Voice Of Dang

Voice Of Dang Voice of Dang was created to expose Dang's latest, fast, reliable, and trustworthy activities.

लमहीमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु लमहीमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।पूर्व...
16/12/2024

लमहीमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु

लमहीमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही–काेहलपुर सडकखण्डमा कपिलवस्तुबाट बर्दिया जादैँ गरेको लु १ ज ४२९८ नम्बरको मिनी बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे हाे।

दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका–३का ६० वर्षीया फुलसी थारु र सोही ठाउँ निवासी ४२ वर्षीया त्रीथी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ।

दुर्घटनामा शिवराज नगरपालिका–३ निवासी ४५ वर्षीय मिथिया थारु, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारु, ७७ वर्षीया दर्शनी थारु, ६० वर्षीया महंगी थारु, ४० वर्षीया सरीता थारु, ५५ वर्षीया रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव घाइते भएका छन्।

उनीहरूकाे लमही अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ।

बस साेमबार लमही नगरपालिका-९ च्याउ खोला नजिक बिहान ६ बजे अनियन्त्रित भइ दुर्घटनामा परेकाे हाे।

राष्ट्रिय स्वतन्त्र पार्टी दाङले घोराही उपमहानगरपालिका वडा नं ११ खैरामा आज एक कार्यक्रम गरि चित्र बहादुर ओलीको नेतृत्वमा...
17/11/2024

राष्ट्रिय स्वतन्त्र पार्टी दाङले घोराही उपमहानगरपालिका वडा नं ११ खैरामा आज एक कार्यक्रम गरि चित्र बहादुर ओलीको नेतृत्वमा ५५ सदस्यीय वडा समिति बिस्तार गरेको छ।

01/07/2024

दु:खद खबर

रोल्पामा जि*प दु*र्घ*ट*ना हुँदा ८ जनाकाे मृ*त्यु भएकाे छ। दुर्घ*टना*मा ६ जना घा*इते भएका छन्।

मृ*त्यु हुनेमा एक बालकसहित ८ जना भए पनि उनीहरूकाे परिचय खुल्न बाँकी छ।

माडी गाउँपालिका २ घर्तीगाउँबाट माडी ४, तलाबाङ जाँदै गरेको लु.१ज ३२५२ नम्बरको जिप परेवा छहरामा सोमबार दिउँसो दु*घर्ट*ना भएको हाे।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घा*इते*हरुलाई उप*चार*का लागि प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँमा पठाएको छ।

दुर्घ*टना*मा घाइतेहरूको अवस्था चि*न्ताज*नक छ। जि*प सड*कबाट करिब ४ सय मिटर तल ख*सेको बताइएकाे छ।

भिडियाे: बुद्धिमान वली

दाङमा गर्मीले विद्यार्थी बेहोसदाङको तुलसीपुर उपमहानगपालिका-११ उरहरीस्थित अमर माध्यमिक विद्यालयमा गर्मीले विद्यार्थी बेहो...
12/06/2024

दाङमा गर्मीले विद्यार्थी बेहोस

दाङको तुलसीपुर उपमहानगपालिका-११ उरहरीस्थित अमर माध्यमिक विद्यालयमा गर्मीले विद्यार्थी बेहोस भएका छन्।

आज बुधबार मात्र ८ जना विद्यार्थी बेहोस भएको विद्यालयका शिक्षक निर्मल वलीले जानकारी दिए।

उनकाअनुसार यसअघि (हिजो–अस्ति)का दिनमा पनि एक/दुई जना विद्यार्थी बेहोस हुने गरेको र केही समयको आरमपछि होसमा आउने गरेका थिए। तर बुधबार बिहान विभिन्न कक्षा कोठमा बसेकै समयमा ८ जना विद्यार्थी बेहोस भएको शिक्षक वलीले बताए।

