Routine of Dhankuta banda

Routine of Dhankuta banda समय सन्दर्भिक कुरा
(1)

धनकुटाका कार्यालयबारे तपाईंको अनुभवधनकुटाका सरकारी कार्यालयहरूमा काम गर्दा ढिलासुस्ती, अनावश्यक ढिलाइ तथा सेवाग्राहीसँगक...
13/08/2026

धनकुटाका कार्यालयबारे तपाईंको अनुभव
धनकुटाका सरकारी कार्यालयहरूमा काम गर्दा ढिलासुस्ती, अनावश्यक ढिलाइ तथा सेवाग्राहीसँगको व्यवहार कस्तो छ?
तपाईंले भोग्नुभएको समस्या, कुन कार्यालयमा के समस्या छ र सुधारका लागि के गर्नुपर्छ भन्नेबारे कृपया कमेन्टमार्फत जानकारी गराइदिनुहोस्।
तपाईंहरूको सुझाव र गुनासोलाई सम्बन्धित निकायसम्म पुर्‍याउँदै समाधानका लागि हामी पहल गर्नेछौँ।
जनताको काम छिटो, सहज र सम्मानजनक रूपमा हुनुपर्छ।
#धनकुटा #जनताकोआवाज #सुशासन #सेवाप्रवाह #ढिलासुस्ती

12/08/2026

Gathey Mangal Vibes
धनकुटामा गथेँ मंगलको रमाइलो माहोल!
नेवारी संस्कृतिको महत्वपूर्ण पर्व गथेँ मंगल (घण्टाकर्ण चतुर्दशी) दुष्ट राक्षस घण्टाकर्णमाथि विजयको सम्झनामा मनाइन्छ।
यो पर्वले नेवार समुदायको मौलिक संस्कृति, परम्परा र एकताको सुन्दर पहिचान झल्काउँछ।
Sources : Tushar Newa Khadgi

श्री शीतला माध्यमिक विद्यालयसम्बन्धी उठेका जनसमुदायका गम्भीर चासो तथा  प्रश्नहरू :१. सार्वजनिक गुठीअन्तर्गत रहेको श्री श...
12/08/2026

श्री शीतला माध्यमिक विद्यालयसम्बन्धी उठेका जनसमुदायका गम्भीर चासो तथा प्रश्नहरू :

१. सार्वजनिक गुठीअन्तर्गत रहेको श्री शीतला माध्यमिक विद्यालय हाल प्रचलित कानुन, नियम तथा गुठीसम्बन्धी व्यवस्थाअनुसार विधिसम्मत रूपमा सञ्चालन भइरहेको छ वा छैन? विद्यालयको गुठीसम्बन्धी अभिलेख, व्यवस्थापन संरचना तथा सञ्चालन प्रक्रियाको सम्बन्धित निकायबाट आवश्यक छानबिन तथा परीक्षण गरिएको छ वा छैन?

२. वि.सं. २०६१ सालमा पाख्रीबास कृषि केन्द्र संस्थापक गुठियार रहेको भनिएको श्री शीतला माध्यमिक विद्यालयमा वि.सं. २०८२ सालसम्म आइपुग्दा गुठियारको संरचना कसरी परिवर्तन भयो? हाल पाख्रीबास नगरपालिकाका मेयर तथा उहाँकी श्रीमती, स्थानीय चर्चका पास्टर तथा उहाँका छोरा (प्रधानाध्यापक), साथै अर्को एक परिवारका श्रीमान्–श्रीमती गरी जम्मा छ जना व्यक्ति कुन कानुनी प्रक्रिया, निर्णय वा प्रमाणका आधारमा गुठियारका रूपमा स्थापित भए? उक्त गुठियार नियुक्ति/परिवर्तनसम्बन्धी निर्णय, अभिलेख तथा कानुनी आधार सार्वजनिक गर्न सकिन्छ कि सकिँदैन?

३. नेपाल सरकारको सार्वजनिक स्रोतबाट सञ्चालित तथा बुढानीलकण्ठ विद्यालयमार्फत उपलब्ध गराइने छात्रवृत्ति कार्यक्रममा गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको वास्तविक पहुँच कस्तो छ? छात्रवृत्ति छनोटका मापदण्ड, लाभग्राही विद्यार्थीको विवरण तथा छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष छ कि छैन भन्ने विषयमा सम्बन्धित निकायबाट अनुगमन भएको छ वा छैन?

