23/07/2026
अनुत्तीर्ण प्रमाणपत्रका आधारमा गरुडा नगरपालिकाका कर्मचारीको नियुक्तिमाथि प्रश्न, छानबिनको माग।
रौतहटको गरुडा नगरपालिकामा कार्यरत कर्मचारी #धिरेन्द्र_प्रसाद_यादवको शैक्षिक योग्यता र स्थायी नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै छानबिन तथा कारबाहीको माग गरिएको छ।
उपलब्ध कागजातअनुसार, जिल्ला रौतहट, साविक जयनगर गाविस-१ हाल गरूडा-१ निवासी श्री रामबरण राय यादवका छोरा #धिरेन्द्र_प्रसाद_यादवले एस.आर.आई. टेक्निकल ट्रेनिङ सेन्टर, गौरबाट सञ्चालित १५ महिने सिभिल सब–ओभरसियर तालिम पूरा गरेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत लिइएको अन्तिम परीक्षामा सहभागी भई "अनुत्तीर्ण" भएको प्रमाणपत्र प्राप्त भएको छ।
यसैबीच, तत्कालीन गाउँ विकास समिति जयनगरले प्रकाशित गरेको प्राविधिक सहायक पदको विज्ञापनमा सम्बन्धित तालिम अनुत्तीर्ण शैक्षिक योग्यता रहेको उल्लेख छ।
यही विषयलाई लिएर Gen-Z गरुडा नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै धिरेन्द्र प्रसाद यादवको स्थायी नियुक्ति कानुनविपरीत भएको आरोप लगाएको छ। विज्ञप्तिमा अनुत्तीर्ण भएको व्यक्तिलाई स्थायी नियुक्ति दिइएको दाबी गर्दै नियुक्ति खारेज गर्न, सम्पूर्ण प्रक्रिया छानबिन गर्न तथा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरिएको उल्लेख छ।