Letang Khabar

Letang Khabar सुचना तथा सञ्चारको सहज पहुँचका लागि लेटाङ खबरको स्थापना भएको हो । हामी निरन्तर खबरदारी गरिरहेका छौ ।

लेटाङ नगरपालिका लगायत आसपासका छेउछाउका गतिविधिहरुलाई यस समाचार पाेर्टल मार्फत प्रकाशन गरिनेछ ।

22/10/2025

नेपाल संवतका प्रवर्तक तथा राष्ट्रिय विभूति शंखधर साख्वाको स्मरणमा नेवा दय दबु लेटाङ कार्यसमितिद्वारा आयोजित विशेष कार्यक्रमn । #नेपालसंवत #शंखधरसाख्वा #नेवादयदबुलेटाङ #सांस्कृतिककार्यक्रम #राष्ट्रियविभूति #संवतनववर्ष #संस्कृतिसंरक्षण

लेटाङमा टेम्पो र बस व्यवसायीबीच सहमतिलेटाङ, ४ कार्तिक। लेटाङ नगरपालिकामा सञ्चालनमा रहेका टेम्पो (अटो) र बस व्यवसायीबीच य...
21/10/2025

लेटाङमा टेम्पो र बस व्यवसायीबीच सहमति

लेटाङ, ४ कार्तिक। लेटाङ नगरपालिकामा सञ्चालनमा रहेका टेम्पो (अटो) र बस व्यवसायीबीच यातायात सञ्चालन सम्बन्धी विवाद समाधान गर्दै आपसी सहमति भएको छ।

सवैलाई समान अवसर प्रदान गर्दै "सबैले गरिखान पाउनुपर्छ" भन्ने सिद्धान्तको आधारमा गरिएको छलफलपछि, अबदेखि बस र टेम्पो दुवैले आफ्ना–आफ्ना रुट र स्टेन्डबाट मात्र सेवा सञ्चालन गर्ने सहमति गरिएको हो।

उक्त सहमति २०८२ साल कार्तिक ४ गते बिहान १० बजे ईलाका प्रहरी कार्यालय लेटाङको परिसरमा भएको बैठकमार्फत भएको हो। बैठकमा ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, वडा नं. ३, ४ का वडाअध्यक्षहरु डम्बर वहादुर राई र राम कुमार श्रेष्ठ तथा वनका प्रतिनिधिको रोहवरमा छलफल गरी सहमति गरिएको हो।
सहमतिको मुख्य बुँदाहरूमा विहान ६:२०, ७:३० र ८:०५ बजे छुट्ने बसहरू खेरुवा वा गुवावारी नगई आफ्नो स्टेन्डबाट मात्र यात्रु लैजान , बसहरूले विहान ५:४५ देखि बेलुका ५:१० बजेसम्म मात्र सेवा सञ्चालन गर्न पाउने, टेम्पोहरूले बस स्टेन्डबाट यात्रु उठाउन नपाउने र अन्य व्यवहार सम्बन्धी विषय ऐन–कानून अनुसार हुने भनि सहमति गरिएको छ।

दुवै पक्षले उल्लेखित बुँदाहरू इमानदारीपूर्वक पालना गर्ने प्रतिबद्धता जनाएका छन्।

अटो व्यवसायीको तर्फबाट अध्यक्ष सौराज राई, सदस्य सागर ढकाल, बिनोद श्रेष्ठ र दिल बहादुर मगरले हस्ताक्षर गरेका छन् भने बस व्यवसायी तर्फबाट अध्यक्ष होम बहादुर निरौला, सदस्यहरू सुरेन्द्र लामा, विष्णु कुमार तामाङ, कुमार श्रेष्ठ र हरि बहादुर निरौलाले हस्ताक्षर गरेका छन्।

आगलागी बाट जल्यो घरलेटाङ, ४ कार्तिक । लेटाङ नगरपालिका–२ प्रगती टोलका ६६ बर्षिय दाताराम गुरागाईको घरमा हिजो साँझ ६ :३० ति...
21/10/2025

आगलागी बाट जल्यो घर

लेटाङ, ४ कार्तिक । लेटाङ नगरपालिका–२ प्रगती टोलका ६६ बर्षिय दाताराम गुरागाईको घरमा हिजो साँझ ६ :३० तिरको समयमा बिद्युत सर्ट भएर आगलागी भएको छ। टिन र काठले बनेको घर आगोले पूर्णरूपमा क्षति पु¥याएको नगरप्रहरी प्रमुख कुमार थापाले बताएका छन्।

