Kamana TV

Kamana TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kamana TV, Media/News Company, sudurpaschim province Dhangadhi Kailali, Dhangadhi.

"हामी बोल्दैनौं केवल समाचार,
हामी देखाउँछौं तथ्य — दृश्यमा, संवादमा, सत्यमा।"

कामना टेलिभिजन

आवाज तपाईंको, साथ सत्यको।"
"सत्य", "निष्पक्षता", "प्रतिबद्धता"

हामिलाई डिजिटल अन्लाईन पत्रीका (www.kamanatoday.com) मार्फत पनि हेर्न सक्नुहुन्छ ।

ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया बाट खटिएको टोलिले हिजो गोदावरीको जंगल क्षेत्रबाट जुवाखालबाट सरकारी मोटरसाइकल सहि...
16/09/2026

ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया बाट खटिएको टोलिले हिजो गोदावरीको जंगल क्षेत्रबाट जुवाखालबाट सरकारी मोटरसाइकल सहित ११ ओटा मोटरसाइकल समातेको प्रहरीले जनाएको छ । मान्छे भने फेला नपरेको प्रहरीको भनाई छ ।

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य
16/09/2026

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग
16/09/2026

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुप....

रास्वपाप्रति दिनानुदिन बढ्दै गएको असन्तुष्टि : खप्तडछान्ना ५ का वडा सभापति विजय सिंहले दिए राजीनामा !! बझाङ । राष्ट्रिय ...
15/09/2026

रास्वपाप्रति दिनानुदिन बढ्दै गएको असन्तुष्टि : खप्तडछान्ना ५ का वडा सभापति विजय सिंहले दिए राजीनामा !!

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङको खप्तडछान्ना गाउँपालिका ५ मा पार्टीभित्रको असन्तुष्टि सतहमा आएको छ । रास्वपा खप्तडछान्ना गाउँपालिका ५ का वडा सभापति विजय सिंहले पार्टीप्रति चरम असन्तुष्टि जनाउँदै आफ्नो पदबाट राजीनामा घोषणा गरेका छन् ।

सिंहले आजैदेखि लागू हुने गरी आफू वडा सभापति पदमा नरहने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गर्दै यस अवधिमा आफूलाई साथ, सहयोग र विश्वास गर्ने पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुक प्रति धन्यवाद व्यक्त गरेका छन् ।

राजीनामा घोषणा गर्दै सिंहले अबदेखि आफू पार्टीको वडा सभापतिको जिम्मेवारीमा नरहने जानकारी गराएका छन् । साथै आफ्नो राजीनामा स्वीकृत गरिदिन पार्टी नेतृत्वसमक्ष अनुरोधसमेत गरेका छन् ।

पार्टीको वडा तहमा जिम्मेवारी सम्हालिरहेका सभापतिले नै राजीनामा दिएपछि खप्तडछान्ना ५ मा रास्वपाको संगठनात्मक अवस्थाबारे प्रश्न उठेको छ । पछिल्लो समय रास्वपा भित्र विभिन्न तहमा असन्तुष्टि बढ्दै गएको चर्चा भइरहेका बेला सिंहको राजीनामालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

यद्यपि, सिंहले आफ्नो राजीनामा घोषणामा पार्टीप्रति असन्तुष्टि रहेको संकेत गरे पनि असन्तुष्टिको विस्तृत कारण भने खुलाएका छैनन्। उनले राजीनामा स्वीकृत गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

वडा सभापतिको जिम्मेवारीबाट सिंहको बहिर्गमनसँगै खप्तडछान्ना गाउँपालिका ५ मा रास्वपाको आगामी संगठनात्मक गतिविधि र नेतृत्वबारे चासो बढेको छ।

लागू औषध सहित टिकापुर अस्पतालमा कार्यरत अहेब सहित तीन जना पक्राउ । भारत बाट नेपाल तर्फ आउदै गरेका ब्याक्तिहरुलाई शंका ला...
15/09/2026

