खयरमारा पोष्ट

खयरमारा पोष्ट जनतालाई सुसुचित र जनप्रतिनिधिलाई खवरदारी
खयरमारा पोष्टको जिम्मेवारी । We are officially registered as 'Media' under the name of 'Khayarmara Post Pvt. Ltd.

Company act 2063. Registration No:- 336037/80/81
We deliver news updates, photos and videos. Any queries mail at [email protected]

कार्तिक पूर्णिमाको चन्द्रमा। 🌝
05/11/2025

कार्तिक पूर्णिमाको चन्द्रमा। 🌝

सामाजिक सञ्जालमा हिंसा भड्काएको आरोपमा प्रहरीले डा. निकोलस भुसाललाई गोरखाको सरस्वती आश्रमबाट पक्राउ गरेको छ।
04/11/2025

सामाजिक सञ्जालमा हिंसा भड्काएको आरोपमा प्रहरीले डा. निकोलस भुसाललाई गोरखाको सरस्वती आश्रमबाट पक्राउ गरेको छ।

जल तथा मौसम विभागका अनुसार बिहिबार दिउँसोदेखि शनिबारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना रहेकोले कृपया सतर्कत...
28/10/2025

जल तथा मौसम विभागका अनुसार बिहिबार दिउँसोदेखि शनिबारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना रहेकोले कृपया सतर्कता अपनाउनुहोला।

27/10/2025

"अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी दीप र श्रद्धाले झलमल घाटमा बसिरहेका छठ भक्तजन 🙏🌅✨"

- बर्दिबास, महोत्तरी

छठ पर्वको पावन अवसरमा सबैलाई हार्दिक शुभकामना।बर्दिबास बजारमा रहेको पोखरीमा छठ पर्व मनाउँदै भक्तजनहरू। फोटो:- नविन बस्ने...
27/10/2025

छठ पर्वको पावन अवसरमा सबैलाई हार्दिक शुभकामना।
बर्दिबास बजारमा रहेको पोखरीमा छठ पर्व मनाउँदै भक्तजनहरू।
फोटो:- नविन बस्नेत/खयरमारामा पोस्ट

नवनियुक्त मन्त्री द्वय बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री तथा     स्वास्थ्य तथा जनसंख्या मन्‍त्री डा. सुधा शर्मा गौतमल...
26/10/2025

नवनियुक्त मन्त्री द्वय बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्‍त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेका छन् । आजै शपथ ग्रहण गरेका दुबै मन्त्रीले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

26/10/2025

खयरमारामा छठको चहलपल
छठ पूजा गर्नका लागि खयरमारा खोलामा घाट बनाउने तयारी हुँदै

बालेन शाह लेख्छन् : तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,यो देश विदेशीले बिगार्यो,Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ...
22/10/2025

बालेन शाह लेख्छन् : तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
यो देश विदेशीले बिगार्यो,

Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ ,
अरुलाई एजेन्ट भन्छौ !!!

आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ ,
काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !

चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !

लाज लाग्दैन ?

22/10/2025

बर्दिबास नगरपालिका वडा नं. १०/११ खयरमारामा यसपालि तिहार सँगसँगै धानबाली भित्र्याउने चटारो परेको छ।

20/10/2025

बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्लाद क्षेत्री ज्यू !

चाडपर्वको बेला छ, बर्दिबास १०/११ खयरमारा प्रवेश गर्ने मूल सडक मोटरसाइकलद्वारा प्रवेश गर्नेहरुका लागि कुनै धराप भन्दा कम छैन । हामी खयरमारा बासीहरू त बानी नै परेका छौं जसोतसो आउँछौं जान्छौँ । तर खयरमारा प्रवेश गर्ने कुनै पनि नव आगन्तुकहरू त्यस धरापमा दुर्घटनामा नपर्लान् भन्न सकिन्न। पहिला पनि यहाँ धेरै पटक दुर्घटना भइसकेको छ।

बर्दिबास नगरपालिका १० र ११ खयरमारा तपाईँको लागि टाढाको ठाउँ होइन । तपाईँ यहाँ बारबार आइ पनि रहनुहुन्छ ।
तर तपाईँ यहाँ बारबार आइरहनुभएको नगरबासी हामी खयरमारा बासीको पिर मार्का बुझ्न पटक्कै आउनुभएको होइन रहेछ। यदि आउनु नै भएको हुन्थ्यो भने खयरमारा प्रवेश गर्ने मूल सडकको हालत कस्तो छ थाहा छैन तपाईलाई ?? प्रवेश गर्ने मूल सडककै दुर्दशा नदेख्ने तपाईँले महोत्तरी जिल्लाकै कर्णाली भनेर चिनिने खयरमाराको माथिल्लो भेगका समस्याहरू कसरी देख्नुहुन्छ ??
तपाईँ त आफ्नो चारचक्के गाडीमा सरर्र अघिपछि आउने नगरवासीलाई धुलो खुवाउँदै आउनुहुन्छ होइन र ???
के तपाईँलाई हामीले यही धुलो खानलाई नै हाम्रो नगर प्रमुख बनाएको हो र ?? के तपाईँ नगर प्रमुख बन्नुमा हामी खयरमारा बासीको अमूल्य भोट छैन र ??

नगर प्रमुख ज्यू हजुरलाई हार्दिकताका साथ यो चुनौती भयो कि हजुर अब खयरमारा प्रवेश गर्दा मोटरसाइकल प्रयोग गरी सकुशल खयरमारा प्रवेश गरेर देखाउनुस् ??
बहुत हार्दिकताका साथ हजुरलाई खयरमारा बासीहरूले स्वागत गर्नेछन् ।
🙏🙏

20/10/2025

बर्दिबासमा तिहारको चहलपहल

🤭दसैँको लागि साटेर राखेका १०/२० का नोट उडाएर भिडियो बनाएर मेरो चरित्र ह'त्या गरियो ।पूर्व ऊर्जामन्त्री - दीपक खडक जेन्जी...
20/10/2025

🤭
दसैँको लागि साटेर राखेका १०/२० का नोट उडाएर भिडियो बनाएर मेरो चरित्र ह'त्या गरियो ।

पूर्व ऊर्जामन्त्री - दीपक खडक
जेन्जी पुस्ताको क्रान्तिपछि सपरिवार अमेरिका भागेका भनिएका पूर्व ऊर्जामन्त्री दीपक खड्का आज पत्रकार माझ आफ्नै निवासमा देखिएका छन् ।

Address

Bardibas
Gaur
44500

Alerts

Be the first to know and let us send you an email when खयरमारा पोष्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खयरमारा पोष्ट:

Share