Tikaram Magar

Tikaram Magar यस्तै रमाइलो भिडियो हेर्नकोलगी हाम्रो ,हाम्रो पेज लाई फलो लाईक गर्दिनुहोला धन्यबाद

दाङ जिल्लाको संक्षिप्त परिचय
"

दाङ जिल्लाको संक्षिप्त परिचय"

नेपालको मानचित्रमा ८२ डिग्री २’ देखि ८२ डिग्री ५४’ सम्म पूर्वी देशान्तर र २७o ३६’ देखि २८o २९’ सम्म उत्तरी अक्षांश बीच फैलिएर रहेको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने राप्ती अञ्चलको दाङ जिल्लाको क्षेत्रफल २९५५ वर्ग कि.मि. छ । यस जिल्लाको दक्षिणी सिमाना भारतको उत्तर प्रदेशका बलरामपुर र श्रावस्ती गरी २ वटा जिल्ला सँग जोडिएको छ भने उत्

तरमा राप्ती अञ्चलकै सल्यान, प्यूठान र रोल्पा जिल्लाहरु पर्दछन् । त्यसै गरी पूर्वी सिमानामा राप्ती अञ्चलको प्यूठान र लुम्बिनी अञ्चलको अर्घाखाँची तथा कपिलवस्तु जिल्लाहरु पर्दछन् भने पश्चिममा राप्ती अञ्चलकै सल्यान र भेरी अञ्चलको बाँके जिल्लाहरु पर्दछन् । पूर्व पश्चिम राजमार्गको झण्डै ८० कि.मि. क्षेत्र अ‍ोगट्ने यो जिल्ला राप्ती अन्चलको प्रवेश तथा निकाश द्वारको रुपमा रहेको छ ।

भौगोलिक रुपमा यस जिल्लामा भित्री मधेसका समथर फाँटहरु, यी फाँटहरुलाई चारैतिरवाट घेर्ने साना तथा मध्यम पहाडहरु समेतवाट निर्मित दुई उपत्यकाहरु र पहाडी धरातल (महाभारत तथा चुरे) समेत रहेका छन् । यी उपत्यकाहरु मध्ये उत्तरी अर्थात माथिल्लो उपत्यका ‘दाङ’ र दक्षिणी अर्थात तल्लो उपत्यका ‘देउखुरी’ को नामवाट परिचित छन् । दाङ उपत्यका नेपालकै सर्वाधिक ठुलो उपत्यकाको रुपमा मात्र परिचित नभई एसियाकै ठूला उपत्यकाहरु मध्ये एक मानिन्छ । थारु, क्षेत्री, व्राम्हण, नेवार, मुसलनमान र दलित समुदायको मिश्रित वसोवास रहेको यो जिल्लाको जनसंख्या २०६८ को जनगणना अनुसार महिला २,९३,७४२ र पुरुष २,६४,११० गरी कूल ५,५७,८५२ रहेको छ ।

राजनैतिक रुपमा विभाजन

निर्वाचन क्षेत्र ५
ईलाका १३
नगरपालिका २
गा.वि.स. ३९


दाङ जिल्लाको महत्वपूर्ण प्राकृति स्रोतहरु

राप्ती अञ्चलका पाँच जिल्लामध्ये दाङलाई महत्वपूर्ण र प्रकृतिको धनी भनेर लिइन्छ । यसको कूल क्षेत्रफल २ हजार ९ सय ५५ वर्ग किलोमिटर छ । ८० प्रतिशत भित्री मधेश र २० प्रतिशत जमिन पहाडी भू-भाग पर्दछ । यो जिल्ला सुन्दर फाँटका कारण आकर्ष र मनमोहक छ ।

