Tikaram Magar

Tikaram Magar यस्तै रमाइलो भिडियो हेर्नकोलगी हाम्रो ,हाम्रो पेज लाई फलो लाईक गर्दिनुहोला धन्यबाद

दाङ जिल्लाको संक्षिप्त परिचय
"

दाङ जिल्लाको संक्षिप्त परिचय"

नेपालको मानचित्रमा ८२ डिग्री २’ देखि ८२ डिग्री ५४’ सम्म पूर्वी देशान्तर र २७o ३६’ देखि २८o २९’ सम्म उत्तरी अक्षांश बीच फैलिएर रहेको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने राप्ती अञ्चलको दाङ जिल्लाको क्षेत्रफल २९५५ वर्ग कि.मि. छ । यस जिल्लाको दक्षिणी सिमाना भारतको उत्तर प्रदेशका बलरामपुर र श्रावस्ती गरी २ वटा जिल्ला सँग जोडिएको छ भने उत्

तरमा राप्ती अञ्चलकै सल्यान, प्यूठान र रोल्पा जिल्लाहरु पर्दछन् । त्यसै गरी पूर्वी सिमानामा राप्ती अञ्चलको प्यूठान र लुम्बिनी अञ्चलको अर्घाखाँची तथा कपिलवस्तु जिल्लाहरु पर्दछन् भने पश्चिममा राप्ती अञ्चलकै सल्यान र भेरी अञ्चलको बाँके जिल्लाहरु पर्दछन् । पूर्व पश्चिम राजमार्गको झण्डै ८० कि.मि. क्षेत्र अ‍ोगट्ने यो जिल्ला राप्ती अन्चलको प्रवेश तथा निकाश द्वारको रुपमा रहेको छ ।

भौगोलिक रुपमा यस जिल्लामा भित्री मधेसका समथर फाँटहरु, यी फाँटहरुलाई चारैतिरवाट घेर्ने साना तथा मध्यम पहाडहरु समेतवाट निर्मित दुई उपत्यकाहरु र पहाडी धरातल (महाभारत तथा चुरे) समेत रहेका छन् । यी उपत्यकाहरु मध्ये उत्तरी अर्थात माथिल्लो उपत्यका ‘दाङ’ र दक्षिणी अर्थात तल्लो उपत्यका ‘देउखुरी’ को नामवाट परिचित छन् । दाङ उपत्यका नेपालकै सर्वाधिक ठुलो उपत्यकाको रुपमा मात्र परिचित नभई एसियाकै ठूला उपत्यकाहरु मध्ये एक मानिन्छ । थारु, क्षेत्री, व्राम्हण, नेवार, मुसलनमान र दलित समुदायको मिश्रित वसोवास रहेको यो जिल्लाको जनसंख्या २०६८ को जनगणना अनुसार महिला २,९३,७४२ र पुरुष २,६४,११० गरी कूल ५,५७,८५२ रहेको छ ।

राजनैतिक रुपमा विभाजन

निर्वाचन क्षेत्र ५
ईलाका १३
नगरपालिका २
गा.वि.स. ३९


दाङ जिल्लाको महत्वपूर्ण प्राकृति स्रोतहरु

राप्ती अञ्चलका पाँच जिल्लामध्ये दाङलाई महत्वपूर्ण र प्रकृतिको धनी भनेर लिइन्छ । यसको कूल क्षेत्रफल २ हजार ९ सय ५५ वर्ग किलोमिटर छ । ८० प्रतिशत भित्री मधेश र २० प्रतिशत जमिन पहाडी भू-भाग पर्दछ । यो जिल्ला सुन्दर फाँटका कारण आकर्ष र मनमोहक छ ।

यस जिल्लाको देउखुरी उपत्यकामा राप्ती नदी छ भने दाङ उपत्यकामा बबई, सिस्ने, सेवार, कटुवा, पातु, ग्वार आदि धेरै साना र ठूला खोलाहरु छन् । बाह्रकुने, चरिङ्गे, भोटे, सुकी आदि यस उपत्यकाका मुख्य दहहरु हुन् । पर्यटकीय आकर्षणको रुपमा पुरन्धाराको झरना, चमेरे गुफा, काभ्रेको गढीलेक, सुकौराको दंगीशरण, गुफास्थलहरु पनि यसै जिल्लामा अवस्थित छन् । यस जिल्लामा विभिन्न धार्मिकस्थलहरु अम्बिकेश्वरी, बाह्रकुने दह, सिद्ध रत्ननाथ मन्दिर, पाण्डवेश्वर, रिहार, गढिटाकुरा प्रख्यात छन् ।

