Mero Dang HD

Mero Dang HD दाङ डिजिटल मिडिया प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : ४१९५-२०८०/२०८१

पार्टीको नाम - नेकपा समाजवादीचुनाव चिह्न - पाँचकुने तारा आठ कम्युनिस्ट पार्टीहरू माओवादी केन्द्रका पुष्पकमल दाहाल संयोजक...
03/11/2025

पार्टीको नाम - नेकपा समाजवादी
चुनाव चिह्न - पाँचकुने तारा

आठ कम्युनिस्ट पार्टीहरू माओवादी केन्द्रका पुष्पकमल दाहाल संयोजक र नेकपा (एस)का माधवकुमार नेपाल सहसंयोजक हुने गरी एकता गर्न सहमत भएका छन्। नयाँ पार्टीको नाम नेकपा समाजवादी र चुनाव चिन्ह पाँचकुने तारा हुनेछ।

भारतीय क्रिकेट बोर्ड (BCCI) ले महिला विश्वकप जितेको अवसरमा भारतीय टोलीलाई ५१ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। स...
03/11/2025

भारतीय क्रिकेट बोर्ड (BCCI) ले महिला विश्वकप जितेको अवसरमा भारतीय टोलीलाई ५१ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। सचिव देवजीत साइकियाका अनुसार यो रकम खेलाडी, प्रशिक्षक अमोल मुझुमदार, चयनकर्ता र सम्पूर्ण समर्थन टोलीलाई वितरण गरिनेछ। यो रकम आईसीसीले तोकेको ४२ करोड रुपैयाँ बराबरको आधिकारिक पुरस्कारबाहेक अतिरिक्त रूपमा प्रदान गरिने हो।

जेनजि आन्दोलनपछि घाेराही उपमहानगरले करारमा रहेका सहायक पाँचौं स्तरका कर्मचारीहरुलाई साउन १ देखि कार्यालय सहयोगि पदमा रुप...
03/11/2025

जेनजि आन्दोलनपछि घाेराही उपमहानगरले करारमा रहेका सहायक पाँचौं स्तरका कर्मचारीहरुलाई साउन १ देखि कार्यालय सहयोगि पदमा रुपान्तरण गरेर नयाँ नियुक्तिसहित तलब सुबिधा दिएको पुर्ब वडा अध्यक्ष जितेन्द्र शाहले सामाजिक सन्जालबाट खुलासा गरेका छन ।

जेनजि आन्दोलनपछि सुटुक्क ६ जनालाइ कानुन बिपरित नगर प्रहरीमा नियुक्ति दिइयो- पुर्ब वडा अध्यक्ष शाहदाङ । घोराही ८ का पुर्ब...
03/11/2025

जेनजि आन्दोलनपछि सुटुक्क ६ जनालाइ कानुन बिपरित नगर प्रहरीमा नियुक्ति दिइयो- पुर्ब वडा अध्यक्ष शाह
दाङ । घोराही ८ का पुर्ब वडा अध्यक्ष जितेन्द्र शाहले घोराही उपमहानगरमा जेनजि आन्दोलनपछि सुटुक्क ६ जनालाई नगर प्रहरीमा नियुक्ति दिएको खुलासा गरेका छन । शाहले फेसबुकमा लेख्दै भनेका छ्न-घोराही उपमहानगरपालिकामा जेनजि आन्दोलनपछि सुटुक्क ६ जनालाई नगर प्रहरीमा नियुक्ति दिइएको छ, जो कानुन बिपरित ।´

आठ दलबीच पार्टी एकता सहमतिपत्रमा हस्ताक्षर
02/11/2025

आठ दलबीच पार्टी एकता सहमतिपत्रमा हस्ताक्षर

02/11/2025

नेपाल प्रिमियर लिग (NPL) को ट्रफि - लमही स्थित देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा
Video Credit: Lamahi Bazzar

02/11/2025

विद्युत महशुल नतिरेका कारण सरकारले विद्युत काटिदिएपछि घोराही (सगरमाथा) सिमेन्ट र सोना सिमेन्टका मजदुरहरु आन्दोलित भएका छन । उनिहरुले विद्युत कार्यालय घोराही घेराउ गरेका छन ।
Video Credit: कुलदिप न्यौपाने

नेपाल प्रिमियर लिग (NPL) को ट्रफी दाङमा !!!
02/11/2025

नेपाल प्रिमियर लिग (NPL) को ट्रफी दाङमा !!!

शिक्षा मन्त्री महावीर पुनले सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन् । मन्त्री पुन सामाजिक सञ्जालमा...
02/11/2025

शिक्षा मन्त्री महावीर पुनले सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन् । मन्त्री पुन सामाजिक सञ्जालमा लेख्छन्, 'केही केही आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ। सर्को ताने पनि केही छैन। तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ।'

बाँसबारीको जग्गा: चौधरी ग्रुपबाट फिर्ता ल्याइयो, एमाले नेताबाट निरन्तर अवरोधकाठमाडौं । चौधरी ग्रुपले हडपेको बाँसबारीको १...
01/11/2025

बाँसबारीको जग्गा: चौधरी ग्रुपबाट फिर्ता ल्याइयो, एमाले नेताबाट निरन्तर अवरोध
काठमाडौं । चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याइएपछि बाल मुटु उपचारका लागि गंगागाल अस्पताललाई दिने तयारीमा एमालेबाट निर्वाचित वडाध्यक्ष बाधक बनेका छन्, जोसामु काठमाडौँका मेयर बालेनसमेत निरीह देखिन्छन्।

जोखिमपूर्ण यात्रा :- वर्षौंदेखि मर्मत् अभावमा कालोपत्रे उप्किएर जीर्ण बनेको शहीद मार्ग हुँदै क्षमता भन्दा बढी यात्रु बोक...
01/11/2025

जोखिमपूर्ण यात्रा :- वर्षौंदेखि मर्मत् अभावमा कालोपत्रे उप्किएर जीर्ण बनेको शहीद मार्ग हुँदै क्षमता भन्दा बढी यात्रु बोकेर रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको यात्रुवाहक बस । सडकको अवस्था बिग्रदा र सीमित संख्यामा मात्र बस सञ्चालन हुने भएकाले पहाडी भेगका यात्रुहरू दैनिकरूपमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
तस्बिर: कुलदीप न्यौपाने

जेन-जी आन्दोलनको क्रममा चोरी, तो'डफो'ड, लु'टपाट जस्ता घटनामा संलग्न २५१ जना पक्राउ परेका छन् भने, पक्राउ पर्नेहरू मध्ये ...
01/11/2025

जेन-जी आन्दोलनको क्रममा चोरी, तो'डफो'ड, लु'टपाट जस्ता घटनामा संलग्न २५१ जना पक्राउ परेका छन् भने, पक्राउ पर्नेहरू मध्ये धेरै जसो पहिलादेखि नै अरु मुद्दामा पनि संलग्न रहेको पाइएको छ ।

Address

Ghorahi
22400

Alerts

Be the first to know and let us send you an email when Mero Dang HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero Dang HD:

Share