12/10/2025
बलबहादुर राई–भिमबहादुर तामाङ स्मृति भवन पुनर्निर्माणका लागि समिति गठन
जेएनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको बलबहादुर राई–भिमबहादुर तामाङ स्मृति प्रतिष्ठान तथा नेपाली कांग्रेसको पार्टी कार्यालयको पुनर्निर्माणका लागि विशेष समिति गठन गरिएको छ।
भदौ २३ र २४ गते भएको आन्दोलन बाट क्षति ग्रस्त भवन पुनर्निर्माण का लागि आज सम्पन्न बैठकबाट पुनर्निर्माण सम्बन्धी सहमति जनाउँदै १३ सदस्यीय समिति गठन गरिएको हो। समितिको संयोजकमा तिलक राई, सचिवमा महेन्द्र प्रधान, सह–सचिवमा राजेन्द्र राई, र कोषाध्यक्षमा शिला बज्राचार्य चयन भएका छन्।
अन्य सदस्यहरूमा पर्वत राई, राजु साह, सन्ध्या श्रेष्ठ, हिमाल श्रेष्ठ, युनेश रानामगर, सुवर्णमोहन पलिखे, विब्रम तामाङ, विनोद आलेमगर, र प्रशान राई रहेका छन्।
बैठकमा स्मृति प्रतिष्ठान र पार्टी कार्यालयको पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय गरिएको छ। समितिले भवन निर्माणका लागि आवश्यक योजना र कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउने बताइएको छ।