लागू औषध सहित टिकापुर अस्पतालमा कार्यरत अहेब सहित तीन जना पक्राउ ।

भारत बाट नेपाल तर्फ आउदै गरेका ब्याक्तिहरुलाई शंका लागेर चेक जांच गर्ने क्रममा साफेँबगर नगरपालिका १० का ३० बर्षिय अनिल भुल भजनी नगरपालिका - ८ का ३२ बर्षिय देबेन्द्र शाही र घोडाघोडी नगरपालिका - २ सांडेपानीका ३७ बर्षिय कृष्ण चौधरी पक्राउ परेका छन ।

सस्त्र प्रहरी बल बिओपी कुसुम घाटका अनुसार उनिहरुको साथ बाट लुकाईरहेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ तथा से ६ प ३६६२ र भे ३ प ९४८४ नम्बरको दुई वटा मोटरसाइकल समेत बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यलय भजनीले सार्बजनिक विवरण अनुसार । घोडाघोडी नगरपालिका २ का कृष्ण चौधरीको साथ बाट ५५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ ।

पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान का लागि ईलाका प्रहरी कार्यलय भजनिमा बुझाएको सिमा सुरक्षा बल बिओपी कुसुम घाटका सस्त्र प्रहरी निरीक्षक देबेन्द्र नाथले जानकारी दिनु भयो । ईलाका प्रहरी कार्यलय भजनिका प्रहरी निरीक्षक खगेन्द्र बहादुर सांउदका अनुसार उनिहरु माथी लागू औषध सम्बन्धि कसुरमा आवस्यक अनुसंधान अघि बढाईएको जानकारी गराउनु भो ।

यस्तै पक्राउ परेका अहेब अनिल भुल टिकापुर अस्पतालमा करारमा कार्यरत अहेब रहेको खुलेको प्रहरीले जनाएको छ ।
स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी नै लागू औषध सहित पक्राउ परेको घटनाले स्वास्थ्य कर्मिको आचरण जिम्मेवारी र अनुशासन माथी समेत प्रश्न उठेको छ ।।

मापसेमा भेटिएका वडाध्यक्ष चौधरीलाई ५ सय जरिवानाघोडाघोडी नगरपालिका–७ का वडाध्यक्ष जुगराम चौधरीलाई मादक पदार्थ सेवन (मापसे...
15/09/2026

मापसेमा भेटिएका वडाध्यक्ष चौधरीलाई ५ सय जरिवाना

घोडाघोडी नगरपालिका–७ का वडाध्यक्ष जुगराम चौधरीलाई मादक पदार्थ सेवन (मापसे) गरी सरकारी मोटरसाइकलमा सवार रहेको अवस्थामा भेटिएपछि ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको छ।
थप समाचार कमेन्टमा

कैलालीमा ट्रककाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत गाैरीगंगा नगरपालिका-२ काे झिलमा मंगलबार...
15/09/2026

कैलालीमा ट्रककाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत गाैरीगंगा नगरपालिका-२ काे झिलमा मंगलबार बिहान साढे ८ बजेतिर से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिदा साेही ठाउँका ५ वर्षीय लेखराज देउवाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका उनकाे धनगढीस्थित माया मेट्राे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।
ट्रक र चालक लम्कीचुहा नगरपालिका-२ बस्ने सुनिल चाैधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएकाे छ ।

14/09/2026

एके डान्स स्टुडियोको आयोजनामा तीज विशेष कार्यक्रम, महिला दिदीबहिनीको उत्साहजनक सहभागिता

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम
14/09/2026

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको मह.....

14/09/2026

बाल कलाकार जीवन अधिकारी र सुरक्षा राना संग को कुरा कानी
दिनेश खाती

Address

Sudurpaschim Province Dhangadhi Kailali
Dhangadhi
10400

Alerts

Be the first to know and let us send you an email when Kamana TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share