Yugsarokar weekly

Yugsarokar weekly yug sarokar ko ek matra aadhar, janahitka lagi
suchsna ,samachar ra bichar

कैलालीमा गत आर्थिक वर्षमा ११ सय ९७ वटा उधोग दर्ता
16/08/2023

कैलालीमा गत आर्थिक वर्षमा ११ सय ९७ वटा उधोग दर्ता

साउन ३१ धनगढी । कैलालीमा एक बर्षको अबधीमा १ हजार १ सय ९७ वटा उद्योग दर्ता भएका छन । गत आर्थिक वर्ष २०७९÷२०८० मा २ अर्...

14/08/2016

युग सरोकार छैटौ बर्षमा
युगसरोकार÷धनगढी
समाजका विक्रिती, विसङ्गती, भ्रष्टाचार विरुद्घ तिखो प्रहार जनताको सूचनाको हक राष्ट्र राष्ट्रियताको पक्षमा हाम्रो सरोकार भन्ने उद्देश्यका साथ निरन्तरकलम चलाउदै जनतालाई शुसिचित गर्दै आफ्नो यात्राका पाचौ बर्षहरु पार गरेर युगसरोकार राष्ट्रिय साप्ताहिक छैटौ बर्षमा प्रवेश गरेको छ ।
२०६८ साल साउन महिनामा जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ताभई निरन्तर प्रकाशन हुँदै आएको युगसरोकार २०७३ साउन २७ गते देखि छैटौ बर्षमा प्रवेश गरेको हो ।
विभिन्न समस्याहरुको सामना गर्दै वितेका पाँच बर्षहरुमा पाएको पाठक बर्गहरुको अथाहा माया र विज्ञापन दाताहरुको अमूल्य सहयोगलाई हामी सधै सम्झी रहन्छौ र कहिल्यै विर्षन सक्दैनौ ।
पाठक वर्गको माया र विज्ञापन दाताहरुको सहयोग विना हाम्रो यात्रा सफल हुन सक्दैन । त्यसैले आदर्णीय पाठक बर्ग र विज्ञापन दाताहरुको निरन्तर सहयोगको आशा भरोषा गरेका छौ ।
पत्र पत्रिकाको भीडमा हामी निरन्तर टीकी रहनुमा पाठक वर्ग र विज्ञापन दाताहरुकै प्रमुख भूमिका रहेको छ ।
सूचना उपलब्ध गराउने र हामीलाई सुझाव सल्लाह प्रदान गरेर सहयोग गर्ने मान्यजनहरुलाई पनि हामी विर्षन सक्दैनौ ।
उहाँहरुको अझै स्वतह स्फूर्त रुपमा हामीलाई सहयोग गरी रहनु हुनेछ भन्ने विश्वास लिएका छौ । यसका साथै प्रकाशनमा सहयोग पु¥याउने आदर्णीय पत्रिकाका सल्लाहकार, कानुनी सल्लाहकार र कर्मचारीहरु प्रति पनि हामी अभारी छौ ।
अझै उहाँहरुको निरन्तर सल्लाह सुझाव र सक्रिय भूमिकाका लागि आशा गर्दछौ ।
पाँच बर्षको यात्रामा जसरी हामीले निष्पक्ष र सत्य तथ्य समाचारहरु प्रकाशन गरी समाजको ऐनाको भूमिका निर्वाह गर्दै आएका छौ अझै त्यसलाई परिष्कृत गर्दै लैजाने र जनता राष्ट्र र राष्ट्रियता प्रति सच्चा देश भक्त नागरिकले खेल्नु पर्ने भूमिका खेल्दै उत्तरदायी बन्ने प्रतिबद्घता जाहेर गर्दछौ ।
युगसरोकारको एक मात्र आधार सूचना, समाचार र विचार भन्ने मूल नाराका साथ जसरी हामीले पत्रिकाको प्रकाशन सुरु ग¥यौ आजको मिति सम्म हामी त्यो नाराबाट विचलित भएका छैनौ र हुने छैनौ भन्ने विश्वास दिलाउन चाहन्छौ ।
सीमित साधन स्रोतको प्रयोग र केही सरकारी कर्मचारीहरुको सौतेनी (बाँकी पेज ८ मा) व्यवाहार, विज्ञापनमा हुने एकाधिकारका बाफजुद पनि हामी निरन्तर यात्रामा छौ ।
हाम्रो यात्रामा सहकार्य गर्दै आउनु भएका शुभचिन्तक आलोचक सबैलाई हामी सक्रिय भूमिकाको लागि हार्दिक अनुरोध गर्दछौ ।
साथै हामी जस्तो सुकै समस्या आइ परेपनि त्यससंग सामना गर्दै निरन्तर रुपमा कलम मार्फत समाज विकास राष्ट्र विकास र शसक्तिकरणका पक्षमा वकालत गरी रहने प्रतिबद्घता जाहेर गर्दै निरन्तर सहयोगको अपेक्षा गर्दछौ ।
स्रोतलाई बचाउन पत्रकारीताको धर्म भएकै कारण सूचना नडराई हामीलाई उपलब्ध गराउनु हुन समेत अनुरोध गर्दछौं ।
तपाईको सानो सूचनाले ठूलो उपलब्धी देश र जनताले हासिल गर्ने भएकाले व्यक्तिगत स्वार्थमा नअल्झी सामाजिक स्वार्थका लागि अघि बढ्न प्रयत्न गरौ र पत्रकारीतालाई सहयोग गरौं ।

