Goraksha Daily

Goraksha Daily Goraksha Daily

22/08/2026

दाङ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशै.....

साधारण नमुना माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागतदाङ, ६ भदौ । राजपुर गाउँपालिका–५ सालभौरीस्थित श्री साधारण नमुना माध्...
22/08/2026

साधारण नमुना माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

दाङ, ६ भदौ । राजपुर गाउँपालिका–५ सालभौरीस्थित श्री साधारण नमुना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका छन् ।

कक्षा १२ का छात्र सन्जय यादवको अध्यक्षतामा भएको कार्यक्रममा राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले गाउँपालिकाअन्तर्गतका विद्यालयमा निःशुल्क शिक्षा प्रदान गर्दै आएको बताए । उनले आगामी दिनमा पनि निःशुल्क शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका थिए ।

अध्यक्ष बुढाथोकीले विद्यालयको शैक्षिक विकासमा शिक्षक तथा विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षकप्रति सम्मान व्यक्त गरेका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नागेन्द्रप्रसाद यादव, शिक्षकहरू मानबहादुर केसी, विमला विटालु, रसिला रावत,विद्यार्थी विजय हरिजनलगायतले शुभकामना तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन कक्षा १२ का कक्षा शिक्षक चुडामणि पाण्डे र छात्र सुभाष यादवले गरेका थिए ।

घोराहीमा बीपी कोइरालाको शालिक पुनःस्थापनादाङको घोराही उपमहानगरपालिका–१५ स्थित बीपी चोकमा नेपाली कांग्रेसका संस्थापक एवं ...
22/08/2026

घोराहीमा बीपी कोइरालाको शालिक पुनःस्थापना

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित बीपी चोकमा नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पूर्ण कदको शालिक पुनःस्थापना गरिएको छ। गत वर्षको भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड भएपछि शालिक रहेको स्थान खाली थियो ।

तीन लाख बढीलाई आँखा उपचार सेवा, १४ हजार चार सयको शल्यक्रिया
22/08/2026

तीन लाख बढीलाई आँखा उपचार सेवा, १४ हजार चार सयको शल्यक्रिया

तुलसीपुर, ६ भदौ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज तुलसीपुर, दाङ अन्तर्गत स.....

शुभ प्रभातगोरक्ष राष्ट्रिय दैनिक२०८३ भदौ ६ गते शनिबारको अंक
22/08/2026

शुभ प्रभात

गोरक्ष राष्ट्रिय दैनिक

२०८३ भदौ ६ गते शनिबारको अंक

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भेन्टिलेटर हस्तान्तरणघोराही,५ भदौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु ...
21/08/2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भेन्टिलेटर हस्तान्तरण

घोराही,५ भदौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु काठमाडौंले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई एक थान भेन्टिलेटर हस्तान्तरण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाको पत्र अनुसार सचिबस्तरीय निर्णय बमोजिम टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेको स्वास्थ्य उपकरण प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो।

अस्पतालले भदौ ५ गते जारी गरेको पत्रमार्फत प्रतिष्ठानलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरी पठाइएको जानकारी गराएको छ। पत्रमा उल्लेख भएअनुसार Aeonmed कम्पनीको एक थान भेन्टिलेटर प्रतिष्ठानलाई उपलब्ध गराइएको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक अनुप बाँस्तोलाले प्रतिष्ठानका डेपुटि म्यानेजर आत्मराम बस्नेतलाई उपकरण हस्तान्तरण गर्नु भएको थियो ।

बास्तोलाद्वारा हस्ताक्षरित पत्रमा प्रतिष्ठानले उक्त भेन्टिलेटरलाई आफ्नो PAMS System मा आम्दानी बाँधी प्रमाणित गर्नसमेत अनुरोध गरिएको छ।भेन्टिलेटर हस्तान्तरणसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गम्भीर अवस्थाका बिरामीको उपचार तथा आकस्मिक सेवामा थप सहयोग पुग्ने प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक, सह प्राध्यापक डा. सुरेश रसाइलीले जानकारी दिएका छन् ।

21/08/2026

दाङ, ५ भदौ । लुम्बिनी प्रदेशमा साढे दुई महिनाको अवधिमा मनसुनजन्य विपदमा परी ८५ जनाको मृत्यु भएको छ । जेठ १८ गतेदेख.....

21/08/2026

ब्रह्माकुमारीज अन्तर्राष्ट्रिय पूर्वमुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिको १९औँ पुण्यस्मृतिको अवसरमा घोराहीमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। ब्रह्माकुमारीज नेपाल समाज सेवा विभाग दाङको आयोजनामा तथा रक्त सञ्चार केन्द्र दाङको प्राविधिक सहयोगमा ‘विश्व बन्धुत्व रक्तदान महाअभियान–२०८३’ अन्तर्गत भदौ ७ गते रक्तदान कार्यक्रम गर्न लागिएको ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रका प्रवक्ता ब्रह्माकुमार माधव तिमिल्सेनाले जानकारी दिएका छन्।

21/08/2026

२०८३ भदौ ५ गतेको अंकको E-paper

नेपाली कांग्रेस खुला पार्टी भएकोले पनि होला यस्ता भेला र सभाहरु आजमात्र नभई पहिलेदेखि नै हुँदै आएका हुन् तर नेपाली कांग्...
21/08/2026

नेपाली कांग्रेस खुला पार्टी भएकोले पनि होला यस्ता भेला र सभाहरु आजमात्र नभई पहिलेदेखि नै हुँदै आएका हुन् तर नेपाली कांग्रेसका हिजोका नेताहरु जनता राष्ट्रका निमित्त समर्पित थिए तर आजको परिस्थिति अलि भिन्न खालको देखिएको छ । यो राम्रो भएन ।

स्वास्थ्य उपचार गरी फर्किए शेरबहादुर ।इतर पक्षको नाममा भेला गर्न खातिर ??उनी त नेता हुन्, देशका कांग्रेसका सर्वश्....

Address

Ghorahi Metropolitan
Ghorahi
22400

Alerts

Be the first to know and let us send you an email when Goraksha Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Goraksha Daily:

Shortcuts

Share