लेटाङ नगरपालिकाको दमकल खबर आएको करिब १० मिनेटमै घटनास्थल पुगेको भए पनि घर जोगाउन नसकिएको प्रहरीले जनाएको छ। आगो अन्य घरमा फैलिन नदिन समयमै नियन्त्रणमा लिन सफल भएकाले थप क्षति हुनबाट भने जोगिएको छ।

क्षतिको एकिन विवरण अहिलेसम्म आउन बाँकी रहेको छ।

#आगलागी #लेटाङसमाचार #प्रगतिटोल #दमकल #लेटाङनगरपालिका

शुभदिपावलिको हार्दिक मंगलमय शुभकामना ।
21/10/2025

शुभदिपावलिको हार्दिक मंगलमय शुभकामना ।

‘हमास’को नियन्त्रणमा रहँदा ज्यान गुमाएका विपिन जोशीको शव उनकै घर पुर्‍याइएको छ ।😪😪😪😪😪
20/10/2025

‘हमास’को नियन्त्रणमा रहँदा ज्यान गुमाएका विपिन जोशीको शव उनकै घर पुर्‍याइएको छ ।

😪😪😪😪😪

उहाँहरुलाई नचिन्ने त कोहि हुनुहुन्न होला । कमेन्टमा शुभकामना लेख्नुहोस । तीन दशकको समर्पणपछि शान्ति भगवती विद्यालयका दुई...
20/10/2025

उहाँहरुलाई नचिन्ने त कोहि हुनुहुन्न होला ।

कमेन्टमा शुभकामना लेख्नुहोस ।

तीन दशकको समर्पणपछि शान्ति भगवती विद्यालयका दुई सहयोगी कर्मचारीको अवकाश

लेटाङ, ३ कार्तिक । लगातार तीन दशकदेखि लेटाङ–४ स्थित शान्ति भगवती माध्यमिक विद्यालयमा आफ्नो श्रम र समर्पण अर्पण गर्दै आउनु भएका विद्यालय सहयोगी कर्मचारी भक्तबहादुर मगर र अमृतकुमार मगरलाई विद्यालयले आज सम्मानपूर्वक बिदाइ गरेको छ।

भक्तबहादुर मगरले २०५१ सालदेखि र अमृतकुमार मगरले २०५७ सालदेखि विद्यालयमा सेवा प्रारम्भ गर्नुभएको थियो। लामो समयदेखि विद्यालयको सुचारु व्यवस्थापन, सफाइ, अनुशासन र शैक्षिक वातावरणमा उहाँहरुको योगदान अमूल्य रहेको विद्यालय परिवारले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थितिमा आयोजित कार्यक्रममा उहाँहरुको समर्पण र निष्ठाको प्रशंसा गर्दै विद्यालय तर्फबाट “निवृत्त जीवन सुखमय रहोस्” भनी हार्दिक शुभकामना व्यक्त गरिएको थियो।

विद्यालयले भनेको छ “तीन दशकसम्म विद्यालयको मेरुदण्डका रूपमा काम गर्नुभएका उहाँहरूले देखाउनुभएको इमानदारिता र लगन हाम्रो प्रेरणाको स्रोत हो।”

कार्यक्रममा विद्यालय परिवारले धन्यवाद ज्ञापन गर्दै निवृत्त कर्मचारीहरुको आगामी जीवनमा उत्तरोत्तर प्रगति र सुस्वास्थ्यको कामना गरेको थियो।

#शान्तीभगवतीविद्यालय #अवकाशसमारोह #लेटाङ #भक्तबहादुरमगर #अमृतकुमारमगर #सम्मान #शिक्षाक्षेत्र

हार्दिक मगंलमय शुभकामना उज्यालो पर्वको रुपमा परिचित शुभदिपावलिको पावन  अवशरमा सम्पुर्ण आमाबुवा, दिदिबहिनी, दाजुभाई तथा द...
20/10/2025