४. सार्वजनिक विद्यालयले गुठियारको निजी स्वामित्वमा रहेको भनिएको जग्गा प्रयोग गरेबापत भाडा तिर्नुपर्ने अवस्था किन सिर्जना भयो? उक्त जग्गाको स्वामित्व, विद्यालयले प्रयोग गर्ने कानुनी आधार, भाडा सम्झौता, भाडा निर्धारण प्रक्रिया तथा विद्यालयको आर्थिक दायित्वसम्बन्धी निर्णयहरू के–कस्ता छन्?

५. विद्यालयको नाममा खरिद तथा ल्याइएको भनिएको स्कुल बस हाल कानुनी रूपमा कसको नाममा दर्ता रहेको छ? बस खरिदका लागि प्रयोग भएको रकमको स्रोत, खरिद प्रक्रिया, स्वामित्वसम्बन्धी कागजात तथा सवारी दर्ता अभिलेख सार्वजनिक गर्न सकिन्छ कि सकिँदैन?

६. सार्वजनिक विद्यालयको नाम अंकित स्कुल बसलाई कुनै अमुक राजनीतिक दल वा राजनीतिक गतिविधिका कार्यक्रममा कसरी प्रयोग गरियो? विद्यालयको सम्पत्ति राजनीतिक दलका कार्यक्रम वा अन्य गैरशैक्षिक प्रयोजनमा प्रयोग गर्न अनुमति दिने निर्णय कसले गरेको हो? त्यसका लागि विद्यालय व्यवस्थापन समिति, सम्बन्धित स्थानीय तह वा अन्य अधिकारप्राप्त निकायबाट स्वीकृति लिइएको थियो वा थिएन?

७. श्री शीतला माध्यमिक विद्यालयमा सञ्चालनमा रहेको छात्रावास कानुनी तथा मापदण्डअनुसार स्वीकृत र व्यवस्थित रूपमा सञ्चालनमा छ वा छैन? छात्रावास सञ्चालनका लागि आवश्यक स्वीकृति, व्यवस्थापन समिति, वार्डेन/हेरचाह गर्ने जिम्मेवार व्यक्ति, विद्यार्थीको दैनिक हाजिरी तथा आवतजावत अभिलेख, सुरक्षा व्यवस्था र अभिभावकसँगको समन्वयसम्बन्धी व्यवस्था के–कस्तो छ?
छात्रावासमा बस्दै आएको विद्यार्थी विगत केही दिनदेखि सम्पर्कविहीन/हराइरहेको अवस्थामा उक्त विद्यार्थीको सुरक्षा तथा संरक्षणको प्राथमिक जिम्मेवारी कसको हो? विद्यार्थी छात्रावासबाट बाहिरिएको वा हराएको विषयमा विद्यालय प्रशासन, छात्रावास व्यवस्थापन, जिम्मेवार कर्मचारी तथा सम्बन्धित व्यवस्थापन निकायले तत्काल के–कस्ता कदम चालेका छन्? घटनाबारे सम्बन्धित अभिभावक तथा प्रहरीलाई समयमै जानकारी गराइएको छ वा छैन?

धनकुटाको स्वास्थ्य सेवा सुधारका लागि ८ बुँदे मागधनकुटाको स्वास्थ्य सेवा सुदृढीकरण तथा नागरिकमैत्री सेवा विस्तारका लागि र...
12/08/2026

धनकुटाको स्वास्थ्य सेवा सुधारका लागि ८ बुँदे माग
धनकुटाको स्वास्थ्य सेवा सुदृढीकरण तथा नागरिकमैत्री सेवा विस्तारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाका सह–सचिव सिरज जोशीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष ८ बुँदे मागपत्र पेश गरेका छन्।
मागपत्रमा ICU/Ventilator सञ्चालन, आधुनिक Blood Bank स्थापना, Oxygen Plant पूर्ण क्षमतामा सञ्चालन, नियमित Ultrasound तथा Diagnostic सेवा, अस्पतालको सेवा गुणस्तर सुधार, राजनीतिक प्रभाव अन्त्य, स्वास्थ्य बीमाको औषधि सूची सार्वजनिक तथा अस्पतालको Progress Report सार्वजनिक गर्न माग गरिएको छ।

11/08/2026

gathey mangal vibes on dhankuta .

