10/10/2025
प्रहरीका पूर्वआईजीपी देवेन्द्र सुबेदी भन्छन्- जेन्जी आन्दोलन अघि नै प्रचण्डको घरबाट २ ट्रक पैसा निकालिएको थियो
नेपाल प्रहरीका पूर्वआईजीपी देवेन्द्र सुबेदीले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को घरबाट जेन्जी आन्दोलनको २ दिन अघि दुई ट्रक पैसा निकालेर अन्य ठाउँमा लिएको दाबी गरेका छन् । प्रचण्डको घरबाट माओवादीकै पूर्वमन्त्रीले स्कट गरेर त्यहाँबाट सेफ हाउस वा अन्य कतै लगेको पत्रकार टिकराम यात्रीसँग अन्तर्वार्तामा खुलासा गरेका हुन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले प्रचण्ड, ओली र देउवासहित शीर्ष नेताहरुको घरमा जलेको खरानीसहित सम्पत्तिबारे छानबिन सुरु गरेको छ । सबैभन्दा धेरै शेरबहादुर देउवा र दिपक खड्काको घरमा नेपाली र विदेशी पैसा जलेको अवस्थामा भेटिएको थियो । तर प्रचण्डको घरमा जेन्जी आन्दोलन हुनु भन्दा अगाडि नै पैसा लगायत विभिन्न सामानहरु बाहिर निकालिएको चर्चा हुँदै आएको छ ।
पूर्वआईजीपी देवेन्द्र सुबेदीले पत्रकार टिकराम यात्रीसँग भनेका छन्–
प्रचण्डको दुई करोड दुई ट्रक रुपैयाँ दिन अघि त्यहाँबाट निकालिएको छ तपाईंको, this is my Intelligence, i hope this should be wrong म चाहादिन कि कुनै त्यो तपाईंको त्यो लेखभित्र पुगेको मान्छेहरु चाहिँ उ होस् भनेर, म त डटेर कनफर्म गर्न सक्छु, किन निकालिएको र संग्लग्न थियो र सोध्न सक्नुहुन्छ, माओवादीको पूर्वमन्त्रीले स्कट गरेर निकालिएको छ, त्यहाँबाट कतै सेफ हाउसमै राख्या छ, कतै राख्या उनीहरुले नै जानोस ।