27/02/2026
BBC Documentary हेर्नुभयो त ??
छैन भने एकचोटि search गरेर हेर्नुस् त।
हेर्नुस् : तर मन बलियो बनाएर।
मैले हेरेँ।
यो कुनै सामान्य भिडियो रहेनछ।
फेरि एकपटक आखाँहरु रसाए।
छातीभित्र केही च्यातिएको महसुस भयो।
गोली लागेका Gen Z दाजुभाइ–बहिनीहरू
कुनै अपराधी थिएनन्।
उनीहरू त भोलिको नेपाल देख्न चाहने
हाम्रै जस्ता सपना बोकेका सन्तान थिए।
कुनै आमाले छोरो “देश बिगार्न” पठाएकी थिइनन्।
कुनै बुबाले छोरीलाई “गोली खान” सडकमा उत्रिन भनेका थिएनन्।
उनीहरू उत्रिएका थिए : भ्रष्टाचार अन्त्य होस् भनेर, सुशासन होस् भनेर, देश बाँचोस् भनेर।
तर जवाफ आयो : बन्दुकको गोली।
त्यो गोलीले केवल शरीर मारेन, त्यो गोलीले आमाको काख रित्यायो, बुबाको सपना गाड्यो,
र हाम्रो गणतन्त्रलाई लज्जित बनायो।
आज चुनाबको माहोल छ।
र आज म स्पष्ट भन्न चाहन्छु ;
अहिले चुप बस्नु भनेको त्यो गोलीलाई समर्थन गर्नु हो।
अब फेरि पुरानै अनुहार जित्नु, ती निर्दोष रगतलाई बेवास्ता गर्नु हो।
आजको चुनाव सडकमा मारिएकाहरूको अन्तिम अपील हो।
यो अन्तिम बिकल्प हो।
जसले आदेश दिए, जसले ढाकछोप गरे, जसले ताली बजायो,
पापीहरू हो,
अब भाषणले होइन,
जनताको भोटले फैसला हुँदैछ।
जनताको अभिमतले मरेका सपनाहरूलाई न्याय दिदैछ।
अब अर्को बिकल्प छैन।
न्याय या लज्जा ??
नयाँ नेतृत्व या रगतको मौनता ??