Mero Dang HD

Mero Dang HD दाङ डिजिटल मिडिया प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : ४१९५-२०८०/२०८१
(4)

दाङकाे तुलसीपुर स्थित त्रिसिद्देश्वरी मन्दिरमा साउनकाे अन्तिम साेमबार भक्तजनकाे घुँईचाे📸: Live Dang
10/08/2026

दाङकाे तुलसीपुर स्थित त्रिसिद्देश्वरी मन्दिरमा साउनकाे अन्तिम साेमबार भक्तजनकाे घुँईचाे

📸: Live Dang

धारापानी मन्दिरमा भजन साँझ हुनेघोराही, साउन २५ गते । घोराही उपमहानगरपालिका–५ धारापानीस्थित प्रसिद्ध धार्मिकस्थल धारापानी...
10/08/2026

धारापानी मन्दिरमा भजन साँझ हुने

घोराही, साउन २५ गते । घोराही उपमहानगरपालिका–५ धारापानीस्थित प्रसिद्ध धार्मिकस्थल धारापानी मन्दिरमा सोमबार भजन साँझ हुने भएको छ ।

श्रावण महिनाको अन्तिम सोमबारको अवसरमा रोट्र्याक क्लब अफ दाङको आयोजनामा भजन साँझ गर्न लागिएको हो । भजन साँझ सोमबार (आज) साँझ ४ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

भजन साँझमा विभिन्न धार्मिक भजन प्रस्तुत गरिने जनाइएको छ । कार्यक्रममा सहभागी भई धार्मिक तथा सांस्कृतिक वातावरणमा रमाउन रोट्र्याक क्लब अफ दाङका अध्यक्ष अभिषेक बोहोराले भक्तजन तथा स्थानीयवासीलाई आग्रह गर्नुभएको छ ।

४ महिना पछि बदलियो प्रधानमन्त्रीको गेट अप !!!कालो चश्मा आउट, राष्ट्रपति इन 🇳🇵🇳🇵
10/08/2026

४ महिना पछि बदलियो प्रधानमन्त्रीको गेट अप !!!
कालो चश्मा आउट, राष्ट्रपति इन 🇳🇵🇳🇵

दाङका यी विद्यालय र संस्थाहरूमा शिक्षक तथा कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!!Teacher and Staff Vacancy ।। शिक्षक तथा क...
10/08/2026

दाङका यी विद्यालय र संस्थाहरूमा शिक्षक तथा कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!!

Teacher and Staff Vacancy ।। शिक्षक तथा कर्मचारी आवश्यकता
-----------------------------------------------
| | | | | |

दाङको लमही नगरपालिका–५, रातोडाँडास्थित चेकपोष्टबाट प्रहरीले भन्सार छली गरी ल्याइएको अन्दाजी ८८ हजार २ सय रुपैयाँ बराबरको...
10/08/2026

दाङको लमही नगरपालिका–५, रातोडाँडास्थित चेकपोष्टबाट प्रहरीले भन्सार छली गरी ल्याइएको अन्दाजी ८८ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ। २०८३ साउन २४ गते सवारीसाधन चेकजाँच गर्ने क्रममा प्रहरीले बिलविजक नभएका विभिन्न प्रकारका मोबाइल चार्जर, ब्याट्री तथा कपडाहरू बरामद गरेको हो।

बरामद सामान आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय लमहीमा राखिएको प्रहरीले जनाएको छ। सामानको थप अनुसन्धान गरी आवश्यक प्रक्रिया पूरा गरेर भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

रास्वपा महामन्त्री आचार्य : प्रदेश र स्थानीय तहले केन्द्रका कार्यक्रम रोकिरहेका छन्रुपन्देही । रास्वपाका महामन्त्री विपि...
10/08/2026

रास्वपा महामन्त्री आचार्य : प्रदेश र स्थानीय तहले केन्द्रका कार्यक्रम रोकिरहेका छन्

रुपन्देही । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले सङ्घीय सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम प्रदेश र स्थानीय तहबाट अवरोध भइरहेको दाबी गरेका छन्।

रुपन्देहीमा आयोजित पार्टीको नेतृत्व पदस्थापन तथा पार्टी प्रवेश कार्यक्रममा उनले ३६ वर्षदेखिको बेथिति चार महिनामै सुधार्न सम्भव नभएको भन्दै सरकारलाई कम्तीमा पाँच वर्ष साथ दिन आग्रह गरे।

आचार्यले सरकार गलत बाटोमा गए प्रश्न गर्न आग्रह गर्दै नागरिकको खबरदारीले सरकारलाई अझ बलियो बनाउने बताए। आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनमा पनि रास्वपालाई साथ दिन उनले अपिल गरे।

कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य तथा सांसदहरू सुलभ खरेल र ज्ञानु पौड्याललगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौँ जना रास्वपामा प्रवेश गरेका थिए।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन भएको छ। यसअघि साउन २६ गते आउने भनिएका देउवा...
08/08/2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन भएको छ। यसअघि साउन २६ गते आउने भनिएका देउवा अब साउन २८ गते बिहीबार दिउँसो १२:३० बजे काठमाडौं आइपुग्नेछन्।

सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको छ। कालिमाटी गाउँपालिका - ३ स्थित धरानी सामु...
08/08/2026

सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको छ। कालिमाटी गाउँपालिका - ३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार साँझ भएको घटनामा कालिमाटी गाउँपालिका - २ बराहढुंगा निवासी करिब ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शिकार खेल्न भन्दै साथीहरूसँग जंगल गएका पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा गोली लागेको थियो।

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई पितृशोक परेको छ। उनका बुवा जर्न मेस्सीको ६८ वर्षको उमेरमा नि'धन भएको छ।
08/08/2026

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई पितृशोक परेको छ। उनका बुवा जर्न मेस्सीको ६८ वर्षको उमेरमा नि'धन भएको छ।

ॐ शं शनैश्चराय नमःआज शनिबार-शनिदेवको कृपाले तपाईं र तपाईंको परिवारको जीवनमा रहेका सम्पूर्ण दुःख, कष्ट र बाधाहरू हटेर जाओ...
08/08/2026

ॐ शं शनैश्चराय नमः

आज शनिबार-शनिदेवको कृपाले तपाईं र तपाईंको परिवारको जीवनमा रहेका सम्पूर्ण दुःख, कष्ट र बाधाहरू हटेर जाओस्

सुख, शान्ति र समृद्धिको बास होस्

शुभ शनिबार 🙏

Address

Ghorahi
22400

Alerts

Be the first to know and let us send you an email when Mero Dang HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero Dang HD:

Shortcuts

Share