03/03/2026
Author & composer Suresh adhikari ji लेख्नु हुन्छ।
अहिले को मीठो नारा " भ्रष्टाचार निर्मुल"
- कुन सम्बिधानमा लेखेको छ र भ्रष्टाचार गर्न पाईन्छ ?सम्बिधान बदलेर भ्रष्टाचार बन्द हुदैन,
अब खेतमा उत्पादन बृध्दी हुने खालको जात छानेर "धान" बदल्नुस ।
कुन कानुनले भ्रष्टाचारलाई क्षम्य भनेको छ र ? कानुन बदलेर पनि भ्रष्टाचार रोकिन्न, हुम्ला मुगु र दार्चुलाका जनताले किन्न सक्ने गरि भाउ र आपूर्ति मा पहुच पुग्ने गरि बजारको "नुन" बदल्नुस ।
भ्रष्टाचार यसै हुदैन, ईमान यसै बेच्दैनन मान्छेले । ईमान्दार हरुले पनि इज्जतको जिन्दगी बाच्न सक्ने वातावरण बनाउनुस । कम से कम इमान्दार कर्मचारी लाई कुनै विशेष प्रोत्साहन त होस, छ ? कदर ? फाँसी दिनुस भ्रष्टाचारी सबैलाई, भरी दिनुस जेल भ्रष्टहरु कोचेर, तर जब सम्म देशमा सबै मान्छे आफ्नो पसिना बगाएर इमान्दारीको कमाईले आफू र आफ्ना आश्रीत परिवारको लागि एक मुट्ठी सास किन्न सक्दैनन तब सम्म पैसाको लागि मान्छे फरक बाटो अपनाई रहन्छन । सोच्दैनन कि त्यो गलत हो या सहि । गरिब किसान मजदुर र मध्यम बर्गिय उद्यमिहरुको धितो लिलाम गरेर चल्ने बैङ्क हरुमा जब सम्म सीप र जागर भएका सिर्जनशील ऋणीहरु ले आफ्नो पेशा ब्यबसाय धितो राखेर रिण लिन र गरि खान पाउदैनन समाजबाट न बेरोजगारी हट्छ न भ्रष्टाचार निर्मुल हुन्छ न ठगी रोकिन्छ न ब्याजखोर काईते निर्मुल हुन्छन । धनी सधैं धनी, गरीब सधैं कान्लामुनी किन छन भनेर घोत्लिन सक्ने नेता र दलहरु निर्माण नभए सम्म न देश उँभो लाग्छ न बिदेश पलायन हुने युवाको ताँती रोकिन्छ । हुदा खानेहरु बिदेश जानू स्वभाविक हो, हुने खाने समेत स्वदेश मै बसेर केही गर्न नसक्ने किन भएका छन ? यसै बेरोजगारी भ्रष्टाचार र बिचौलियागीरी फैलिएको छैन देशमा । उद्यमी लाई लगानी अभाव छ, कच्चा पदार्थ छैन । किसानलाई न ठिक सङ्ग खेती गर्न सिकाईन्छ न उत्पादन को बजार भाउ छ । कर्मचारीको तलबले बीस दिन धान्दैन, मजदुरको ज्यालाले एकछाक मीठो खान पुग्दैन, । भ्रष्टाचार मात्रै हैन बेइमानी ठगी चोरी,ऋण नतिर्ने यसै भएको हैन भन्ने बुझ्नुस । रोग एकातिर छ औषधि र उपचार अर्कै गरेर बिरामी देश कहिल्यै निको हुँदैन । भ्रष्टाचार एउटा अमुर्त हतियार भएको छ आफ्ना बिरोधिलाई तह लगाउने, हावा कुरामा मान्छेलाई लट्ठ्याउने र नव बिचौलिया जन्माउने फोस्रो नारा भएको छ । हौवा यसरी फैलाईएको छ जसरी भ्रष्टाचार नेपालमा कानुनी कार्य हो । जसले गरे पनि पाईन्छ । आज सम्म कुनै निकाय र कानुन नै बनेको छैन यसको नियन्त्रण गर्ने ? भएको छैन सजाय कसैलाई ? एउटा कानुन बने पछि सब ठिक हुन्छ ? सुखी हुन्छन मान्छे ? समृध्द हुन्छ देश ? सबै वाहियात कुरा हो । जल जमिन जङ्गल र जनशक्ति को अधिकतम उपयोग द्वारा उत्पादन बढाउने नीति, श्रम र रोजगारीको बजार अनि सबैको जीवन स्तर समान हुने गरि बितरण प्रणालीमा समेत बलियो सुधार भयो भने न बेरोजगारी रहन्छ न बिदेश पलायन हुन्छन जनता ! भ्रष्टाचार नियन्त्रण गर्ने प्रणाली नभएको हैन,छ देशमा तर यो कानुन दह्रो सङ्ग कार्यान्वयन हुन वातावरण नभएको हो । फोस्रो कुरामा समय बर्वाद गरिंदै छ हाम्रो । श्रमलाई सँस्कृतिको रुपमा बिकास गरौं । श्रम र शीपलाई उचित प्रोत्साहन गरौं । माटोको उर्वरता र यसमा निहित खनिज अनि जडीबुटीलाई औद्योगिकरण गरौं । आफ्नै उत्पादन बाट जनतालाई सुखी मात्रै हैन खुशी राख्ने कोसिस गरौं । जय श्रम सँस्कृती, जय माटो !