14/08/2016

बस दुर्घटनामा परी एकै
परिवारका दुई जनाको मृत्यु
युगसरोकार÷धनगढी
डोटीको दिपायलबाट धनगडी तर्फ आइ रहेको ना. ६ ख १६९१ नम्बरको शैलेश्वरी यातायातको यात्रु बाहकबस शुक्रबार राती १ बजे तिर सहजपुर गाविस ९ मारभट्टी भन्ने ठाउँमा दुर्घटना हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
डोटीको वासुदेवी गाविस वडा नं. १ दल्ल गाउका योगेन्द्र विक र उनका भाई खगेन्द्र विकको दुर्घटनामा परी मृत्यु भएको हो ।
दुर्घटनामा परी ८ जना घाइते र २ जना गम्भीर घाइते भएका छन् ।
गम्भिर घाइते अत्तरियान.पा. १२ का २८ बर्षिया शेरबहादुर कठायत र उनका काका महाविर कठायतलाई शुक्रबारनै बरेली रिफर गरिएको छ ।
दुबै जनाको टाउँकोमा गम्भिर चोट लागेको छ । घाइते १० जना मध्ये २८ बर्षिय शेरबहादुर कठायत गाडी चालक र मालिक दुबै हुन भने ३५ बर्षिय महाविर कठायत र १९ बर्षिय नरेश कठायत स्टाप हुन ।
यसैगरी घाइते हुनेहरुमा वासुदेवी गाविस ३ का ५३ बर्षीय खडके विक, २६ बर्षीय नरेश विक, २३ बर्षिय कमल विक, डडेल्धुराका १७ बर्षीय उमेश महरा, डोटीको डौड गाविस ३ का ३४ बर्षीय देब विष्ट, २५ बर्षीय गणेश नेपाली १८ बर्षीय भक्तभुल रहेका छन् ।
शुक्रबार बेलुकी ८ बजेतीर दिपायलबाट हिडेको बसले ११ बजे स्याउलेमा खाना खाएर हिडेपछि राती १ बजे भिमदत्त राजमार्गको सहजपुर ९ मारभट्टीमा (बाँकी पेज ४ मा) दुर्घटना भएको घाइते खडके विकले बताए ।
घाइते भएका वासुदेवी गाविस १ का खडक विक , नरेश विक र कमल विक सामान्य उपचार पछि घर फर्कि सकेका छन् ।
शुक्रबार वेलुकी संगै आयका २८ बर्षिय योगेन्द्र विक र २२ बर्षीय खगेन्द्र विकको सव संगै उनीहरु गाउँ फर्केका छन् ।
विहीवार विहान भारतको पुनाजानका लागि उनीहरु एकै गाउँका पाँच जना दिपायल पुगेर बस चढेका थिए ।
शुक्रबार उनीहरु संगै आएका परिवारका सदस्यहरुको सव लिएर घर फर्केका छन् । खडके विक, कमल विक, नरेश विक र मृतकहरु योगेन्द्र विक र खगेन्द्र विक एकै परिवारका सदस्य भएको उनका मामा धनबहादुर ताम्राकारले बताए । मृतक दुबै जना जेठा कान्छाका छोरा भएको समेत उनले बताए ।
भारतको पुनामा काम गर्दै आएका २८ बर्षिय योगेन्द्र १५ दिन अघि मात्र वुवा टिक विक बिरामी परेकाले घर आएका थिए ।
उनका वुवालाई सन्चो भए पछि भारत जाने क्रममा दुर्घटनामा परी उनीहरु दुइटै भाइको मृत्यु भएको हो ।
योगेन्द्रको परिवार पुनामै रहेको र उनीहरु शुक्रबार नै नेपाल आउन रेलमा चढी सकेको पारिवारीक स्रोतले बताएको छ । मृतक योगेन्द्रका दुई वटा सन्तान छन भने उनकी श्रीमती अझै बच्चा पाउने छन ।
भरखरै विवाह भएको खगेन्द्रका भने कुनै सन्तान नभएको ताम्राकारले बताए । डोटीको दौण गाविस ३ का २५ बर्षिय गणेश नेपाली, १८ बर्षिय भक्तेभूल र ३४ बर्षिय देव विष्ट पनि भारतको मुम्बई जान लागेका थिए ।
घाइते देव विष्टको टाउँको र कम्मरमा चोट लागेको छ । घाइते देव विष्टले बस खसेको थाहा पाए पछि आफू सिट मुनी गएको बताए ।
२ सय ५० मिटर तल बस रुखको जरामा अडे पछि काच टोडेर बाहिर आएको र बाँकीलाई त्यही ठाउँबाट बाहिर तानेको बताए ।
टाउँकोबाट रगत बगी रहेको थियो बस अझै झरे कोही नबच्ने अबस्था थियो । त्यसैले सबैलाई बसको पछाडी नजान आग्रह गरेर आफू आएको ठाउँबाट बाहिर ताने विष्टले भने ।
रातीको सयम अन्धकार भएपनि राजमार्ग सम्म बल्ल तल पुगेकाले बाच्न सफल भएको उनको तर्क छ ।
शैलेश्वरी यातायात ब्यबसायी संघ डोटीको टोली धनगढी पुगेर मृतकको सब घर पु¥याउने र घाइतेको उपचार गर्ने कार्य गरी सहयोग गरेको थियो ।

