28/08/2026
भोटेकोशी बाढीको भयावह अवस्था : ४४ सेना, ३२ प्रहरी र २६ बैंक कर्मचारी बेपत्ता!
रसुवा — भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण ४४ जना नेपाली सेना, ३२ जना प्रहरी तथा २६ जना बैंक कर्मचारी बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
बाढीले सडक तथा यातायात संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। २२ वटा पक्की पुल र ५ वटा बेलिब्रिज बाढीले बगाएको बताइएको छ।
बाढीका कारण विभिन्न क्षेत्रमा आवतजावत प्रभावित हुनुका साथै उद्धार तथा राहत कार्यमा समेत चुनौती थपिएको छ। बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेकाले क्षतिको वास्तविक अवस्था अझै यकिन हुन सकेको छैन।