दाङ राप्ती अञ्चलको प्रमुख व्यापारिक केन्द्र हो । तर, वर्तमान समयमा बढी कारोवार बुटवलबाट नै हुने गर्दछ । खाद्यवस्तुदेखि केही आधारभूत वस्तुहरु समेत बुटवलबाट अन्य ठाउँमा निर्यात हुने गर्दछ । सल्यान र रुकुम जिल्लाको अधिकांश व्यापारिक कारोवार दाङ जिल्लाबाट हुने गर्दछ । दाङ उपत्यकाको घोराही, तुलसीपुर, नारायणपुर आदि क्षेत्रहरु प्रमुख व्यापारिक केन्द्र हुन् भने बिजौरी, पर्सा, मानपुर, पुरन्धारा, उरहरी, राजपुर, स्यूजा, मर्र्कुटी आदि स्थानहरु पनि स-साना व्यापारिकस्थलका रुपमा विकसित भइरहेका छन् ।

दाङ प्रविधि र शिक्षाको क्षेत्रमा पनि अगाडि बढिसकेको छ । यहाँ इञ्जिनियरिङ कलेज, विभिन्न टेक्निकल विषयहरु पनि पढाइन्छ । शिक्षा क्षेत्रमा वाणिज्य, एड, मानविकी, विज्ञानका साथै अन्य विषयहरु पनि सञ्चालित छन् । यसबाट के अर्थ आउँछ भने दाङ उपत्यका प्रविधि र शिक्षाको क्षेत्रमा विकसित भइसकेको छ ।

यस उपत्यकामा कानून, चेकजाँच जस्ता विभिन्न कार्यालयहरुको व्यवस्थापन र विस्तार भइसकेका छन् । यहाँ पूर्वाधारको पनि विकास भएको छ । प्रकृतिको धनी दाङमा आएर घुम्दा यहाका प्राकृतिक आकर्षण, साधन, स्रोत अवलोकनपछि कोही पनि फिर्ता जान दोधारमा पर्छ ।

स्रोत : जिल्ला प्रशासन कार्यालय दाङ

🌿 गाउँघरको जीवन सरल भए पनि संघर्ष र मेहनतले भरिएको हुन्छ।पशुपालन र कृषिमा रमाइरहेका गाउँका मानिसहरू प्रकृतिसँग नजिक रहेर...
30/05/2026

🌿 गाउँघरको जीवन सरल भए पनि संघर्ष र मेहनतले भरिएको हुन्छ।
पशुपालन र कृषिमा रमाइरहेका गाउँका मानिसहरू प्रकृतिसँग नजिक रहेर आत्मनिर्भर जीवन बिताइरहेका छन्। आफ्ना पशुधनको स्याहार गर्दै बित्ने हरेक दिनले मेहनत, जिम्मेवारी र ममताको कथा सुनाउँछ। ❤️🐐
#गाउँघर #पशुपालन #मेहनतकोफल #आत्मनिर्भरजीवन #नेपालीगाउँ #कृषिजीवन

🌿 मेहनत, आत्मनिर्भरता र गाउँघरको वास्तविक जीवन।जंगलको हरियाली बीच आफ्ना बाख्राहरूको हेरचाह गर्दै एक परिश्रमी महिला। गाउँ...
30/05/2026

🌿 मेहनत, आत्मनिर्भरता र गाउँघरको वास्तविक जीवन।
जंगलको हरियाली बीच आफ्ना बाख्राहरूको हेरचाह गर्दै एक परिश्रमी महिला। गाउँको जीवन सरल भए पनि मेहनत, जिम्मेवारी र प्रकृतिसँगको गहिरो सम्बन्धले भरिएको हुन्छ। पशुपालन केवल जीविकोपार्जन मात्र होइन, ग्रामीण संस्कृतिको महत्वपूर्ण हिस्सा पनि हो। 🐐❤️
#गाउँघर #पशुपालन #मेहनतीमहिला #ग्रामीणजीवन #प्रकृतिप्रेम

22/04/2026
एमालेको पार्टीमा जम्मै बलत्कारी मात्र रहेछ्न    #एमाले  #पर्टि
19/04/2026

एमालेको पार्टीमा जम्मै बलत्कारी मात्र रहेछ्न
#एमाले #पर्टि

18/04/2026

😂🤣😂

18/04/2026

एमालेमा कस्तो खालको मान्छे रहेछन् भन्ने यो भिडियो ले बटाउछ

Address

Dang
Ghorahi
11564

Alerts

Be the first to know and let us send you an email when Tikaram Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category