यस जिल्लाको देउखुरी उपत्यकामा राप्ती नदी छ भने दाङ उपत्यकामा बबई, सिस्ने, सेवार, कटुवा, पातु, ग्वार आदि धेरै साना र ठूला खोलाहरु छन् । बाह्रकुने, चरिङ्गे, भोटे, सुकी आदि यस उपत्यकाका मुख्य दहहरु हुन् । पर्यटकीय आकर्षणको रुपमा पुरन्धाराको झरना, चमेरे गुफा, काभ्रेको गढीलेक, सुकौराको दंगीशरण, गुफास्थलहरु पनि यसै जिल्लामा अवस्थित छन् । यस जिल्लामा विभिन्न धार्मिकस्थलहरु अम्बिकेश्वरी, बाह्रकुने दह, सिद्ध रत्ननाथ मन्दिर, पाण्डवेश्वर, रिहार, गढिटाकुरा प्रख्यात छन् ।

दाङ राप्ती अञ्चलको प्रमुख व्यापारिक केन्द्र हो । तर, वर्तमान समयमा बढी कारोवार बुटवलबाट नै हुने गर्दछ । खाद्यवस्तुदेखि केही आधारभूत वस्तुहरु समेत बुटवलबाट अन्य ठाउँमा निर्यात हुने गर्दछ । सल्यान र रुकुम जिल्लाको अधिकांश व्यापारिक कारोवार दाङ जिल्लाबाट हुने गर्दछ । दाङ उपत्यकाको घोराही, तुलसीपुर, नारायणपुर आदि क्षेत्रहरु प्रमुख व्यापारिक केन्द्र हुन् भने बिजौरी, पर्सा, मानपुर, पुरन्धारा, उरहरी, राजपुर, स्यूजा, मर्र्कुटी आदि स्थानहरु पनि स-साना व्यापारिकस्थलका रुपमा विकसित भइरहेका छन् ।

दाङ प्रविधि र शिक्षाको क्षेत्रमा पनि अगाडि बढिसकेको छ । यहाँ इञ्जिनियरिङ कलेज, विभिन्न टेक्निकल विषयहरु पनि पढाइन्छ । शिक्षा क्षेत्रमा वाणिज्य, एड, मानविकी, विज्ञानका साथै अन्य विषयहरु पनि सञ्चालित छन् । यसबाट के अर्थ आउँछ भने दाङ उपत्यका प्रविधि र शिक्षाको क्षेत्रमा विकसित भइसकेको छ ।

यस उपत्यकामा कानून, चेकजाँच जस्ता विभिन्न कार्यालयहरुको व्यवस्थापन र विस्तार भइसकेका छन् । यहाँ पूर्वाधारको पनि विकास भएको छ । प्रकृतिको धनी दाङमा आएर घुम्दा यहाका प्राकृतिक आकर्षण, साधन, स्रोत अवलोकनपछि कोही पनि फिर्ता जान दोधारमा पर्छ ।

स्रोत : जिल्ला प्रशासन कार्यालय दाङ

🌿 गाउँघरको जीवन सरल भए पनि संघर्ष र मेहनतले भरिएको हुन्छ।पशुपालन र कृषिमा रमाइरहेका गाउँका मानिसहरू प्रकृतिसँग नजिक रहेर...
30/05/2026

🌿 गाउँघरको जीवन सरल भए पनि संघर्ष र मेहनतले भरिएको हुन्छ।
पशुपालन र कृषिमा रमाइरहेका गाउँका मानिसहरू प्रकृतिसँग नजिक रहेर आत्मनिर्भर जीवन बिताइरहेका छन्। आफ्ना पशुधनको स्याहार गर्दै बित्ने हरेक दिनले मेहनत, जिम्मेवारी र ममताको कथा सुनाउँछ। ❤️🐐
#गाउँघर #पशुपालन #मेहनतकोफल #आत्मनिर्भरजीवन #नेपालीगाउँ #कृषिजीवन

🌿 मेहनत, आत्मनिर्भरता र गाउँघरको वास्तविक जीवन।जंगलको हरियाली बीच आफ्ना बाख्राहरूको हेरचाह गर्दै एक परिश्रमी महिला। गाउँ...
30/05/2026