जिल्ला अस्पताल धनकुटामा ब्लड बैंक स्थापनाको लागि आदरणीय दाइ राजेन्द्रकुमार राउतको सक्रियतामा १६ लाखभन्दा बढी रकम सङ्कलन ...
11/08/2026

जिल्ला अस्पताल धनकुटामा ब्लड बैंक स्थापनाको लागि आदरणीय दाइ राजेन्द्रकुमार राउतको सक्रियतामा १६ लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ। ब्लड बैंकको लागि जिल्ला अस्पताल धनकुटामा भवन पनि निर्माण हुँदैछ। र केही सामग्री खरिदको लागि पनि प्रक्रिया अघि बढिसकेको छ । र उक्त पैसा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको खातामा जम्मा भएको पनि जानकारी गराइन्छ।
Visit Dhankuta The Council of Gen-Z Dhankuta
Routine of Dhankuta banda Khabarpalikanews.com

धनकुटामा पर्यटन क्षेत्रलाई अझ अगाडि बढाउन के–के गर्न सकिन्छ? तपाईंका महत्वपूर्ण सुझाव तथा विचारहरू कृपया कमेन्टमार्फत दि...
11/08/2026

धनकुटामा पर्यटन क्षेत्रलाई अझ अगाडि बढाउन के–के गर्न सकिन्छ? तपाईंका महत्वपूर्ण सुझाव तथा विचारहरू कृपया कमेन्टमार्फत दिनुहोला।

तपाईंको एउटा सुझावले धनकुटाको पर्यटन विकासमा नयाँ बाटो खोल्न सक्छ।

हालै इटहरीमा भएको घटना जस्तै धनकुटाको  घटना !हल्का मेल खान गएछ तर अलिकति फरक भने पक्कै छ । नमस्कार ! 🙏मैले यो पिडा बर्षौ...
11/08/2026

हालै इटहरीमा भएको घटना जस्तै धनकुटाको घटना !
हल्का मेल खान गएछ तर अलिकति फरक भने पक्कै छ ।
नमस्कार ! 🙏
मैले यो पिडा बर्षौ अगाडि देखि भोग्दै छु। आफ्नो पीडा अरूलाई सुनायो अरु सामु आफ्नो पीडा पोख्यो भने अरूले मलाई कमजोर सोच्छन् भन्ने लाग्थ्यो त्यसैले मनमा जे जे भएपनि कसैलाई सुनाउन मन लागेन तर मन भित्रै भित्रै यही कुराहरुले मलाई खान थाल्यो मैले सहन सक्ने क्षमता गुमाउन थालेँ । मलाई लाग्यो अब चाहिँ यो कुरा मैले बाहिर ल्याउनै पर्छ भोलिको दिनमा मलाई केही भइहाल्यो भने कारण खोज्न कसैलाई समय नलागोस् ।।