हार्दिक मगंलमय शुभकामना
उज्यालो पर्वको रुपमा परिचित शुभदिपावलिको पावन अवशरमा सम्पुर्ण आमाबुवा, दिदिबहिनी, दाजुभाई तथा देश बिदेशमा रहनुहुने हाम्रा सुभेक्छुक महानुभावहरुमा यी पर्वहरुले सम्म्पुर्ण नेपालीहरु बिच आपसी सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक एकता र भाईचाराको भावनाको अभिबृद्दी गर्दै हाम्रो समाजलाई अझ समृद्द र शक्तिशाली बनाउन सकुन भन्दै सुख, शान्ती, समृद्दी , सुश्वास्थ्य दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्य्क्त गर्दछौ ।

ADVT

20/10/2025

भिडियो हेर्नुस :-
बिरोध स्वरुप लेटाङका टेम्पो व्यवसायीले बसकै भाडामा सेवा दिन थाले

लेटाङ३ कार्तिक ।लेटाङका टेम्पो व्यवसायीहरूले लेटाङको बीपी चौकबाट कानेपोखरीसम्म बसकै भाडामा यात्रु ओसारपसार सेवा सुरु गरेका छन्। उनीहरूले ५० रूपैयाँको दरमै यात्रुहरूलाई कानेपोखरीसम्म पुर्‍याउने व्यवस्था मिलाएका हुन्।

कानेपोखरीबाट लेटाङसम्म आउने बसले १०० रूपैयाँ लिएर घरघरमा यात्रु पुर्‍याउन थालेको र आफ्नो रोजिरोटी खोस्ने दुस्प्रयास गरेको भन्दै विरोधस्वरूप टेम्पो व्यवसायीहरूले पनि समान भाडामा सेवा सञ्चालन गरेको बताएका छन्।

पूरा बिसय भिडियोमा...

“शुभ दिपावली २०८२ को हार्दिक मंगलमय शुभकामना”💐
20/10/2025

“शुभ दिपावली २०८२ को हार्दिक मंगलमय शुभकामना”💐

हार्दिक मगंलमय शुभकामना २०८२ सालका चाडपर्वहरु शुभदिपावलि, छट पर्व , कृष्ट्मस, उभौली उधौली , बुद्द जयन्यी लगायत रास्ट्रीय...
20/10/2025

हार्दिक मगंलमय शुभकामना
२०८२ सालका चाडपर्वहरु शुभदिपावलि, छट पर्व , कृष्ट्मस, उभौली उधौली , बुद्द जयन्यी लगायत रास्ट्रीय तथा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेका सम्पुर्ण चाडपर्वहरुको पावन अवशरमा सम्पुर्ण आमाबुवा, दिदिबहिनी, दाजुभाई तथा देश बिदेशमा रहनुहुने हाम्रा सुभेक्छुक महानुभावहरुमा यी पर्वहरुले सम्म्पुर्ण नेपालिहरु बिच आपसी सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक एकता र भाईचाराको भावनाको अभिबृद्दी गर्दै हाम्रो समाजलाई अझ समृद्द र शक्तिशाली बनाउन सकुन भन्दै सुख, शान्ती, समृद्दी , सुश्वास्थ्य दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्य्क्त गर्दछौ ।

हार्दिक मगंलमय शुभकामना २०८२ सालका चाडपर्वहरु शुभदिपावलि, छट पर्व , कृष्ट्मस, उभौली उधौली , बुद्द जयन्यी लगायत रास्ट्रीय...
20/10/2025

हार्दिक मगंलमय शुभकामना

२०८२ सालका चाडपर्वहरु शुभदिपावलि, छट पर्व , कृष्ट्मस, उभौली उधौली , बुद्द जयन्यी लगायत रास्ट्रीय तथा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेका सम्पुर्ण चाडपर्वहरुको पावन अवशरमा सम्पुर्ण आमाबुवा, दिदिबहिनी, दाजुभाई तथा देश बिदेशमा रहनुहुने हाम्रा सुभेक्छुक महानुभावहरुमा यी पर्वहरुले सम्म्पुर्ण नेपालिहरु बिच आपसी सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक एकता र भाईचाराको भावनाको अभिबृद्दी गर्दै हाम्रो समाजलाई अझ समृद्द र शक्तिशाली बनाउन सकुन भन्दै सुख, शान्ती, समृद्दी , सुश्वास्थ्य दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्य्क्त गर्दछौ ।

Address

Letang
Dharan
56600

Alerts

Be the first to know and let us send you an email when Letang Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Letang Khabar:

Share

Category