अहिले विद्यार्थीको उरहरी स्वास्थ्य चौकीका प्रमुख अहेव चित्रबहादुर वली विद्यालयमै पुगेर उपचार गरिरहेका छन्।

गर्मीले शरीरमा पानीको कमी भएपछि विद्यार्थीलाई समस्या देखिएको अहेव वलीले बताएका छन्।

उरहरी क्षेत्रमा अहिले तातो हावा (लू)चलेको छ। ‘यहाँ (उरहरी)मा हावा तातो हावा चलेको छ। जसले गर्दा विद्यार्थीलाई समस्या भएको छ’, शिक्षक वलीले भने।

तुलसीपुर क्षेत्रमा यही १८ गतेदेखि २२ गतेसम्म गर्मी बिदा गरिएको भए पनि पानी परेपछि २१ गते नै विद्यालय सञ्चालन गरिएको थियो।
तर दुई–तीन दिनदेखि फेरि गर्मी बढेको छ। गर्मी बढेपछि पुन: विद्यालय बन्द गर्नुपर्ने माग उठिरहेको छ।

‘मनसुन भित्रिएपछि विद्यालय सञ्चालन गरेका थियौँ। तर फेरि गर्मी बढेको छ। विद्यालय बन्द गर्नुपर्ने माग पनि आइरहेको छ’, तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखामा कार्यरत बमहादुर पुन मगरले भने।

उनी अधिकांश विद्यालय अहिले टीन (जस्ता)ले छाएको हुँदा पनि विद्यार्थीलाई पढ्न असहज भएको हुन सक्ने बताउँछन्।

किसानमाथि प्रहरीको लाठी चार्जदाङको घाेराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गु...
02/06/2024

किसानमाथि प्रहरीको लाठी चार्ज

दाङको घाेराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसानमाथि प्रहरील लाठी चार्ज गरेको छ।

गणतन्त्र दिवसमा दाङ प्रहरीले बृक्ष रोपण गर्दै
28/05/2024

गणतन्त्र दिवसमा दाङ प्रहरीले बृक्ष रोपण गर्दै


Good Morning मनकामना मन्दिर!
26/05/2024

Good Morning
मनकामना मन्दिर!

Happy Buddha Purnima Voice Of Dang
23/05/2024

Happy Buddha Purnima

Voice Of Dang

साेमबारकाे हुरीले दाङमा घरहरूमा क्षति ।
21/05/2024

साेमबारकाे हुरीले दाङमा घरहरूमा क्षति ।

घाेराहीमा विद्युत काटिदै।
17/05/2024

घाेराहीमा विद्युत काटिदै।

शुभप्रभात! Good morning !फूलकाे नाम थाहा छ?
15/05/2024

शुभप्रभात! Good morning !
फूलकाे नाम थाहा छ?

11/05/2024

बन्चरो प्रहार गरर दुई महिलाको हत्या

दाङकाे घोराही उपमहानगरपालिका-१० पहेलपारमा बञ्चराे प्रहार गरि दुई महिलाकाे हत्या भएकाे छ।

शनिबार अपराह्न अटो चालक रोल्पा थबाङ घर भई हाल घोराही-१७ चौघेरा बस्ने ५८ वर्षीय टेकबहादुर घर्तीले बन्चरो प्रहार गरी सुर्खेत घर भई हाल घोराही-१० पहेलपार बस्ने ४४ वर्षीया संगीता सुनार र रूकुम घर भई पहेलपार बस्ने ५० वर्षीया जुपली बुढाको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घर्तीले घरभित्रै पसी हत्या गरेका हुन्। उनलाई प्रहरीले पक्राउ गरेकाे छ।

घर्तीले प्रारम्भिक बयानमा दुई महिलाले लामो समयदेखि अटोमा चढेर पैसा नदिएपछि आक्रोशित भएर हत्या गरेको बताएका छन्।

Address

Dang
Ghorahi

Alerts

Be the first to know and let us send you an email when Voice Of Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice Of Dang:

Share