Pawan PB Bhattarai

Pawan PB Bhattarai New creator

बिशेष धन्यबाद अंकल अजय तिमलसिनालाई::::::::रौतहटमा पहिलोपटक जैविक DAP मल उद्योग निर्माण थालियो, किसान अब मल अभावबाट मुक्त...
08/12/2025

बिशेष धन्यबाद अंकल अजय तिमलसिनालाई::::::::
रौतहटमा पहिलोपटक जैविक DAP मल उद्योग निर्माण थालियो, किसान अब मल अभावबाट मुक्त हुने आशा
रौतहट, २२ मंसिर।
रौतहटको पश्चिमी फतुवा विजयरपुर–११, हिमालिवासमा नेपालकै पहिलो आधुनिक जैविक DAP तथा हाइब्रिड मल उत्पादन गर्ने उद्योग निर्माण कार्य सुरु भएको छ। एम.आर. फर्टिलाइजर्स प्रा.लि. द्वारा स्थापना हुन लागेको यो उद्योगको शिलान्यास शनिबार नार्कका कृषि विशेषज्ञ डा. सुशीलराज सुवेदीले विशेष समारोहबीच गरेका छन्।
नेपालमै पहिलोपटक जैविक DAP र हाइब्रिड मल उत्पादनको दाबी
उद्योगका सञ्चालक तथा फतुवा विजयरपुरका मेयर–प्रत्याशी अजय तिमल्सिनाका अनुसार उद्योगले जैविक DAP, हाइब्रिड मल, NPK, पोटास, जिन्कदेखि जैविक विषादीसम्मको उत्पादन गर्ने तयारी गरेको छ। “आउँदो कृषि सिजन लक्षित गरेर निर्माण तीव्र गतिमा अघि बढाएका छौँ। सम्भवत: यस्तो प्रकृतिको मल उद्योग नेपालमै पहिलो हुनेछ,” तिमल्सिनाले दाबी गरेका छन्।
१६ करोड लगानी, मल अभाव अन्त्य गर्ने लक्ष्य
करिब १६ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको यस उद्योगबाट विशेषगरी तराई क्षेत्रमा वर्षौंदेखि देखिएको मल अभावको समस्या समाधान हुने अपेक्षा गरिएको छ। तिमल्सिनाका अनुसार—
नाकाबाट तस्करी हुँदै आयात हुने रासायनिक मलको उच्च मूल्यको बोझ अन्त्य,मलमा आत्मनिर्भरता —उद्योगको प्रमुख लक्ष्य रहेको छ।नेपालमै संकलन हुने ६ प्रकारका कच्चा पदार्थ, बाँकी आयात
उद्योगले आवश्यक कच्चामध्ये ६ प्रकारका सामग्री नेपालमै संकलन तथा उत्पादन गर्नेछ। बाँकी २ प्रकारका कच्चा पदार्थ भारत वा तेस्रो मुलुकबाट ल्याइने बताइएको छ।
दैनिक ५ हजार लिटर पिसाब संकलन—अनौठो तर प्रभावकारी मोडेल
एम.आर. फर्टिलाइजर्सले करिब २५ गाउँबाट दैनिक ५, हजार लिटर मानव पिसाब संकलन गर्ने तयारी गरेको छ, जसलाई जैविक मल उत्पादनमा उपयोग गरिनेछ। ग्रामीण क्षेत्रमा फोहोर व्यवस्थापन र जैविक मल उत्पादन दुवैका लागि यसलाई नयाँ र उपयोगी पहलका रूपमा हेरिएको छ।
१५० भन्दा बढीलाई रोजगारी
उद्योग सञ्चालनमा आएपछि १५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन्। स्थानीय कच्चा पदार्थ उपयोग र वातावरणमैत्री उत्पादन मोडेलले दीगो कृषि प्रणाली निर्माणमा मद्दत गर्ने उद्योगको दाबी छ।
मल संकटबाट त्रस्त किसानका लागि राहतको आशा
विगत वर्षहरूमा मल अभाव, भारत निर्भरता र तस्करीका कारण किसान मारमा परेका थिए। यस्तै पृष्ठभूमिमा रौतहटमै सुरु भएको यो उद्योग किसानका लागि दीर्घकालीन राहत बन्न सक्ने कृषि विज्ञहरूको मूल्यांकन छ।यद्यपि,कच्चा पदार्थ आपूर्तिको निरन्तरता,
गुणवत्ताको कडाइ,सरकारी नियमन जस्ता चुनौतीहरूको प्रभावकारी व्यवस्थापन आवश्यक रहने विश्लेषकहरूको सुझाव छ।
#फतुव_विजयपुर_नगरपालिका💖

 #नेपाली कांग्रेसका मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण प्रसाद यादव सात दलको समर्थनमा मधेश प्रदेशका मुख्यमंत्री भएका छन...
05/12/2025

#नेपाली कांग्रेसका मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण प्रसाद यादव सात दलको समर्थनमा मधेश प्रदेशका मुख्यमंत्री भएका छन्।

नयाँ मुख्यमन्त्री कृष्ण प्रसाद यादवज्यूलाई हार्दिक बधाई तथा शुभकामना।

धेरै उतार–चढाव, राजनीतिक रस्साकसी र लगातारको कसरतपछि अन्ततः रौतहटले आफ्नो प्रदेशबाट पहिलो मुख्यमन्त्री पाएको छ।

यो क्षण रौतहटका लागि गौरवको, मधेश राजनीति लागि नयाँ आशाको र प्रदेशको स्थिरता तथा विकासका लागि महत्त्वपूर्ण मोड हो।

नयाँ जिम्मेवारी सफल होस्, मधेश प्रदेश समृद्धिको नयाँ बाटोमा अघि बढोस् , शुभकामना!

