Sunrise Television

Sunrise Television This is the official page of Sunrisetvnews.com, operated by Kalbhairab Media Pvt. Ltd.located in Dhangadhi, Farwest Nepal.
(2)

In which we broadcast news material and television programs.

30/11/2025

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापाले पाँच करोड अनुदानमा एक करोड घुस मागेको प्रमाण पेश गर्न आग्रह गरेका छन्। उनले आफ्नो कार्यकालमा कोल्डस्टोरका लागि एकमुष्ट पाँच करोडको कुनै कार्यमक्रम नै नरहेको स्पष्ट पारेका छन्।

30/11/2025

सांसद नै महाधिवेशन प्रतिनिधिमा पराजित

30/11/2025

चार खेल खेलेर फर्किएका निशमले भने– अर्को वर्ष फेरि भेटौँला

30/11/2025

द ब्युटी रोज स्टुडियोद्वारा ३५ दिने निःशुल्क ब्युटिसियन तालिम, मङ्सिर १८ भित्र आवेदन

30/11/2025

“ट्याक्टरको पछाडि मानवीय जोखिम: सुदूरपश्चिममा ट्राफिकको ‘जरिवाना बाद नै’ खुला छुट”

सुदूरपश्चिम — सुदूरपश्चिमका अधिकांश सडकहरूमा अझै पनि ट्याक्टरको पछाडिको ट्रलीमा सवारी राखेर यात्रा गर्ने जोखिमपूर्ण प्रवृत्ति खुलेआम देखिन्छ। यात्रु सुरक्षा नियमहरू स्पष्ट भएको हुँदाहुँदै पनि स्थानीय सडकहरूमा यस्तो अव्यवस्थित सवारीलाई रोकथाम गर्न जिम्मेवार ट्राफिक प्रहरीको लापरबाही झनै चर्चामा आएको छ।

सडक सुरक्षाका दृष्टिले ट्रलीमा सवारी राखेर यात्रा गर्नु कानूनविपरीत मात्र होइन, यात्रुको ज्यानमै संकट निम्त्याउने गम्भीर जोखिम हो। यद्यपि, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा खटिएका ट्राफिक प्रहरीहरूले यस्ता नियमविपरीत सञ्चालन भइरहेका ट्याक्टरलाई सामान्य जरिवाना काटेर पुनः सडकमा निस्कन दिइरहेको दृश्य बारम्बार देखिन्छ।

स्थानीयवासीहरूको सवाल छ—“जरिवाना काटेर नै अघि बढाइदिने हो भने नियम किन बनाइयो? सुरक्षा कसरी सुनिश्चित हुन्छ?”

यातायात व्यवस्था कार्यालयका अनुसार ट्याक्टर कृषि प्रयोजनका लागि मात्र हो, सवारी–यात्रु बोक्न पूर्णरूपमा निषेधित छ। तर व्यवहारमा भने यसको उल्टो देखिँदा प्रदेशको ट्राफिक व्यवस्थापनको कमजोरी र उदासीनता झल्किएको छ।

सडक सुरक्षा विज्ञहरू भने चेतावनी दिन्छन्—यदि यस्ता जोखिमपूर्ण यात्रामा कडाइ न भयो भने कुनै पनि बेला ठूला दुर्घटनाहरू दोहोरिन सक्ने खतरा उच्च छ।

यात्री सुरक्षा बेवास्ता गर्दै ट्याक्टर ट्रलीमा मानवीय जोखिम बढ्दै जाँदा, अब ‘जरिवाना बाद नै’ छुट दिने अभ्यास अन्त्य भएर सडकमा कडाइ लागू गर्नुपर्ने स्थानीयहरूको माग बढ्दो छ।

30/11/2025

आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार

30/11/2025

उदयपुरको बोक्सेस्थित हिमालयन बोर्डिङ स्कुलमा ठूलो आगलागी भएको छ

गाईघाट बोक्सेस्थित हिमालयन बोर्डिङ स्कुलमा आगलागी हुँदा लाखौं क्षती ।
30/11/2025

गाईघाट बोक्सेस्थित हिमालयन बोर्डिङ स्कुलमा आगलागी हुँदा लाखौं क्षती ।

30/11/2025

उदयपुरको गाइघाटस्थित बोक्से क्षेत्रमा लागेको आगलागी त्रियुगा नगरपालिका र रौतामाइ गाउँपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले तथा स्थानीयको संयुक्त प्रयासमा नियन्त्रणमा ल्याइएको छ। आगलागीका कारण हिमालयन बोर्डिङ सञ्चालन हुँदै आएको कृष्ण खत्रीको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ, भने आसपासका अन्य घरमा हुन सक्ने थप क्षति रोकिएको छ।

जेन-जी विद्रोहमा सल्किएको आगोको मुस्लोले यसरी ध्वस्त बनाउँदैछ नेपालको साइबर स्पेस
30/11/2025

जेन-जी विद्रोहमा सल्किएको आगोको मुस्लोले यसरी ध्वस्त बनाउँदैछ नेपालको साइबर स्पेस

29/11/2025

सुदूरपश्चिम रोयल्सले जितेको छ जनकपुरलाई

Address

Dhangadhi, Kailali
Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when Sunrise Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sunrise Television:

Share