02/11/2025
नया गीत “जुत्ता टल्किय” बजारमा आएको छ , केहि समय पहिले मात्रै आएको गीत मकै बारी दर्याम दर्याम गीतले चार करोड भन्दा बढी भिउ पाएर दर्सकको मन जितिसकेको छ भने गीत चर्चित भैसकेको छ बच्चा देखि बुढा सम्मलाई यो गीतको बारेमा थाहा छ हो यहि गीतका गायक तथा मोडेल बिशाल सोनीको स्वरमा यो गीत बजारमा आएको छ र जसमा गायिका सुनितामी परियारले स्वरमा साथ् दिएकी छन् ।
गायक तथा मोडेल बिशाल सोनीका गुलेली तन्कियो , घन ठोकाई , चिनी र चियापत्ती ,साढे गोरु ,सिकारी लगायत थुप्रै गीतहरु बजारमा छन् तर पनि बिशाल सोनी भनेर चिनाएको गीत भने मकै बारी दर्याम दर्याम नै हो अहिले उनि मेला महोत्सबमा निकै व्यस्त छन् अहिले पछिल्लो समयमा उनको नाम निकै चर्चामा पुगेको छ ।
फेरी उनले अर्को नया कोसेली बजारमा लिएर आएका हुन् सब्द सन्दिप सेन्चुरी र लय मदन मुस्कानको रहेको छ डाइनामिक स्टुडियोमा रेकड भएको गीतलाई याम थापा मगरले एरेन्ज गरेका हुन् भने लक्षमण बिस्वकर्माले रेकड र बिमल छिनालले मिक्सिङ्ग गरेका हुन् साथै तबला र ड्रम सेटमा भुवन गन्दर्भ ,बासुरीमा गोपाल देब ,सनाहिमा समिर जैरु रहेका छन् ।
भिडियोको निर्देसन तथा कोरियोग्राफी मुकेश नेपालीले गरेका हुन् भने भिडियोलाई बुद्द थापाले खिचेका हुन् साथै आफ्नो नामलाई सम्पादनमा छुटै पहिचान बनाउन सफल भएका चर्चित सम्पादक मनोज कार्कीले कलर सम्पादन गरेका छन् । यो भिडियोको मेकअप सरिता मगरले गरेकी हुन् भने आइटी सपोटमा राजेन्द्र अर्यालले साथ् दिएका छन् ।
भिडियोमा चर्चित नायिका प्रियंका कार्की ,बिशाल सोनी , गुरास नानी ,भिम खड्का ,लालुमाय पाख्रिन ,भोले भण्डारी ,श्री कृष्ण दाहाल , दीपक र द अफ्रिकन टिमको दमदार अभिनय रहेको छ भने भिडियो बिशाल सोनीको अफिसियल युटुब च्यानल बाट बजारमा आएको छ ।
अडियो तथा भिडियो निर्माण भने बिशाल सोनी अफिसियल बाट गरिएको छ साथमा होटेल होलि इन कृष्ण कार्की ,सिमा सुनार, मान जिसी ,राजेन्द्र परियार , बिनोद परियार , नारायण नेपाली , प्रेम चलाउने ,मनोज बिन्दास ,मोनन भण्डारी ,रोयल किङ्ग , अभिशेख मल्ल ,सन्देश चन्द,सुलभ पौडेल , दिनेश अग्री , जीबी कान्छा र सुरज लाइ बिसेष धन्यबाद व्यक्त गरिएको छ ।
🖋️ Birendra Oli
हेर्नुहोस भिडियो।