14/08/2016

‘दलितलाई अधिकार सम्पन्न गराउँन विशेषाधिकार ’
युगसरोकार÷काठमाडौँ
दलितलगायत उत्पीडित समुदायका अधिकार सम्पन्न गराउन विशेष अधिकारको ग्यारेण्टी गरिनु पर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
नेपाल दलित मुक्ति मोर्चाले शुक्रबार अधिकार सम्बन्धि गरेको अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन् ।
नेकपा माओवादी निकट दलित मुक्ति मोर्चाले दलित अधिकार सम्बन्धि आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएको हो । माओवादीका पोलिट्व्यूरो सदस्य सन्तोष बुढामगरले दलित समुदायलाई समाजमा सम्मानजनक सहभागी गराउन विशेष अधिकार आवश्यक भएको बताए । उनले आरक्षण शासकको चाहनामा हुने भएकाले विशेष अधिकारको व्यवस्था हुने पर्ने बताए ।
‘आरक्षण शासक वर्गको खल्तिमा हुन्छ, सकारात्मक भएको बेला दिन्छ र अलि उसलाई असहज जस्तो भएमा खोस्छ । विशेष अधिकार उत्पीडित समुदायको हातमा हुन्छ, उसले प्रयोग गर्न पाउँछ’ बुढामगरले भने ।
उत्पीडित समुदायलाई सामाजिक बहिस्करणबाट मुक्त गर्न विशेष अधिकारको ग्यारेण्टी हुनु पर्ने उनको धारणा थियो । जातिय, क्षेत्रिय, वर्गीय र लिङ्गीय उत्पीडनबाट मुक्त गर्न जनवादी क्रान्ति आवश्यक भएको बुढामगरले बताए ।
कार्यक्रममा आयोजक संगठन दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल विश्वकर्माले विशेषाधिकार सम्बन्धी अवधारणापत्र प्रस्तुत गरका थिए ।कार्यपत्रमाथि टिप्पणी गर्दै दलित आन्दोलनका अगुवा प्राध्यापक पदमलाल विश्वकर्माले तत्कालिन नेकपा माओवादीले जनयुद्धका बेलामा मुक्तिको लागि विशेष धिकारको अवधारणा अगाडि सारको बताए ।
विशेषाधिकार राजनीतिकसँग र आरक्षण सामाजिसँग जोडिएको बताउँदै आरक्षण संसारबाट असफल भइसकेकोले अव विशेष अधिकारमा जानुपर्ने बताए ।
आदिवासी जनजाति आन्दोलनका अगुवा तथा प्राध्यायपक कृष्ण भट््टचनले शासक वर्गले दलित तथा आदिबासी जनजातिलाई अधिकार दिन तयार नभएको बताए । उनले दलित र आदिवासी जनजातिले भोगेको अनुभव समान भएको बताए । विशेष अधिकार भन्ने वित्तिकै शासक वर्गले गलत अर्थ लगाउँने गरेको बताए । भट्टचनले आफ्ना मागहरु सफल पार्न आन्दोलन गर्नु नपर्ने भन्दै एकतावद्ध भएर अगाडि बढिरहे आफै सफल हुँने बताए ।
आयोजक संगठन दलित मुक्ति मोर्चा नेपालको अध्यक्ष डम्बर नेपालीले विशेष अधिकारले मात्र दलितलगायत उत्पीडित समुदायलाई अधिकार सम्पन्न गराउने बताए । न खोसेसम्म अधिकार नपाइने भएकाले संगठित रुपमा संघर्ष गर्नुको विकल्प नभएको नेपालीले बताए ।
नेपाली काँग्रेस निकट नेपाल दलित संघका कावा अध्यक्ष शम्भु हजराले दलितको अधिकार नेपालका नेताहरुले प्रयोग गरेकाले दलित समुदायले अधिकार पाउन नसकेको बताए । ‘शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले विशेष अधिकारको प्रयोग गरेकाले दलितले पूर्ण रुपमा अधिकार सम्पन्न भएका छैनन’ हजाराले भने ।
उनले नयाँ संविधानमा पनि दलितको अधिकार सुनिश्चित नगरेको भन्दै देउवा, ओली र प्रचण्डविरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।