म परिवारमा सबैकी प्यारी थिएँ।हाम्रो परिवार सानो र खुसी परिवार थियो" बुवा आमा बाबा ममि भाई र म" मलाई अलिअलि याद छ घरमा केही कारण बस झगडा हुन्थियो तर त्यो झगडा दिन दिनै बढ्दै गयो घरको झगडा घरमै मिलाउने वातावरण रहेन बिस्तारै छिमेकीलाई थाहा भयो समाजलाई थाहा भयो समाजमा कुरा काट्न थाले फलानोको घरमा त जहिले झगडा हुन्छ अरे त के हो भनेर । म ८ कक्षामा पढ्थिए विद्यालय जाँदा , कतै बाहिर निस्किँदा मलाई बाहिरका मान्छेले सोध्थिए के भाको नानी घरमा झगडा हुँदै थियो त भनेर मेरो मन खिन्न हुन्थियो म केही नबोली बाटो लग्थिए ।यसले मेरो पढाई मा पनि ठूलो असर पर्यो मेरो मानसिक स्वास्थ्यमा झन् ठूलो असर पर्दै गयो। बाबाले हरेक दिन एउटा एउटा निउ खोज्नु हुन्थियो झगडा गर्नको लागि ।ममीलाई यहाँ बाट जा मेरो अगाडि नबस भन्ने कुरा गर्नु हुन्थियो ,घरमा त्यस्तो वातावरण देख्दा मलाई एकदमै नराम्रो लाग्थियो ।हुन त गल्ती कति ठाउँमा ममिको पनि थियो होला बाबाको पनि थियो ।।कुनै बेला टोल गाउँको सबै भन्दा राम्रो खुसी र सुखी परिवारमा हामी पनि पर्थियौं तर पछि मेरो परिवारको त्यो अवस्था देखेर म भित्र भित्रै टुट्दै थिए मेरो भाइ अलि बुझ्ने भएको थिएन सानै थियो । धेरै महिना पछि सहनै नसकेपछि ममि केही समयको लागि माइती जानु भयो तर फर्केर आउने वातावरण घरमा भएन, ममि आउँदा घरमा बस्न नदिने उतै जा माइती जा भन्ने कुरा आउँथियो । केही नलागेपछि फेरि पनि ममि माइती जानु भयो १३ वर्षकी थिएँ म मैले के गलत के सही त छुट्याउन सक्ने भएकी थिए तर के गर्ने के नगर्ने भनेर सोच्न भने सकिन । दिन बित्दै गयो मलाई ममि को याद आउन थाल्यो म ममि भएको ठाउँमा जान्छु भेटेर आउँछु भन्दा जान दिइएन तर म पनि जिद्दी जसरी नी जान्छु भनेपछि "ठिक छ जा तर य बाट निस्केपछि बाउ आमा बुवा भाई सबै तेरो लागि मरे भन्ने सम्जिनु फर्केर ना आउनु ममि सँगै बसे हुन्छ" भन्नु भयो बाबाले । मैले केही सोचिन मलाई त बस ममि सँग भेट्न मन थियो म गएँ तर केही दिन पछि मलाई घर को याद आउन थाल्यो भाई को याद आउन थाल्यो तर तुरुन्तै फर्केर आउने वातावरण घरमा बनेन। दिन हरु बिते महिनौं बिते वर्ष बित्यो बाबाको तर्फबाट डिभोर्सको लागी एकोहोरो दबाब आएपछि विवाहको १८ वर्षपछि अन्तिममा बाबा ममीको सम्बन्ध विच्छेद भयो । आँखै अगाडि आफ्नो परिवार च्यातियो म केही बोल्न सकिन तर मेरा आँखाबाट बगेका हरेक थोपा आँसुले बाबा ममिको मिलन खोजिरहेको थियो। केही महिना पछि बाबाले सुटुक्क बिहे गर्नु भयो , मलाई त्यो कुरा सुनेर ठूलो झट्का लाग्यो पहिले जुन महिलाको कारणले घरमा ममि सँग झगडा हुन्थियो भन्ने संका गरिएको थियो उसैसँग बाबाले बिहे गर्नु भएको रहेछ साइनो भने "मामा भान्जी " को लाग्ने गर्थियो ।बिहे पछि उहाँलाई भाई त स्वीकार्य भयो तर त्यही भाईको दिदी यानिकी ' म ' स्वीकार्य भइन् ।भाई - बाबा, उहाँकी श्रीमती ,बुवा, आमा सँग बस्छ सबैले माया गर्नु हुन्छ खुसी छ भाईको खुसीमा म पनि खुसी छु । तर म भने बाहिरिएँ म अन्जान भएँ मैले आमा सँग बस्ने निर्णय गरेकै कारण म आफ्नै परिवारबाट घृणित भएँ । म आफ्नै घर नगएको २.५ वर्ष भइसकेछ त्यो भन्दा अगाडि कहिले काँही आउने जाने गर्थिए ।