 #विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलव नदिने स्थानिय सरकारहरुले सुन्नुहोस्  #शिक्षामन्त्रालयल...
25/11/2025

#विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलव नदिने स्थानिय सरकारहरुले सुन्नुहोस्
#शिक्षामन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु.१२०००, विद्यालय सहयोगीको लागि रु.१०००० र विद्यालय सहायक कर्मचारीको लागि रू. १५००० तलब संघीय अनुदानबाट पठाई सकेको छ।बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक रकममा नघट्ने गरि स्थानीय सरकारले थप्नु पर्ने हो। अहिले सम्म झण्डै ७०० वटा स्थानिय सरकारले थपेर न्युनतम पारिश्रमिक अनुसार तलव ख्वाएको जानकारी मन्त्रालयलाई आएको छ। यो विषय न्युनतम तलव नदिएका स्थानिय सरकारहरुको जिम्मेवारी भएको अवगत गराउँछु। बाल शिक्षकहरु र कर्मचारीहरुलाई अन्याय नगर्नु होला। यस बिषयमा स्थानिय सरकारलाई सचेत गराउन ट्रेड युनियनका नेताहरु खोई जागेको ? ? 🙏🙏🙏

 ेपाल ❤️🙏❤️आज एमालेकोभन्दा ठुलो जुलुस राजावादीहरुको थियो ।तस्वीर हेरे हुन्छ । एकातिर मासुभात खुवाएर, ज्यालादारी दिएर, पे...
22/11/2025

ेपाल ❤️🙏❤️
आज एमालेकोभन्दा ठुलो जुलुस राजावादीहरुको थियो ।
तस्वीर हेरे हुन्छ । एकातिर मासुभात खुवाएर, ज्यालादारी दिएर, पेट्रोल हालिदिएर, गाडी रिजर्भ गरेर जम्मा गरिएका मान्छे । अर्कातिर आस्थाले राष्ट्र र राष्ट्रियता शिरमा राख्ने देशभक्त नागरिक । जर्ज शोरसले किन्दिएको रंगीबिरंगी झण्डाले होइन, राष्ट्रिय झण्डाले छात्ती चौडा हुन्छ ।

22/10/2025

सहयोगी भावना सहयोगी मन 💖🙏

 #महान्_व्यक्ति_उहाँको_लागि_जति_लेखेपनि_जति_भनेपनि_कम_हुनेछ🙏🙏🙏जनकपुरधाम—जहाँ इमरजेन्सीमा १० गुणा भाडा लिनेहरू पनि भेटिन्...
13/06/2025

#महान्_व्यक्ति_उहाँको_लागि_जति_लेखेपनि_जति_भनेपनि_कम_हुनेछ🙏🙏🙏
जनकपुरधाम—जहाँ इमरजेन्सीमा १० गुणा भाडा लिनेहरू पनि भेटिन्छन्, त्यही ठाउँमा गंगा जीजस्ता महान आत्मा निःशुल्क e-रिक्सा सेवा प्रदान गर्दै गर्भवती महिलाहरूको सेवा गरिरहनु भएको छ।
यो मात्र एक सेवा होइन, साँचो मानवता र सहानुभूतिको अद्भुत उदाहरण हो। यस्तो कार्यले समाजलाई नयाँ दिशा देखाउँछ र विश्वास दिलाउँछ, अझै पनि मानवता बाँकी छ।

गर्भवती महिला मात्र होइन, सम्पूर्ण समाजका लागि यो एक प्रेरणादायी कदम हो।
हामी सबैले यस्ता सकारात्मक सोच र कर्मलाई साथ दिनु आवश्यक छ, ताकि हाम्रो समाज अझ सहानुभूतिपूर्ण र सुन्दर बन्छ।

गंगा जीलाई हाम्रो हार्दिक सम्मान।🙏
समाज तपाईंजस्ता सेवाभावी व्यक्तित्वहरूबाट नै बदलिन्छ। ❤️

26/02/2025

Bijaypur Rautahat Nepal 🇳🇵🇳🇵🇳🇵

25/02/2025

💖💞❤️
💖💞❤️
❤️💞💖💞❤️

ट्याक्सी त्रिशुलीमा खस्दा एकै परिवारका पाँच जनाको मृत्यु भएका ट्याक्सि चालक अर्जुन सिर्मलले त्यही बाटो यात्रा गर्दै गरेक...
30/03/2024

ट्याक्सी त्रिशुलीमा खस्दा एकै परिवारका पाँच जनाको मृत्यु भएका ट्याक्सि चालक अर्जुन सिर्मलले त्यही बाटो यात्रा गर्दै गरेका आफन्तलाई फोन गर्दै अन्तिम पटक भनेका थिए :'दाई म डुब्न लागेँ मलाई बचाउनुहोस्' लगतै गाडी घुमाएर उनलाई खोज्न जाँदा उनिहरु डुबिसकेका थिए अनि उनिहरु भेटिएनन् ।

I've received 100 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉
25/03/2024

I've received 100 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

Address

Gaur
Gaur

Telephone

+9779845829944

Website

Alerts

Be the first to know and let us send you an email when Pawan PB Bhattarai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share