14/08/2016

धर्म परिवर्तन किन ?
भनिन्छ ”अहिंसा प्रमो धर्म “ अर्थात कसैले कसैलाई नमार्नु नै धर्म हो, दुःख कष्ट नदिनु नै धर्म हो । यदि त्यसो हो भने धर्मको अर्थ नै बदल्नु पर्ने हो की भन्ने प्रश्न खडा हुन सक्छ । किनकी आज दैनिक हत्या, हिंसा, लुटपाट बढ्दै गएका छन् । सानो–सानो स्वार्थका कारण मान्छेले मान्छेलाई मार्ने जातीय, भेगिए र लैङ्गिक रुपले भेदभाव र विभेद गर्ने कार्य बढ्दो छ । साथै एक धर्मले अर्को धर्मको खेदो खन्य कार्य पनि बढी रहेको छ । हुन त कुनै धर्मले नराम्रो गर भन्दैन सबैलाई थाहा भएकै कुरा हो । धर्ममा आश्रीत ब्यक्तिहरुले गरेका गल्तीलाई धर्म संग जोडेर तिकडम मचाउने संस्कार हावी भएको छ । अरुको शरीरको जुम्रो देख्ने र आफ्नो शरीरको भैसी नदेख्ने संस्कारको विकास भएको छ । नेपाल धर्म निरपेक्ष राष्ट्रहो, सबैले आफूले चाहेको धर्म मान्न पाउने अधिकार पनि हो । तर यहा केही दिन देखि धर्मका नाममा अति देखिएको छ । कसैले जबर जस्ती धर्म परिवर्तन गराउन पनि सक्दैन । यदि कसैले गराउँछ भने त्यसका भागीदार दुबै हुनुपर्छ एउटा होइन । अहिले तारानगरमा बालगृहका नाममा चर्च स्थापना गरी जबरजस्ती धर्म परिवर्तन गराईरहेको समाचारहरु आइरहेका छन् । प्रशासनले समेत छापा मारेर कारवाही अगाडी बढाई रहेको छ । धर्मका नाममा सिधै भक्तराज जोशीको खातामा रकम आउनु गलत हुन सक्छ । उनले कानूनी प्रकृयापुरा नगरी चर्च स्थापना गर्नु गलत हुन सक्छ तर उनले जबर जस्ती धर्म परिवर्तन गराउन लागेको कुरा कदापी सत्य हुन सक्दैन । किनकी विचार मन भित्र बाटै पलाउनु पर्छ, जबर जस्तीले नत धर्म परिवर्तन गराउन सकिन्छ । नत विचार उत्पादन गर्न नै । त्यसैले जबर जस्ती धर्म परिवर्तन गराएको कुरा उठाउनु अर्को धर्मको स्वार्थ हो । विचार मन नपरे पछि स्वभबतह मान्छेले धर्म परिवर्तन गर्छ नै । भारतका संविधान विद भारत रत्न डा. बाबा साहेब अम्बेडकरले पनि हिन्दु धर्म परित्याग गरेर वौद्घ धर्म अपनाएका थिए । एक मात्र हिन्दु राष्ट्रका नामले चिनिने नेपालमा अहिले बहु संख्यक धर्महरु मानिदै आएका छन् । ति सबैलाई जबरजस्ती धर्म परिवर्तन गएका हुन् भन्न सकिन्न । आज नेपालमा क्रिश्चियन धर्मालम्बीहरु आफ्नो धर्मको प्रचार गर्न उद्घत छन् उनीहरु एउटा विचारको विकास गर्न यति व्यस्त छन की खानासम्म विर्सी दिन्छन् दुखिको साहारा भोकाको आहारा बन्दै गरीबीको निकास दिने कुरा गर्छन र सहजै मन जितेर आफ्नो धर्ममा प्रवेश गराउछन् । मनबुझायर गरेको काम कहिल्यै गलत हुन सक्दैन । नेपालमा गरीवीको संख्या धेरै छ अझै विहान वेलुका हातमुख जोर्न नपाउने परिवार पनि छन् । भोकालाई खाना दियो भने मन त जितिन्छ नै त्यसैले नेपालमा धर्म परिवर्तन बढ्दो छ ।
धर्म परिवर्तन किन भन्ने प्रश्नको अन्त्य गर्न हिन्दु धर्मले पनि एउटा मिसन बनाएर आफ्ना धर्मालम्वीहरुको अबस्था बुझ्न जरुरी छ । विभेदहरुको भ्रष्टीकरण र बिभेदकारी नीतिको प्रष्टीकरण गर्न जरुरी छ । अन्यथा धर्म परिवर्तन बढ्दै जाने छ । जाने सबै हिन्दु धर्मवाट नै हुन ।