म १२ को परीक्षा दिन जाँदा घर गएकी थिएँ एक दिन हजुरआमाले खाजा बनाउनु भयो सबैलाई दिनु भयो अनि बाबाले सोध्नु भयो नानीले खाई त? भनेर तर उहाँको श्रीमतीले ' किन चाहियो खाओस् कि न खाओस् ' भन्नु भयो बाबाले देऊ नानीलाई पनि भन्नु भयो उहाँले ' दिदिन म सक्दिन ' भन्नु भयो। मैले म खादिन बाबा भोक छैन भन्न बाध्य भएँ मैले घर बसुन्जेल धेरै बचनहरु सुन्नु पर्यो परीक्षा पछि म फर्किएँ तर त्यो वचन हरु मेरो मुटुमा गाडिएर बसिरहे अहिले हामी सम्पर्क बिहिन छौ प्रत्येक सदस्यलाई कल मेसेज गर्दा ब्लक गरिएको छ । आफ्नै घर जान पनि मैले सबैलाई सोधेर प्रत्येक सदस्यको अनुमति लिएर मात्रै जानु पर्ने अरे तर कल गर्दा ब्लकमा हुन्छ मेरो नम्बर, मैले कता बाट अनुमति लिने? एक पल्ट दशैं मनाउन घर गएकी थिएँ परिवार सँग मिलेर चाड पर्व मनाउँछु भनेर तर मलाई देखेपछि त सबैको अनुहारको चमक नै गायब भयो घरमा झगडा भयो किन यसलाई आउन दिस घरमा भनेर बाबालाई उहाँको श्रीमतीले गाली गर्नु भयो यो घरमा कित म बस्छु कित यो बस्छे यसलाई यहाँ आउन दिने हो भने म यो घर छोडेर जान्छु भन्नु भयो त्यसपछि दशैं जस्तो महान चाडको बेलामा पनि मलाई घरबाट निकालियो । चाडबाडको बेला ममीलाई किन तनाव दिनु भनेर कसैलाई केही नभनी म दशैं भरी घर देखि १५ मिनेट टाढा हजुरबुवाको भाईको छोरी - मेरो चाहिँ दिदीको कोठामा एक्लै बसेँ दिदी पनि दशैं मनाउन घर जानु भएको थियो म भने अरुको परिवार सबै मिलेर दशैं मनाएको रमाएको टुलुटुलु हेरिरहेँ म चिच्याउँदै कराउँदै रुँदै त्यही कोठाको एक कुनामा बस्न बाध्य भएँ । दशैं सकिएपछि म फर्किएँ त्यसपछि फर्केर म काम गर्न थालेँ त्यसपछि देखि म केही काम परेर पहाड जानु पर्दा साथीकोमा बस्ने गर्छु तर घर जाँदिन। मलाई घरको याद आउँछ परिवारको याद आउँछ तर म केही गर्न सक्दिनँ , बिस्तारै बिस्तारै म झन् झन् कमजोर हुँदै गएँ बिरामी हुँदै गएँ।काम गर्दै गर्दा बेहोस हुन थालेँ हात कामेर काम गर्न सक्न छोडे त्यसपछि म अस्पताल गएँ जाँच गराउँदा डिप्रेसन अन्जाइटीको लक्षण देखियो ।त्यो सबै मैले बाबालाई सुनाएँ तर उहाँको जवाफ यस्तो थियो "मलाई धेरै तनाव नदे तेरो ममीलाई भन हेर्नु भनेर " त्यसपछि म निःशब्द भएँ मेरो लागि मेरो परिवारकोमाया त मरिसकेको रहेछ भन्ने बुझेँ
अझै मलाई घर जान मन लाग्यो छुट्टी लिएर गएँ तर त्यो अवस्थामा पनि मलाई घर जान दिइएन म साथीकै तिर बसेर ३ दिन पछि काममा फर्किंदा मैले आफ्नो काम गुमाउनु पर्यो अलिक दिन आराम गरेर फेरि अर्को काम गर्न थालेँ । अहिले सम्पर्क गर्न खोज्दा कसै सँग सम्पर्क हुँदैन किन मलाई ब्लक गरेको भन्दा मैले होइन उसैले (बाबा की कान्छी श्रीमतीले गरेको भन्ने कुरा आउँछ / एकोहोरो रोटी पाक्दैन एउटा हातले ताली बज्दैन भन्ने उखान सुनेको थिएँ बिस्तारै हो रहेछ भन्ने बुझ्दै छु । म के गरुँ आफ्नो हक अधिकारका साथ जबरजस्ती घर जाउँ की माया मार्दिउ ?
समय सँग सँगै सबै कुरा फेरिँदै गयो मेरो जीवन पूरै परिवर्तन भयो को आफ्नो को पराई चिन्न थालेँ साथीभाई आफन्त सबै टाढिए म एक्लो भए जस्तो महसुस हुन्थियो अब त बाँच्दिन भनेर कति पटक डोरीको सहारा लिन खोजेँ कति पटक नदीको किनारमा गएर बसेँ तर आमाको अनुहार मेरो आँखा अगाडि आयो म पछाडि सरेँ मैले मरेर होइन गरेर देखाउनु पर्छ भन्ने लाग्यो संघर्ष गर्दै गएँ अहिले दुःख केहीको छैन बस गुनासो नै गुनासो छ आफ्नै परिवार संग। आफ्नो परिवारको खुसी भन्दा ठूलो अरु केही हुँदैन। आफू खुसी भएर आफ्नो सन्तानको खुसी कहिले पनि नखोस्नु । आफ्नो जीवनसाथीको बारेमा नसोचे पनि आफ्नो बच्चाको बारेमा सोच्नुहोस् बाउ आमाको सम्बन्ध नराम्रो हुँदा सबै भन्दा ठूलो असर छोराछोरीलाई पर्न जान्छ ।

