Samanantar

Samanantar Welcome to "SAMANANTAR" NEWS page, here we provide the different types of News through Video & Photos.

08/10/2025

दाङ,२२ असोज । नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी–२०आई शृंखला जितेको छ । बुधबार विहान सम्पन्न पाँचौं तथा...

07/10/2025

दाङ,२१ असोज । समाजमा छरिएर रहेका नेपाली सेनाबाट अवकार प्राप्त व्यक्तिहरुलाई एकीकृत गर्ने गरि भूतपूर्व नेपाली सै....

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल टोली मङ्गलबार भियतनाम प्रस्थान गरेक...
07/10/2025

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल टोली मङ्गलबार भियतनाम प्रस्थान गरेको छ । नेपाली टोली भारतको नयाँ दिल्ली हुँदै भियतनाम गएको हो । छनोटको समूह ‘एफ’ मा रहेको नेपालले भियतनामसँग अक्टोबर ९ र १४ मा पहिलो र दोस्रो लेग खेल्ने तालिका छ । अक्टोबर १४ को दोस्रो लेग नेपालमा हुनुपर्ने थियो । तर, काठमाडौँको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्नका लागि एएफसीबाट अयोग्य ठहर भएपछि नेपालले यो खेल पनि भियतनामकै मैदानमा खेल्न लागेको हो ।

दाङ देउखुरीको राजपुर गाउँपालिका–३ प्रतापपुरमा सिचाइका लागि खेतमा जडान गरिएको सोलार। खेतमा खनिएको ट्युबवेलबाट पानी सोलार ...
07/10/2025

दाङ देउखुरीको राजपुर गाउँपालिका–३ प्रतापपुरमा सिचाइका लागि खेतमा जडान गरिएको सोलार। खेतमा खनिएको ट्युबवेलबाट पानी सोलार प्रविधिको माध्यमबाट तानेर किसानले सिचाइ गर्दै आएका छन्।
तस्वीर : लिलाधर वली

दोस्रो अन्तर्राष्ट्रिय क्वानकिडो सेमिनार-२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल क्वानकिडो संघको आयोजनामा काठमाडौंको...
06/10/2025

दोस्रो अन्तर्राष्ट्रिय क्वानकिडो सेमिनार-२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल क्वानकिडो संघको आयोजनामा काठमाडौंको सोह्रखुट्टे नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आर्ट्स केन्द्रमा असोजको २३ र २४ गते हुने अन्तर्राष्ट्रिय क्वानकिडो सेमिनारमा सहभागीताका लागि विभिन्न देशबाट पाउनाहरु आउन सुरु भएको छ ।

काठमाडौं, २० असोज । दोस्रो अन्तर्राष्ट्रिय क्वानकिडो सेमिनार-२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल क्वानकि...

आफ्नै स्कुटरमा जनसेवा गर्दै राप्तीका अध्यक्ष प्रकाश विष्टदाङ, २० असोज। स्थानीय तहका प्रमुखहरू प्रायः सरकारी सवारी साधनमै...
06/10/2025

आफ्नै स्कुटरमा जनसेवा गर्दै राप्तीका अध्यक्ष प्रकाश विष्ट
दाङ, २० असोज। स्थानीय तहका प्रमुखहरू प्रायः सरकारी सवारी साधनमै आवतजावत गर्ने गर्छन्। तर दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट भने पछिल्लो समय यस चलन तोड्दै आफ्नै विद्युतीय स्कुटरमा गाउँपालिकाभित्रका सबै कार्यसम्पादन र जनसम्पर्कका गतिविधिहरू गर्दै आउनुभएको छ।

गाउँपालिका बाहिरका लामो दूरीका यात्राबाहेक, पालिकाभित्रका बैठक, निरीक्षण, कार्यालयीय काम तथा जनभेटघाटजस्ता सबै गतिविधिमा उहाँ विद्युतीय स्कुटरमै पुग्ने गर्नुभएको छ। उहाँको यो कार्यशैलीले सादगी, मितव्ययिता र वातावरणमैत्री सोच बोकेको नेतृत्वको परिचय दिन थालेको छ।

अध्यक्ष विष्टका अनुसार आर्थिक मितव्ययिता कायम गर्न, जनताको करको सम्मान गर्न र वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्न उहाँले विद्युतीय स्कुटर प्रयोग गर्न थाल्नुभएको हो।
“पद ठूलो भएर होइन, सोच ठूलो भएर नेतृत्व महान् हुन्छ,” उहाँले भन्नुभयो, “जनताको करको सम्मान, वातावरणको सुरक्षा र सादगीपूर्ण जीवनशैली नै नयाँ युगको नेतृत्वको मार्ग हो।