14/08/2016

सिप विकास द्वारा ९ सय १ जनालाई युवा स्वरोजगार तालिम
कैलालीमा दलित सहभागिता न्युन जनजातीको बढी

युगसरोकार÷धनगढी
ब्यवसायिक तथा सिप विकास तालिम केन्द्र धनगढी कैलालीले आर्थिक बर्ष ०७२÷०७३ मा सुदूरपश्चिमका ९ सय १ युवालाई नियमित तथा वैदेशिक एवं युवा स्वरोजगार तालिम दिएको छ ।
नियमित तथा वैदेशिक एवं युवा स्वरोजगार तालिम विभिन्न गैर सरकारी संस्था र केन्द्र आफैले गरी ९ सय १ जनालाई दिइएको हो ।
केन्द्रले कैलाली जिल्लामा २ सय ३९ जना र अन्य जिल्लामा ६ सय ६२ जना गरी ९ सय १ जनालाई तालिम दिएको हो ।
कैलालीमा सबै भन्दा कम तीन जना दलित महिलाले तालिम लिएका छन् भने सबै भन्दा बढी १ सय ७५ जना जनजातीले तालिम लिएका छन् ।
कैलाली वाहेक अन्य जिल्लामा वैदेशिक एवं युवास्वरोजगार तालिम ८६ जना पुरुष २८ जना महिला गरी १ सय १४ जना दलित ३८ जना पुरुष २८ जना महिला गरी ६६ जना जनजाती र २ सय ५२ जना पुरुष २ सय ३० जना महिला गरी ४ सय ८२ जना अन्य गरी जम्मा ३ सय ६२ जना पुरुष र २ सय ८३ जना (बाँकी पेज ८ मा) महिला गरी ६ सय ६२ जनाले लिएको केन्द्र प्रमुख भूवनराज पन्तले जानकारी गराए ।
यसै गरी कैलालीमा सबै भन्दा कम ३ जना दलित महिलाले मात्र तालिम लिएका छन भने सबै भन्दा बढी १ सय ७५ जनजातीले तालिम लिएका छन् ।
केन्द्र आफैले संचालन गरेको तीन महिने केश श्रृङगार तालिम, कटाई सिलाई तालिम र ६ महिने मोटरसाइकल मर्मत तालिम केन्द्र आफैले दिएको छ भने विद्युत जडान तालिम पलम्बीङ तालिम, इलेक्ट्रोनिक्स मर्मत तालिम, बेल्डीङ तालिम, अन्य गैर सरकारी संस्थाले दिएका हुन् ।
साझा अभियान नेपाल टीकापुर द्वारा संचालित विद्युत जडान तालिम ६८ जना मध्ये जनजातीबाट ५२ जना पुरुष र २ जना महिला गरी ५४ जना र अन्य १४ जना पुरुषले तालिम लिएका छन् ।
गाउँविकास समितिको कार्यालय फूलवारीद्वारा संचालित पलम्वीङ तालिमका ३२ जना मध्ये जनजातीबाट २७ जना पुरुष र १२ अन्य पुरुषले तालिम लिएका छन् ।
समाज विकास केन्द्र घोडाघोडी नगरपालिका १ कैलाली द्वारा संचालित इलेक्ट्रोनिक्स मर्मत तालीम जनजाती ६ जना पुरुष र अन्य ९ जना पुरुष गरी १५ जना पुरुषले लिएका छन् । सोही संस्थाले संचालन गरेको बेल्डीङ तालीम १८ जना जनजाती पुरुषले लिएका छन् ।
यसै गरी व्यवसायिक तथा सिप विकास तालिम केन्द्रद्वारा संचालित ३ महिने केश श्रृङगार तालिम, १ जना दलित महिला, १६ जना जनजाती महिला, १२ जना अन्य महिला गरी ३० जनाले लिएका छन् भने ३ महिने कटाई सिलाई तालिम २ जना दलित महिला ३२ जना जनजाती महिला १४ जना अन्य महिला गरी जम्मा ४८ जना महिलाहरुले लिएका छन् ।
यसै गरी केन्द्रद्वारा संचालित ६ महिने मोटरसाइकल मर्मत तालिम २० जना पुरुष १ जना महिला गरी २१ जना जनजातीले लिएका छन् ।
सिपसिकौ आत्म निर्भर बनौ भन्ने नाराको उपयोग जनजातीले गरी रहेको कुरा केन्द्र प्रमुख भूवनराज पन्तले जानकारी गराएका छन् । युगसरोकार÷धनगढी
ब्यवसायिक तथा सिप विकास तालिम केन्द्र धनगढी कैलालीले आर्थिक बर्ष ०७२÷०७३ मा सुदूरपश्चिमका ९ सय १ युवालाई नियमित तथा वैदेशिक एवं युवा स्वरोजगार तालिम दिएको छ ।
नियमित तथा वैदेशिक एवं युवा स्वरोजगार तालिम विभिन्न गैर सरकारी संस्था र केन्द्र आफैले गरी ९ सय १ जनालाई दिइएको हो ।
केन्द्रले कैलाली जिल्लामा २ सय ३९ जना र अन्य जिल्लामा ६ सय ६२ जना गरी ९ सय १ जनालाई तालिम दिएको हो ।
कैलालीमा सबै भन्दा कम तीन जना दलित महिलाले तालिम लिएका छन् भने सबै भन्दा बढी १ सय ७५ जना जनजातीले तालिम लिएका छन् ।
कैलाली वाहेक अन्य जिल्लामा वैदेशिक एवं युवास्वरोजगार तालिम ८६ जना पुरुष २८ जना महिला गरी १ सय १४ जना दलित ३८ जना पुरुष २८ जना महिला गरी ६६ जना जनजाती र २ सय ५२ जना पुरुष २ सय ३० जना महिला गरी ४ सय ८२ जना अन्य गरी जम्मा ३ सय ६२ जना पुरुष र २ सय ८३ जना (बाँकी पेज ८ मा) महिला गरी ६ सय ६२ जनाले लिएको केन्द्र प्रमुख भूवनराज पन्तले जानकारी गराए ।
यसै गरी कैलालीमा सबै भन्दा कम ३ जना दलित महिलाले मात्र तालिम लिएका छन भने सबै भन्दा बढी १ सय ७५ जनजातीले तालिम लिएका छन् ।
केन्द्र आफैले संचालन गरेको तीन महिने केश श्रृङगार तालिम, कटाई सिलाई तालिम र ६ महिने मोटरसाइकल मर्मत तालिम केन्द्र आफैले दिएको छ भने विद्युत जडान तालिम पलम्बीङ तालिम, इलेक्ट्रोनिक्स मर्मत तालिम, बेल्डीङ तालिम, अन्य गैर सरकारी संस्थाले दिएका हुन् ।
साझा अभियान नेपाल टीकापुर द्वारा संचालित विद्युत जडान तालिम ६८ जना मध्ये जनजातीबाट ५२ जना पुरुष र २ जना महिला गरी ५४ जना र अन्य १४ जना पुरुषले तालिम लिएका छन् ।
गाउँविकास समितिको कार्यालय फूलवारीद्वारा संचालित पलम्वीङ तालिमका ३२ जना मध्ये जनजातीबाट २७ जना पुरुष र १२ अन्य पुरुषले तालिम लिएका छन् ।
समाज विकास केन्द्र घोडाघोडी नगरपालिका १ कैलाली द्वारा संचालित इलेक्ट्रोनिक्स मर्मत तालीम जनजाती ६ जना पुरुष र अन्य ९ जना पुरुष गरी १५ जना पुरुषले लिएका छन् । सोही संस्थाले संचालन गरेको बेल्डीङ तालीम १८ जना जनजाती पुरुषले लिएका छन् ।
यसै गरी व्यवसायिक तथा सिप विकास तालिम केन्द्रद्वारा संचालित ३ महिने केश श्रृङगार तालिम, १ जना दलित महिला, १६ जना जनजाती महिला, १२ जना अन्य महिला गरी ३० जनाले लिएका छन् भने ३ महिने कटाई सिलाई तालिम २ जना दलित महिला ३२ जना जनजाती महिला १४ जना अन्य महिला गरी जम्मा ४८ जना महिलाहरुले लिएका छन् ।
यसै गरी केन्द्रद्वारा संचालित ६ महिने मोटरसाइकल मर्मत तालिम २० जना पुरुष १ जना महिला गरी २१ जना जनजातीले लिएका छन् ।
सिपसिकौ आत्म निर्भर बनौ भन्ने नाराको उपयोग जनजातीले गरी रहेको कुरा केन्द्र प्रमुख भूवनराज पन्तले जानकारी गराएका छन् ।

