04/11/2023
थामी जातीको जन्म तथा विवाह पद्धति सम्बन्धि पुस्तक र थामी सङ्ग्रहालय सम्बन्धि गीत विमोचन गरिएको छ। भीमेश्वर नगरपलिका 1 मा निर्माणाधिन थामी सङ्ग्रहालयमा सम्पन्न एक कार्यक्रमबीच प्रदेश सभा सदस्य माननीय भरत केसी, वागमती प्रदेश सभा सदस्य माननीय ठूला थामी, भीमेश्वर नगरप्रमुख ईश्वर नारायण मानन्धर, पुस्तकका लेखक संकलक गोपाल बहादुर थामी र अन्य थामी वुध्दिजीवी लगायतको उपस्थितिमा पुस्तक विमोचन गरिएको हो।