बाउ आमाको सम्बन्ध जे जस्तो भए पनि छोरा छोरी स्व इच्छाले जो सँग पनि बस्न पाउँछन् आमा सँग बस्दा सम्पूर्ण जिम्मवारी आमाकै हुनु पर्ने बाउले चाहिँ अन्जान जस्तो गर्नु पर्ने , र बाउ सँग बस्दा बाउ को मात्रै जिम्मेवारी हुनु पर्ने त पक्कै होइन होला । जो सँग बसे पनि सन्तान त आफ्नै होनि जन्माईसकेपछि हक अधिकार र कर्तव्य के आमाको मात्रै हुन्छ?

मैले धेरै ठक्कर खाएर धेरै टुटेर फेरि उठेर यो ठाउँ सम्म आएको छु त्यत्ति सजिलै मृत्यु को साथ रोज्दिन् तर मेरो मानसिक स्वास्थ्य मा निकै गहिरो चोट परेकोले मलाई घरी घरी बाँच्न मन लाग्दैन भोलिको दिनमा यदि मलाई केही भइहाल्यो भने मेरो Mental health बिगार्ने मेरो आफ्नै परिवार भित्रका केही मान्छे र बाहिरका केही मान्छे जिम्मेवार हुनेछन् अहिले म पहिचान खुलाउन चाहदिन कुनै दिन सबै को पहिचान खुलस्त भन्ने छु ।
Sources : anonymous

धनकुटाका समसामयिक विषयमा महत्वपूर्ण छलफलराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाका सहसचिव सिरज जोशी र धनकुटाका निवर्त...
11/08/2026

धनकुटाका समसामयिक विषयमा महत्वपूर्ण छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाका सहसचिव सिरज जोशी र धनकुटाका निवर्तमान रास्वपा उपसभापति प्रजना राईले माननीय भूमिका श्रेष्ठज्यू तथा माननीय गृहमन्त्री सुदन गुरुङज्यूसँग धनकुटाका समसामयिक विषय, विकास तथा विभिन्न महत्वपूर्ण सवालहरूबारे सफल छलफल तथा परामर्श गर्नुभएको छ।

अवैध लागू औषध गाँजा फडानीधनकुटा, २५ साउन, २०८३जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहत इलाका प्रहरी कार्यालय भेडेटार तथा प्...
10/08/2026

अवैध लागू औषध गाँजा फडानी
धनकुटा, २५ साउन, २०८३
जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहत इलाका प्रहरी कार्यालय भेडेटार तथा प्रहरी चौकी आँखिसल्ला,धनकुटाबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका वडा नम्बर ८ र शहीदभूमि गाउँपालिका वडा नम्बर ७ का विभिन्न स्थानहरूबाट ४ (चार) रोपनी क्षेत्रफलमा रहेको १,७११ (एक हजार सात सय एघार) गाँजाका बेर्ना र बोटहरू फडानी गरी नष्ट गरेको छ।
Sources: District Police Office, Dhankuta

Address

Dhankuta
Dhankuta

Alerts

Be the first to know and let us send you an email when Routine of Dhankuta banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share