09/08/2016

कैलालीका सामुदायिक वनहरुले विपन्न वर्गका लागि छुट्याईने रकम खर्च गर्दैनन्
युगसरोकार÷धनगढी
कैलाली जिल्लामा रहेका अधिकांश सामुदायिक बनहरुले विपन्न वर्गका लागि छुट्याईने ३५ प्रतिशत रकम खर्च नगरेको पाइएको छ ।
सामुदायिक बनको विधानमा नै बजेटको ३५ प्रतिशत रकम गरीब विपन्न वर्गको आयआर्जनका लागि अनिवार्य खर्च गर्नुपर्ने प्रावधान भएपनि अधिकांश सामुदायिक बनहरुले ३५ प्रतिशत रकम अहिले सम्म खर्च नगरेको शुक्रबार जिल्ला वन कार्यालय कैलालीद्वारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको हो ।
करिब साढे ४ महिना अघि कैलालीमा जिल्ला वन अधिकृत भएर आउनु भएका डा. सिन्धु प्रसाद ढुङ्गानाले सार्वजनिक सुनुवाई गरेर आफूले गर्ने कार्यहरुको विवरण पेश गरेका थिए भने सरुवा भएर जाँदा जादै शुक्रबार आफूले गरेका कार्यहरु सार्वजनिक सुनुवाई मार्फत सार्वजनिक गर्दै कैलाली जिल्लाका सामुदायिक बनहरुको १ अर्ब रुपैया बैकमा जम्मा रहेको बताउँदै ३५ करोड रुपैया गरीब बिपन्न बर्गका लागि खर्च गर्नुपर्नेमा नभएको बताएका हुन ।
साथै अधिकृत सिन्धु प्रसाद ढुङ्गानाले आफुगय पनि हुलाकी राजमार्गको अवरोध हटाउने प्रतिबद्घता जनाएका छन् ।
आफ्नो कार्यकालको छोटो समयमा धेरै कार्यहरु गर्न बाँकी भए पनि केही महत्वपूर्ण कार्यहरु गर्न सफल भएका डा. सिन्धु प्रसाद ढुङ्गानाले बनक्षेत्र व्यवस्थित गर्न जरुरी भएको बताउँदै यसका लागि शासकिय सुधार आवश्यक पर्ने हुँदा आफूले त्यसको सुरुवात गरेको (बाँकी पेज ८ मा)
बताए ।
डा. ढुङ्गानाले जनताको हातमा बन सुम्पेर संरक्षण गर्नुपर्ने बताउँदै निजि बनलाई समेत प्रोत्साहन गर्नुपर्ने बताए ।
उनले आफ्नो ४ महिने कार्यकालमा ४० वटा नयाँ सामुदायिक बन दर्ता र ६७ वटा पुराना सामुदायिक बनको कार्य योजना नविकरण गरेको बताए ।
उनले कैलालीमा ६२ प्रतिशत भू–भाग बन क्षेत्र भए पनि स्रोतको उपयोग हुन नसकेको बताउँदै आफ्नो जंगलको काठ कुवाएर बिदेशबाट काठ ल्याउने
संस्कारको अन्त्य गर्न जरुरी भएको बताए ।
आफ्नो ४ महिने कार्यकालमा राम्रा कामहरु गर्न सफल भएका जिल्ला बन अधिकृत ढुङ्गानाले अतिक्रमण सहमतीमा हटाउन सकिने बताउँदै आफ्नो पालामा १ सय ३४ हेक्टर बन क्षेत्रको अतिक्रमण सहमतिमा हटाउन सफल भएको जानकारी गराउनु भयो ।
उनले कैलालीमा २३ सय हेक्टर बन क्षेत्र अतिक्रमणमा रहेको बताउँदै बल प्रयोगले समस्या सुल्झाउने नभई बल्झाउने भएकोले सहमती भन्दा उत्तम विकल्प अरु नहुने बताए ।
उनले १२ घरधुरी मुक्त कमैया परिवारले जमीन पाएको समेत बताए ।
कैलालीबाट मन्त्रालयमा सरुवा भएका डा. ढुङ्गानाले आउने वित्तीकै जनताको सूचना पाउने अधिकारको सुनिश्चतताका लागि सूचना अधिकारी तोकेको, ५ वटा सामुदायिक बनलाई वैज्ञानिक बन व्यवस्थापनमा लिएको, बनसंग सम्बन्ध राख्ने २९ वटा उद्योगहरुको सिफारीश गरेको, लामो समय सम्म दर्ता नभएका सामुदायिक बनहरुलाई दर्ता गरेको, लैङ्गिक सम्पर्क व्यक्ति तोक्ने, बार्षिक कार्यक्रम सार्वजनिक गर्ने, बन्यजन्तु सुरक्षाका लागि ठाउँ–ठाउँमा चोरी शिकारी नियन्त्रण कार्यदल गठन , नीजि बन सञ्जाल गठन र उत्कृष्ट सामुदायिक वन र निजी वन घोषणा गर्ने जस्ता
उदाहरणीय कार्यहरु गरेका
छन् । उनले अनुगमनको पाटोलाई वलियो र प्रभाकारी बनाउनु पर्ने भएको भएको बताउँदै समूहका खाता रोक्का गरेर समस्या हल नहुने तर्क गरे ।
सार्क राष्ट्रमा भूटान बाहेक सबै भन्दा बढी २५ प्रतिशत निकुञ्ज नेपालमा रहेको जानकारी गराउँदै पाटेबाघ, डल्फीन र जैविक विविधताले भरीएको जिल्ला भएकाले संरक्षण संगै उपयोग समेत गर्न सकिने
बताए ।
उनले मोहना कोरीडोर अन्र्तगत मोहना नदीको दुबै तर्फ विरुवा रोप्न दुधुवानेश्नलपार्कका प्रमुखसंग कुराकानी भएको बताउँदै यसै बर्ष देखि मोहनामा विरुवा रोप्ने कार्य शुरु
गरिएको बताउनुका साथै सबैलाई यस कार्यमा सहयोग गर्न अनुरोध गरे । यसै गरी सामुदायिक बन उपभोक्ता महासघका अध्यक्ष तुल्सी देवकोटाले बनमा देखिने समस्या ब्यबस्थापनकै कमजोरी भएकोले डा. ढुङ्गनाले दिगो बन ब्यबस्थापनको शुरुवात गर्नु भएकोमा आभार ब्यक्त गर्दै वैज्ञानिक बन ब्यबस्थापनका लागि सबैको सहभागिता र सहयोग अनिवार्य रहेको बताइन ।
यस्तै पर्यावरण संरक्षण तथा बन पैदावर व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकाश भट्टले हरीयो बन नेपालको धन भने पनि अझै ९० प्रतिशत काठ विदेशबाटै ल्याउनु पर्ने बाध्यताको अन्त गर्नुपर्ने बताउँदै अब आउने जिल्लाबन अधिकृतले समेत यसकार्यलाई निरन्तरता दिनु पर्ने बताए ।
यस्तै सार्वजनिक सुनुवाईकार्य क्रममा पत्रकार हेमन्त पौड्याल लगायतका केही राजनैतिक दलका प्रतिनिधिहरु र सर्वसाधारणले प्रश्नसंगै डा. ढुङ्गानाको कामको प्रशंसा गरेका थिए भने सञ्चालन पत्रकार दिर्घ उपाध्यायले गरेका थिए ।

