Samanantar

Samanantar Welcome to "SAMANANTAR" NEWS page, here we provide the different types of News through Video & Photos.
(1)

बंगलाचुलीमा  ८ थान अवैध भरुवा बन्दुक बरामदमधुसूदन गिरी दाङ, १४ साउन । पछिल्लो समय दाङका विभिन्न जंगल तथा सामुदायिक वनबाट...
30/07/2026

बंगलाचुलीमा ८ थान अवैध भरुवा बन्दुक बरामद

मधुसूदन गिरी

दाङ, १४ साउन । पछिल्लो समय दाङका विभिन्न जंगल तथा सामुदायिक वनबाट अवैध भरुवा बन्दुक बरामद हुने क्रम जारी रहेको छ।

विशेष गरी बंगलाचुली क्षेत्रका सामुदायिक वनहरुबाट अवैध भरुवा बन्दुक बरामद हुने गरेको छ । जस अन्तर्गत इलाका प्रहरी कार्यालय कमिरेचौरले दाङको बंगलाचुली गाउँपालिका–६ स्थित लालिगुराँस सामुदायिक वन क्षेत्रबाट ८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय कमिरेचौरका प्रहरी सहायक निरीक्षक अनबहादुर पुनको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उक्त वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा भरुवा बन्दुकहरू फेला पारी बरामद गरेको हो।

बरामद गरिएका बन्दुकहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रहरी नियन्त्रणमा राखिएको छ। बरामद गरिएका बन्दुक कसले र किन जंगलमा लुकाएर राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दाङको घोराही उपमहानगरपालिका-१३ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बाह्रकुने दहमा रहेको बराह देवताको मन्दिर ।
30/07/2026

दाङको घोराही उपमहानगरपालिका-१३ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बाह्रकुने दहमा रहेको बराह देवताको मन्दिर ।

३५ केजी चरेससहित एक पक्राउदाङ, १३ साउन । दाङमा प्रहरीले ठुलो परिमाणमा लागुऔषध चरेसहित एक जनालाई पक्राउ गरेको छ । पूर्व–प...
29/07/2026

३५ केजी चरेससहित एक पक्राउ

दाङ, १३ साउन । दाङमा प्रहरीले ठुलो परिमाणमा लागुऔषध चरेसहित एक जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत गढवा गाउँपालिका–१ जुरौनीबाट ३५ केजी ५५० ग्राम लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा हेमबहादुर केसीका अनुसार पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका–२ निवासी २६ वर्षीय हिक्मत पुन रहेका छन् । बुधबार बिहान करिब १० बजे अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८३७ नम्वरको ईभी हाइस गाडीबाट चरेस बरामद गरेको हो ।

प्रहरीले गाडीमा रहेका दुईवटा झोला र एउटा सुटकेस जाँच गर्ने क्रममा प्लास्टिकले प्याक गरिएको ३५ प्याकेटमा रहेको ३५ केजी ५५० ग्राम चरेस बरामद गरेको प्रहरी नायव उपरीक केसीले जानकारी दिएका छन् । बरामद गरिएको चरेससहित पुनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी डा. केसीले जानकारी दिएका छन् । प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालले ७० वर्षमाथिका जेष्ठ नागरिक तथा असहाय–बेसहारा नागरिकलाई निःशुल...
29/07/2026

राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालले ७० वर्षमाथिका जेष्ठ नागरिक तथा असहाय–बेसहारा नागरिकलाई निःशुल्क उपचार सेवा सुरु गरेको छ । स्वास्थ्य सेवामा आर्थिक अवस्था बाधक नबनोस् भन्ने उद्देश्यले अस्पतालले चिकित्सकको परामर्श, स्वास्थ्य परीक्षण, आवश्यक औषधि र आधारभूत उपचार निःशुल्क दिन थालेको जनाएको छ ।

तुलबहादुर कवँर मगर दाङ, १३ साउन । दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालले ७० वर्षमाथि.....

आकाशे पानीको भरमा खेती हुने घोराही उपमहानगरपालिका–९ अन्तर्गत पर्ने पर्सेनीमा खेतमा धान हरियो हुने बेला गाई-बाख्रा चराउँद...
29/07/2026

आकाशे पानीको भरमा खेती हुने घोराही उपमहानगरपालिका–९ अन्तर्गत पर्ने पर्सेनीमा खेतमा धान हरियो हुने बेला गाई-बाख्रा चराउँदै किसान । ढिकपुर जलासयबाट पानीले केही किसानले धान खेती गरेपनि अधिकांश किसानको खेत बाँझै रहेको छ ।

घोराही–रामपुर–सिमलतारा सडक खण्डमा ईभी (विद्युतीय) सवारी बिना रुट परमिट सञ्चालन गरिएको भन्दै अटो व्यवसायीहरूले जिल्ला प्र...
29/07/2026

घोराही–रामपुर–सिमलतारा सडक खण्डमा ईभी (विद्युतीय) सवारी बिना रुट परमिट सञ्चालन गरिएको भन्दै अटो व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय दाङ अगाडि विरोध प्रदर्शन गरेका छन्।

तस्बिर : Sabin Priyasan

घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजमा आज बुधबार ब्यास जयन्ती तथा गुरु पूर्णिमा विशेष कार्यक्रम गरिएको छ । कलेजमा बिबिएस...
29/07/2026

घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजमा आज बुधबार ब्यास जयन्ती तथा गुरु पूर्णिमा विशेष कार्यक्रम गरिएको छ । कलेजमा बिबिएस तहमा अध्ययनरत विद्यार्थीहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले गुरुहरुलाई टीका लगाइनुका साथै उपहार दिएर सम्मान गरेका थिए ।

दाङ, १३ साउन । दाङको घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजमा आज बुधबार ब्यास जयन्ती तथा गुरु पूर्णिमा विशेष कार्य.....

29/07/2026

तुलसीपुरमा रहेको मावि सेन्टरमा अध्ययनरत विद्यार्थी

28/07/2026

बजारमा देखिएको ग्यास अभावलाई हटाउने गरी लागेका छौ : मोहनसिंह सुनार

प्रमुख, उपभोक्ता हित संरक्षण शाखा, घोराही उपमहानगरपालिका

लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। केन्द्रमा भएको नयाँ सत्ता समीकरण ...
28/07/2026

लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। केन्द्रमा भएको नयाँ सत्ता समीकरण अनुसार लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले राजीनामा दिएका हुन्। कांग्रेसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

राजीनामा दिने कांग्रेसका मन्त्रीहरू

सरोज थापा : सहरी विकास तथा खानेपानी
धनेन्द्र कार्की : आर्थिक मामिला
प्रचण्डविक्रम न्यौपाने : उद्योग, पर्यटन तथा यातायात
जन्मजय तिमिल्सेना : सामाजिक विकास
देवकरण कलवार : वन तथा वातावरण

Address

Dang
Ghorahi

Alerts

Be the first to know and let us send you an email when Samanantar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samanantar:

Shortcuts

Share