🌿 मेहनत, आत्मनिर्भरता र गाउँघरको वास्तविक जीवन।
जंगलको हरियाली बीच आफ्ना बाख्राहरूको हेरचाह गर्दै एक परिश्रमी महिला। गाउँको जीवन सरल भए पनि मेहनत, जिम्मेवारी र प्रकृतिसँगको गहिरो सम्बन्धले भरिएको हुन्छ। पशुपालन केवल जीविकोपार्जन मात्र होइन, ग्रामीण संस्कृतिको महत्वपूर्ण हिस्सा पनि हो। 🐐❤️
#गाउँघर #पशुपालन #मेहनतीमहिला #ग्रामीणजीवन #प्रकृतिप्रेम

🌱 मनुष्य जीवनको यात्रा: जन्मदेखि मृत्यु सम्ममनुष्यको जीवन एउटा लामो यात्रा हो—जन्मदेखि सुरु भएर मृत्युमा टुंगिन्छ। यो या...
04/04/2026

🌱 मनुष्य जीवनको यात्रा: जन्मदेखि मृत्यु सम्म
मनुष्यको जीवन एउटा लामो यात्रा हो—जन्मदेखि सुरु भएर मृत्युमा टुंगिन्छ। यो यात्रामा धेरै उतार–चढाव, खुशी–दुःख, सिकाइ र अनुभवहरू हुन्छन्।
👶 जन्म (शुरुवात)
जीवनको सुरुवात जन्मबाट हुन्छ। एउटा सानो शिशु निष्कपट, निर्दोष र आशाले भरिएको हुन्छ। उसले संसारलाई बिस्तारै चिन्न थाल्छ।
🧒 बाल्यकाल (निर्दोष समय)
यो समय खेल, खुशी र सिकाइको हुन्छ। बाल्यकालमा कुनै चिन्ता हुँदैन, केवल रमाइलो र सपना मात्र हुन्छन्।
🧑 युवावस्था (संघर्ष र सपना)
यही समय हो जब मानिसले आफ्नो लक्ष्य बनाउँछ। पढाइ, काम, प्रेम, जिम्मेवारी—सबै यहीँबाट सुरु हुन्छ। सफल हुन संघर्ष गर्नुपर्छ।
👨‍👩‍👧 प्रौढ अवस्था (जिम्मेवारीको समय)
परिवार, समाज र करियरको जिम्मेवारी बोकेर मानिस अघि बढ्छ। सुख–दुःखसँग जुध्दै जीवन चलाउनुपर्छ।
👴 वृद्धावस्था (अनुभवको चरण)
शरीर कमजोर हुँदै जान्छ तर अनुभव र ज्ञान बढ्छ। विगत सम्झँदै शान्त जीवन बिताउने समय हो।
⚰️ मृत्यु (अन्तिम सत्य)
जीवनको अन्तिम चरण मृत्यु हो। यो प्राकृतिक सत्य हो, जसलाई कसैले टार्न सक्दैन।
✨ निष्कर्ष
जीवन छोटो छ, तर यसको मूल्य धेरै ठूलो छ।
जन्म र मृत्युको बीचमा हामीले गर्ने काम, बाँड्ने माया र छोड्ने सम्झना नै हाम्रो साँचो पहिचान हो।
👉 “जीवन एक यात्रा हो, गन्तव्य होइन—हरेक पललाई अर्थपूर्ण बनाउनु नै साँचो सफलता हो।”

04/04/2026

यसरी जोखिममोल लिएर काम गर्नु पर्छ हेर्नुस्
#देश_विकास

04/04/2026

🤝 सबै एकजुट भए असम्भव पनि सम्भव हुन्छ।
हामी मिल्यौं भने देश आफैं बलियो बन्छ 🇳🇵✨
एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो 💪

#एकता #देश_विकास #हामी_एक_हौं

देश बनाउन अघि हामी आफैं कस्तो बन्नुपर्छ? भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो। देश भनेको सरकार मात्रै होइन, हामी सबै नागरिक...
04/04/2026