09/08/2016

दलित मुक्ति
मोर्चाको क्षेत्रीय भेला सम्पन्न
युगसरोकार÷धनगढी
नेत्र विक्रम चन्द नेतृत्वको ने.क.पा. माओवादीको भातृ संगठन राष्ट्रिय दलित मुक्ति मोर्चा नेपाल क्षेत्र नं. ६ को क्षेत्रीय भेला सम्पन्न भएको छ । शनिवार लाल बहादुर विकको नेतृत्वमा १५ सदस्य क्षेत्रीय समिति चयन गर्दै भेला सम्पन्न भएको हो ।
नयाँ कार्य समितिको उपाध्यक्षमा भीम वि.क., सचिवमा सुवास पार्की, सहसचिव कला सिल्वाल, कोषाध्यक्षमा लक्ष्मी सिल्वाल, सदस्यहरुमा रमेश वि.क, काशी वि.क, राम वि.क, तपसीह सार्की, भीम ब. वि.क, मेलिना वि.क, जय ब. वि.क र ज्ञानी परियार चयन भएका छन् । २ सदस्य पछि थप्ने गरी भेलाद्वारा १५ सदस्य क्षेत्रीय समिति चयन गरेको हो ।
चयन भएको समितिका सदस्यहरुलाई बधाई दिदै राष्ट्र दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य मनमाया गहतराजले जातीय विभेदको अन्तयका लागि सम्पूर्ण दलितहरुलाई एक भएर एकीकृत जनक्रान्तिको कार्य दिशामा अघि बढ्न आग्रह गर्दै मुक्तिका निम्ति बलिदान दिन पनि तयार रहन आग्रह गर्नु भयो ।
जातीय विभेद आधुनिक ढंगबाट मौलाउँदै गएकाले एक पटक क्रान्तिको आँधी वेहरी सृजना गरी ब्राहमण वादी चिन्तन र सामन्त बर्गको अन्त्यका लागि एकता बद्घभएर क्रान्तिको बाटोमा लाग्न दलितहरु आतुर भएको बताउँदै मान्छे भएर बाच्नका लागि सबैले माओवादी पार्टीमा आवद्घ हुनुपर्ने जिकिर गरिन ।
यस्तै नेकपा माओवादीका क्षेत्र नं. ६ का इन्चार्ज अनुकुलले सबै भन्दा पीडित वर्ग दलित भएकोले दलितले अधिकार पाउनुपर्नेमा दुई मत नभएको तर्क गदै यसका लागि क्रान्तिको बाटो नै उत्म भएकाले एकिकृत जनक्रान्तिको बाटोमा लाग्न आग्रह गरे ।
यसै गरी नयाँ कार्य समितिले दलितहरुको मुक्तिको सवाललाई पेचिलो बनाउँदै गाउँ बस्तीमा गएर आफ्नो संगठनमा आवद्घ गराउन मोर्चाका जिल्ला अध्यक्ष टिवी लामीछानेले अनुरोध गरे ।
थारु मुक्ती मोर्चाका जिल्ला संयोजक सरोज चौधरीले दलितहरु एक जुट भएर क्रान्तिको बाटोमा लाग्नको विकल्प नभएको विचार राख्दै जातीय विभेद पूर्ण रुपमा अन्तय हुनु पर्ने बताए ।
यसै गरी नयाँ समतिको अध्यक्ष लालबहादुर विकले आफ्नो क्षमताले भ्याए सम्म दलित मुक्तिका लागि सिंगो कमितिलाई दलित मुक्तिको लागि र एकिकृत जनक्रान्तिको बाटोबाट विचलित हुन नदिने प्रति बद्घता जाहेर गरे ।

07/08/2016

नापी कार्यालय प्रमुखद्वारा मन्दिरको शिलान्यास
युगसरोकार÷धनगढी
जिल्लानापी कार्यालय कैलालीका प्रमुख ज्ञानेन्द्र विष्ट द्वारा कार्यालय परिसरमा निर्माण गरिने मन्दिरको शुक्रबार शिलान्यास गरिएको छ ।
नापी कार्यालयका प्रमुख ज्ञानेन्द्र विष्टद्वारा मन्दिरको जगमा इटाराखी पूजा आजा गरेर शुक्रबार शिलान्यास गरिएको हो ।
कार्यालयमा कार्यरत कर्मचारीहरु सबैको आर्थिक सहयोगमा सरस्वती मन्दिर निर्माण गर्न लागेको नापी कार्यालयका प्रमुख ज्ञानेन्द्र विष्टले जानकारी गराउनु भयो ।
करिब ६० हजारको लागतमा सरस्वती मन्दिर निर्माण गरीने समेत प्रमुख विष्टले जानकारी गराउनु भयो ।
प्रमुख नापी अधिकृत विष्टले कार्यालय परिसरमा फूल रोप्नका लागि ११ वटा सिमेन्टका गमला समेत निर्माण गरेका छन् ।
पानी बग्ने नाली माथि बनाइएका गमलाहरुमा फूलरोपे पछि कार्यालय परिसरनै शोभायमान हुने निश्चित छ भने नाली माथि बनाइएका गमलाहरुले गर्दा नालिको सट्टा फूलको बगैचा देखिने भएको छ ।
गमलाको निर्माण कार्य सकिए पनि फूलहरु रोप्न भने बाँकी नै छ ।
मन्दिरको उदघाटन र फूलहरु रोप्ने कार्य मन्दिरको निर्माण कार्य सकिने वित्तिकै गर्ने पनि कार्यालय प्रमुख विष्टले जानकारी गराए ।
सरस्वतीको मन्दिर निर्माण सकिए पछि सबैले सहज रुपमा पूजा आजा गरेर मनको शान्ति कायम गर्ने उद्देश्यले मन्दिर निर्माण गरिएको कार्यलय प्रमुख विष्टले जानकारी गराए ।

