि टी—ट्वान्टी आईमा १ सय विकेट पूरा गर्ने पहिलो क्रिकेटर हुन भने फास्ट बलर करण केसी दोस्रो खेलाडी हुन् । सन्दीप र करणले एकै एसोसिएट राष्ट्रबाट २ जना खेलाडीले १ सय विकेट लिने अर्को कीर्तिमान समेत राख्न सफल भएका छन् ।

22/06/2025

पाँच जिल्लाका नागरिकले मात्रै मत हालेर शासन चल्दैन—७७ वटै जिल्लाका जनताले न्याय, विकास र सम्मान पाउनुपर्छ। बजेट समन्यायिक हुनुपर्छ किनभने विभेदपूर्ण बजेटले जनताको भरोसा मर्न जान्छ । माननीय :- सुनिल शर्मा

गृहमन्त्री रमेश लेखकले आफूले राजीनामा नदिने जिकिर गर्दै भने - भिजिट भिसा कुनै मन्त्रीले घटाउने वा बढाउने होइन । म मन्त्र...
13/06/2025

गृहमन्त्री रमेश लेखकले आफूले राजीनामा नदिने जिकिर गर्दै भने - भिजिट भिसा कुनै मन्त्रीले घटाउने वा बढाउने होइन । म मन्त्री भएपछि मात्रै भिजिट भिसाको प्रणाली प्रारम्भ भएको हो भन्ने नियोजित ढङ्गगले प्रचारीत गरिँदै छ, त्यसो होइन । भिजिट भिसाको प्रणाली हाम्रो देशमा वर्षौंदेखि लागू थियो र अहिले पनि निरन्तर रहेको छ । मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि कार्य गर्ने संवैधानिक भूमिका प्राप्त गरेको सवल संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने कुनै पनि काम कारबाहीलाई म खुल्ला हृदयले स्वागत गर्दछु । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ जुन मेरो प्रत्यक्ष वा अप्रत्यक्ष मातहतमा पर्दैन ।

युबराज सफलले काठमाडौं महानगरका मेयर बालेन शाह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन्।
12/06/2025

युबराज सफलले काठमाडौं महानगरका मेयर बालेन शाह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन्।

देउवाले प्रचण्डलाई भने- जिद्दी छाड्नुस् न यार 😮भिजिट भिसा प्रकरणमा छुट्टै आयोग बनाएर छानबिन गर्नुपर्ने प्रचण्डको मागमा श...
08/06/2025

देउवाले प्रचण्डलाई भने- जिद्दी छाड्नुस् न यार 😮

भिजिट भिसा प्रकरणमा छुट्टै आयोग बनाएर छानबिन गर्नुपर्ने प्रचण्डको मागमा शेरबहादुर देउवाले भने - "स्वतन्त्र संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकोले छुट्टै आयोग बनाउन जरूरी छैन । यसले राम्रो सन्देश पनि दिँदैन, जिद्दी छाड्नुस् न यार ।

सरकारमा विवाह गर्ने उमेरहद २० बाट घटाएर १८ वर्ष बनाउनुपर्ने सुझाव आएपछि टिकटकर मिस पबीले मानसिक रूपमा परिपक्व नहुने भन्द...
08/06/2025

सरकारमा विवाह गर्ने उमेरहद २० बाट घटाएर १८ वर्ष बनाउनुपर्ने सुझाव आएपछि टिकटकर मिस पबीले मानसिक रूपमा परिपक्व नहुने भन्दै विवाहको उमेर घटाउन नहुने बताएकी छिन्। उनी भन्छिन् शारीरिक रूपमा हलक्कै भए पनि १७:१८ वर्षको उमेरमा मानिस मानसिक रूपले परिपक्व हुँदैन यो उमेर भनेको बेबी माइन्ड हो

राजा लिन हिँडेका मान्छे थाकेर फर्किसके अब यसको चर्चा नगरौँ - गगन थापा
07/06/2025

राजा लिन हिँडेका मान्छे थाकेर फर्किसके अब यसको चर्चा नगरौँ - गगन थापा

अख्तियारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...
05/06/2025

अख्तियारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नेपालविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो। अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरिएको छ ।

करण केसीको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले आइसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत स्कटल्यान्डलाई १ विकेटले पराजित गर...
02/06/2025

करण केसीको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले आइसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको छ।

संसद्को अवरोध खुलाउन बसेको तीन दलका शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट...
02/06/2025

संसद्को अवरोध खुलाउन बसेको तीन दलका शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट प्रतिपक्ष पछि नहटेपछि बैठकमा सहमति जुट्न नसकेको हो । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा करिब २ घण्टा बसेको बैठकमा संसद् खोल्न प्रतिपक्ष सहमत नभएपछि बैठक विना निष्कर्ष सकिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनु भएको छ।

राजावादी समूहद्वारा भोलि ( जेठ १९ ) उपत्यका बन्दको घोषणा ।।। राजधानीमा आज भएको शान्तिपूर्ण आ'न्दोलनमा प्रहरीले दमन गरेको...
01/06/2025

राजावादी समूहद्वारा भोलि ( जेठ १९ ) उपत्यका बन्दको घोषणा ।।।

राजधानीमा आज भएको शान्तिपूर्ण आ'न्दोलनमा प्रहरीले दमन गरेको भन्दै त्यसको विरोधस्वरुप राजावादी समूहले भोलि जेठ १९ गते उपत्यका बन्दको घोषणा गरेका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापा र सांसद दीपक सिंहलाई प्रहरीले गिरफ्तार गरेपछि सरकारविरुद्ध तीव्र आक्रोश व्यक्त गरिएको छ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा दमनको निन्दा गर्दै बन्द सफल पार्न सबैलाई टोल–टोलमा सक्रिय भूमिका निभाउन आग्रह गरिएको छ।

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Dns Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share