जनप्रतिनिधि देखावटी होइन, उदाहरणीय हुनुपर्छ। सानो प्रयासले पनि ठूलो परिवर्तनको सुरुवात गर्न सकिन्छ।” राप्ती गाउँपालिकाको अध्यक्षको यस्तो पहलले गाउँभित्रका अन्य जनप्रतिनिधि र कर्मचारीहरूलाई ऊर्जा-संवेदनशील, जिम्मेवार र व्यवहारिक नेतृत्वतर्फ प्रेरित गरेको स्थानीयवासीहरू बताउँछन्। स्थानीय तहका कार्यालयहरूमा खर्चिलो सवारी साधन र विलासी जीवनशैली देखिँदै आएको अवस्थामा अध्यक्ष विष्टको विद्युतीय स्कुटर यात्रा एउटा सकारात्मक सन्देश बनेको छ। उहाँको यो कार्यले नेतृत्व पद होइन, जीवनशैली र सोचको उदाहरण हो भन्ने कुरा थप स्पष्ट पारेको छ।

05/10/2025

काटेको धान घरमा भित्र्याउदै देउखुरीका किसान

दाङको देउखुरीमा पानी पर्ने डरका कारण काटेकाे धान भित्र्याउदै किसान
05/10/2025

दाङको देउखुरीमा पानी पर्ने डरका कारण काटेकाे धान भित्र्याउदै किसान

एरिकाले जितिन् ऐतिहासिक स्वर्णकाठमाडौं,१८ असोज । मलेसियाको क्वालालम्पुरमा भएको कराते वान सिरिज ए मा एरिका गुरुङले ऐतिहास...
04/10/2025

एरिकाले जितिन् ऐतिहासिक स्वर्ण
काठमाडौं,१८ असोज । मलेसियाको क्वालालम्पुरमा भएको कराते वान सिरिज ए मा एरिका गुरुङले ऐतिहासिक स्वर्ण पदक जितेकी छन् ।
६८ केजीमाथिको स्पर्धाको फाइनलमा ट्युनिसियाकी साक्नी तेस्निमलाई हराउँदै एरिकाले स्वर्ण जितेकी हुन् ।यस प्रतियोगितामा एरिकाले पहिलोपटक स्वर्ण जितेकी हुन् ।नेपालबाट वर्षा बुढा मगर ५० केजीमूनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रशिक्षकमा कुशल श्रेष्ठ तथा निर्णायकमा तारा गुरुङ छन् ।

विजया दशमीको टीकाको शुभ साइत ११ः५३ बजेकाठमाडौं, १६ असोज  । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको ...
02/10/2025

विजया दशमीको टीकाको शुभ साइत ११ः५३ बजे
काठमाडौं, १६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११ः५३ बजे रहेको जनाएकाे छ । टीका लगाइ माग्ने पूर्व फर्केर लगाउनुपर्ने छ ।
समितिका अनुसार यस वर्षको विजया दशमीका दिन देवी बिसर्जन गर्ने शुभसाइत बिहान ९ः२३ बजे रहेको छ । आज बिहीबार विजया दशमीको दिन बिहानै देवी बिसर्जन गरी मान्यजनहरूबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ ।विजया दशमीको टीकाको शुभ साइत ११ः५३ बजेआजै अपराह्न १२:१९ बजे श्री तुलाजात्रा यात्रा सुरु हुने जानकारीसमेत समितिले दिएको छ । साथै, अपराह्न १ः४९ बजे स्थिरासन दिवस मनाइने र खड्ग जात्रासमेत सञ्चालन हुने उल्लेख गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले हस्ताक्षर गरी जारी गरेको सूचनामा यस वर्षको दशैंमा देवी विसर्जनदेखि टीका, जमरा ग्रहणसम्मको सबैजसो धार्मिक कर्मकाण्ड शुभ साइतमा गर्न सकिने जनाइएको छ ।

01/10/2025

दशैमा थारु सामुदायको नाच

29/09/2025

फूलपातिमा दाङको घोराही उपहानगरपालिका–१८ मा रहेको अम्बिकेश्वरी मन्दिरमा भिडभाड ।

Address

Dang
Ghorahi

Alerts

Be the first to know and let us send you an email when Samanantar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samanantar:

Share