02/06/2026
दोलखाको उत्तरी क्षेत्रको केन्द्रविन्दु सिङ्गटी बजार लगायत समग्र क्षेत्रलाई सदरमुकाम चरीकोटसँग जोड्ने चरिकोट-सिङ्गटी सडकको झमार्सी सडक खण्ड जहाँ वर्षातको समयमा वर्षेनी यात्रुहरूले असहज महशुश गर्दै आएका थिए । यस वर्ष पनि वर्षात सुरु हुन लागेको वा भइसकेको अवस्था छ । यो क्षेत्रमा सडक मर्मत सम्हारको काम भइरहेको छ, तर उचित गतिमा काम नभएको वा वर्षातअघि सम्पन्न नहुने होकि भन्ने यात्रुहरूको चिन्ता र गुनासो छ । सम्बन्धित र जिम्मेवार निकायले समयमै काम सम्पन्न गर्नेमा ध्यान देवस् ।