07/08/2016

मिस विश्वकर्मा प्रतियोगिता हुने
युगसरोकार÷झापा
विश्वकर्मा यूवा समाज दमक झापाले पूर्वमा रहेका विश्वकर्मा समुदायका यूवतीका लागि मिस विश्वकर्मा पूर्वाञ्चल सौन्दर्य प्रतियोगिता गर्ने भएको छ ।
विश्वकर्मा समुदायको संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले भदौँ १३ गतेबाट आश्विन १ गते सम्म प्रतियोगिता गर्न लागिएको आयोजकले जानकारी गराएको हो ।
आयोजक समितिका संयोजक दिपक बराईलीले प्रतियोगिताको छनौट भाद्र १३ गते विर्तामोडमा गरिने जानकारी दिए । प्रथम चरणमा ५० जना छनौट गरिने र छनौट भएकालाई विभिन्न विद्यामा तालिम दिए र दक्ष बनाई दोस्रो चरणको छनौट धरानमा गरिने र दोश्रो चरणको छनौटबाट टप टेन छनौट गरिने समितिका सचिव विकास कालिकोटेले जानकारी दिए । े
असोज १ गते विश्वकर्मा पूजाको दिन पारेर पथरीमा फाईनल प्रतियोगिता गराईने अयोजकले जनाएको छ ।
नेपालमै पहिलो पटक हुन लागेको प्रतियोगितामा भाग लिन विश्वकर्मा समुदायका १६ देखि २५ वर्ष सम्मका एसएलसी पास गरेका सुन्दरीले सहभागी हुन पाउने प्रतियोगितामा प्रथम हुनेले एउटा स्कुटी र म्यूजिक भिडियोमा अभिनय गर्ने मौका पाउने छ भने द्वितीय हुनेले नगद ७५ हजार र म्यूजिक भिडियोमा अभिनय गर्न पाउने छ ।
त्यस्तै तृतिय हुनेले नगद ५० हजार र म्यूजिक भिडियोमा अभिनय गर्ने मौका पाउने आयोजकले जनाएको छ । कार्यक्रममा १७ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

07/08/2016

अखिल क्रान्तिकारी द्वारा
विभिन्न कलेजहरुमा तालाबन्दी
युगसरोकार÷धनगढी
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीले विभिन्न कलेजहरुमा तालाबन्दी गरेको छ ।
अखिल क्रान्तिकारीले शुल्क वृद्घी फिर्ता गर, ल्याव लाइब्रेरीको उचित व्यवस्था गर, छात्रवृती प्रदान गर, शैक्षिक गुणस्तर कायम गर, नियमित कक्षाको व्यवस्था गर, प्रवेश परीक्षामा हुने आर्थिक चलखेल बन्द गर जस्ता मागहरु राखेर तालाबन्दी गरेको हो ।
विभिन्न मागहरु राख्दै तालाबन्दी गरिएका कलेजहरु मध्ये खप्तड टेक्निल कलेज, कान्तिपुर कलेज र एकिकृत सामुदायिक विकास केन्द्रमा लगाइएको ताला शुक्रबार खुलेको अखिल क्रान्तिकारीका कैलाली अध्यक्ष केशव उपाध्यायले जानकारी गराए ।
छलफलमै नआएको नवजीवन नर्सिङ कलेज र सुप टेक्निकल कलेजमा लगाएको ताला यथावत रहेको समेत उनले जानकारी गराए ।
ताला खुलेका कलेजहरुले सिटिभिटिले निर्धारण गरेको शुल्क लिने, ल्याबको लाइबररीको उचित व्यवस्था गर्ने, आन्तरीक छात्रवृती सुरुवात गर्ने सहमतीमा लगाइएका ताला खुलेको पनि अध्यक्ष उपाध्यायले जानकारी गराए ।
उपाध्यायले टीकापुर बहुमुखी क्याम्पसमा समेत विहीवार देखि ताला बन्दी गरिएको जानकारी गराएका छन् ।
४२ प्रतिशत शुल्क वृृद्घी फिर्ता लिन दवाद स्वरुप तालाबन्दी गरिएको समेत उपाध्यायले जानकारी गराए ।
यसै गरी कैलाली बहुमुखी क्याम्पसमा समेत २७ प्रतिशत शुल्क वृद्घी फिर्ता गर्न ज्ञापन पत्र बुझाइएको उपाध्यायले जानकारी गराए ।
उनले आफ्नो संगठनले उठाएका (बाँकी पेज ४ मा) मागहरु पुरा नभए शसक्त कदम उठाउने चेतावनी समेत दिए ।
पछिल्लो चरणमा मेडिकल कलेजको नाममा विद्यार्थी लुट्ने संस्कारको विकास हुँदै जथाभावी मेडिकल कलेज स्थापना हुँदै आएकाले क्रान्तिकारीको कदमलाई विद्यार्थीहरुको सहयोग रेहेको समेत उनको दावी छ ।
पूर्वाधार नै तयार नगरी स्थापित भएका कलेजहरुले गर्दा विद्यार्थीहरुको भविष्य धरापमा पर्ने स्थितीलाई मध्ये नजर गर्दै आफ्नो संगठनले उक्त कदम उठाउनु परेको उपाध्यायको दावी छ ।
सामुदायिक क्याम्पसहरु कैलाली बहुमुखी क्याम्पस र टीकापुर बहुमुखी क्याम्पसमा समेत शुल्क वृद्घी गर्न नपाउने भए पनि शुल्क वृद्घी गरेको हुँदा विरोध स्वरुप तालाबन्दी गर्नु परेको अध्यक्ष केशब उपाध्यायले जानकारी गराएका छन् ।
अध्यक्ष उपाध्यायले आफ्ना मागलाई वेवास्ता गरे त्यसबाट निस्कने परिणामको जिम्मेवार स्वयं कलेज हुने समेत जानकारी गराएका छन् ।

Address

Dhangadhi Municipal Kailali
Dhangadhi
YUGSAROKAR

Alerts

Be the first to know and let us send you an email when Yugsarokar weekly posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yugsarokar weekly:

Share