देश बनाउन अघि हामी आफैं कस्तो बन्नुपर्छ? भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो। देश भनेको सरकार मात्रै होइन, हामी सबै नागरिकको व्यवहार, सोच र जिम्मेवारीले बनेको हुन्छ।
🌱 १. असल नागरिक बन्नुपर्छ
नियम कानुन मान्ने
अरूको अधिकारको सम्मान गर्ने
देशको हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्ने
🧠 २. सचेत र शिक्षित बन्नुपर्छ
सही र गलत छुट्याउन सक्ने
अफवाह होइन, सत्य कुरा बुझ्ने
शिक्षा र ज्ञानलाई महत्व दिने
🤝 ३. इमानदार र जिम्मेवार बन्नुपर्छ
सानो काममा पनि इमानदारी अपनाउने
आफ्नो काम राम्रोसँग गर्ने
देशको सम्पत्तिलाई आफ्नो जस्तै जोगाउने
💪 ४. मेहनती र आत्मनिर्भर बन्नुपर्छ
अरूमाथि भर नपरी आफ्नै प्रयास गर्ने
कामलाई सानो ठूलो भनेर नछुट्याउने
❤️ ५. एकता र सद्भाव राख्ने
जात, धर्म, भाषा फरक भए पनि मिलेर बस्ने
झगडा होइन, सहकार्य गर्ने
👉 सारमा भन्नुपर्दा:
“हामी राम्रो बन्यौं भने मात्र देश राम्रो बन्छ।”

📮 नेपाल हुलाक सेवा कस्तो हुनुपर्छ? 🇳🇵छिटो, सुरक्षित, सस्तो र सबै ठाउँमा पुग्ने सेवा नै आजको आवश्यकता हो।गाउँ–गाउँसम्म से...
04/04/2026

📮 नेपाल हुलाक सेवा कस्तो हुनुपर्छ? 🇳🇵

छिटो, सुरक्षित, सस्तो र सबै ठाउँमा पुग्ने सेवा नै आजको आवश्यकता हो।
गाउँ–गाउँसम्म सेवा, डिजिटल सुविधा, र राम्रो व्यवहारले मात्र हुलाक सेवा बलियो बन्छ।

हामी सबैले परिवर्तन चाहन्छौं, अब सेवा पनि परिवर्तन हुन जरुरी छ ✨

👉 तपाईंको विचार के छ? कमेन्टमा भन्नुहोस्👇

#नेपालहुलाकसेवा

राति धेरै पानी पिउनु पूर्ण रूपमा नराम्रो पनि होइन, तर कति र कहिले पिउने भन्ने महत्त्वपूर्ण कुरा हो।🌙 राति पानी पिउनुको फ...
01/04/2026

राति धेरै पानी पिउनु पूर्ण रूपमा नराम्रो पनि होइन, तर कति र कहिले पिउने भन्ने महत्त्वपूर्ण कुरा हो।
🌙 राति पानी पिउनुको फाइदा
शरीरलाई हाइड्रेट (पानीको सन्तुलन) राख्न मद्दत गर्छ
राति सुत्दा डिहाइड्रेसन हुनबाट बचाउँछ
छाला र शरीरको रिपेयर प्रक्रियामा सहयोग गर्छ
मुख सुक्ने समस्या कम हुन्छ
⚠️ धेरै पानी पिउनुको बेफाइदा
राति बारम्बार पिसाब लाग्ने (निद्रा बिग्रिने)
गहिरो निद्रा नआउने समस्या
धेरै पिएमा पेट फुल्ने वा असजिलो महसुस हुन सक्छ
✅ सही तरिका के हो?
सुत्नु भन्दा ३०–६० मिनेट अघि थोरै (१ गिलास जति) पानी पिउनु ठीक हुन्छ
सुत्ने बेलामा धेरै पानी नपिउनु राम्रो
दिनभरि पर्याप्त पानी पिउनु (२–३ लिटर जति)
👉 निष्कर्ष:
राति पानी पिउनु राम्रो हो, तर धेरै पिउनु हुँदैन। सन्तुलन मिलाउनु नै सबैभन्दा राम्रो उपाय हो।
#रातिकोपानी
#स्वास्थ्यसुझाव
#पानीपिउनेबानी







#राम्रोबानी
#स्वस्थजीवन


💧

Address

Dang
Ghorahi
11564

Alerts

Be the first to know and let us send you an email when Tikaram Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category