24/09/2025
सुदूरपश्चिम प्रदेशका नेपाली कांग्रेस नेताहरूले विशेष महाधिवेशनको नाममा भइरहेको हस्ताक्षर अभियानप्रति गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले भने, यस्तो गतिविधिले पार्टीलाई कमजोर बनाउने र भित्रै विभाजन ल्याउने खतरा रहेको छ। सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणामाथि भएको आक्रमणप्रति पनि उनीहरूले गहिरो चिन्ता व्यक्त गरे।
नेताहरूले गगन थापा र विश्वप्रकाश शर्माले अघि बढाएको हस्ताक्षर अभियानले पार्टीभित्र भ्रम सिर्जना गरेको र संवेदनशील समयमा असंवेदनशील कदम चालिएको बताएका छन्। उनीहरूले सबै कार्यकर्तालाई सचेत रहन र पार्टी एकता कायम राख्न अपिल गरेका छन्। छलफलमा राष्ट्रिय राजनीतिको निकास संविधानभित्रै खोज्नुपर्ने, दल, सरकार र युवाबीच सहमति गरेर प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने र त्यसपछि संविधान संशोधन गरी आम निर्वाचनमा जानुपर्ने कुरा पनि उठाइएको थियो।