jagaranonline.com

jagaranonline.com "लोक जागरन मिडिया ग्रुप द्वारा सन्चाल?

14/01/2025

माघीको अवसरमा नाचीएको मघौटा नाच ।

14/01/2025

दाङ उबासंघको मेला लगाउने तयारी अनिश्चित बन्दै
घोराही, माघ १ । दाङको घोराहीमा उद्यमशीलता विकास र उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने लक्ष्यका दाङ जिल्ला उद्योग वाणिज्य संघले छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१ सञ्चालनको तयारी अनिश्चित बन्दै गएको छ । मेला लगाउने बारेमा संघको कार्य समितिको बिचमा बिबाद चर्केपछि तयारी कमजोर हुँदै गएको हो । मेलाको तयारीका सन्दर्भमा कार्यसमितीका विचमा एकमत छैन । मेलाको मिति सार्बजनिक गर्ने पत्रकार सम्मेलनमा पनि संघका अधिकाश पदाधिकारी र सदस्यहरु उपस्थित थिएनन् । कार्य समिति भित्र मेला ठेक्कामा नदिई संघले आफै लगाउनुपर्ने धेरै जसो सदस्यहरुले अडान लिएका छन । ठेक्कामा लगाउने भएपनि सस्थालाई हित हुने गरि पारदर्शिता कायम हुनुपर्ने एक जना कार्य समिती सदस्यले बताए । उनले सबै जिम्मेवारी आ-आफै पदाधिकारीले मात्रै लिएर मेला लाग्न नसक्ने बताए । सुरुमै मेलाको जिम्मेवारी बाडफाड नगरे मेलाको निश्चित तोकिएको मितिमा लाग्न गाह्रो हुने कार्य समितिकै पदाधिकारीकै भनाई छ ।

फागुन २ गते १८ गतेसम्म दाङको घोराही उपमहानगरपालिका १४ झिगौरामा आयोजना गर्न लागेको महोत्सवमा औद्योगिक तथा व्यापारीक वस्तुहरुको प्रदर्शनी एवं बिक्री, हस्तकला, कृषि, जडिबुटी तथा पर्यटन सूचना एवं सूचना प्रविधिको प्रदर्शनी, विभिन्न प्राविधिक विषयमा जानकारी तथा बिज्ञ सहितको अन्तरक्रिया, प्रदर्शनीका आकर्षणका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु, वाल उद्यान, सांस्कृतिक,कला-साहित्य झल्कने कार्यक्रम र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको गतिबिधि रहने, प्रदर्शनी स्थलमा लुम्बिनी प्रदेशका जिल्लाहरुबाट उत्पादित बस्तुहरुका स्टल रहनुका साथै करिब ५ लाख दर्शकहरुले प्रदर्शनी अवलोकन गर्ने र करिव २० करोड रुपैयाको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । धेरैजसो संघ सस्थाले मेला लगाए पनि ब्यक्तिको मिलेमतोमा पैसा अत्यन्तै कम बच्ने गरेको गुनासो छ ।

दाङ देउखुरीको लमही नगरपालिका स्थित रिहारधाममा रहेको तप्तकुण्डमा माघ स्नान गर्दै भक्तजन । कुण्डमा रहेको तातोपानीमा नुहाउद...
14/01/2025

दाङ देउखुरीको लमही नगरपालिका स्थित रिहारधाममा रहेको तप्तकुण्डमा माघ स्नान गर्दै भक्तजन । कुण्डमा रहेको तातोपानीमा नुहाउदा छाला सम्बन्धि रोग निको हुन्छ भन्ने जन विश्वास रहेको छ । यहाँ हरेक वर्ष माघ १ गते स्नान गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । तस्बिर : कुलदीप न्यौपाने

14/01/2025
प्रतिष्ठानको डेपुटि डाइरेक्टरको जिम्मेवारी डा.रसाईलिलाईदाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको डेपुटि डाइरेक्टरको जि...
14/01/2025

प्रतिष्ठानको डेपुटि डाइरेक्टरको जिम्मेवारी डा.रसाईलिलाई
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको डेपुटि डाइरेक्टरको जिम्मेवारी प्रतिष्ठानका अँाखा रोग विशेषज्ञ डा. सुरेश रसाईलिलाई प्रदान गरिएको रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिनु भएको छ ।

13/01/2025

यातायात ब्यबसायिलाई राज्यले सम्मान गरेन - सुरेश हमाल

तुलसीपुर बृहत सिकाई मेलामा विद्यार्थीले  गरेका नमुनाकाे प्रदर्शनी तस्बिर : जीतसागर जी.एम.
12/01/2025

तुलसीपुर बृहत सिकाई मेलामा विद्यार्थीले गरेका नमुनाकाे प्रदर्शनी
तस्बिर : जीतसागर जी.एम.

घोराही उपमहानगरपालिका-१३ मा रहेको बराहथानमा जोत बाल्ने परम्परानुसार पौष २८ गते सानो मेला लाग्ने दिन सन्ध्यामा बराह बाजेक...
12/01/2025

घोराही उपमहानगरपालिका-१३ मा रहेको बराहथानमा जोत बाल्ने परम्परानुसार पौष २८ गते सानो मेला लाग्ने दिन सन्ध्यामा बराह बाजेको प्राकट्य दिवस मनाइन्छ। यस अवसरमा परम्परागत रूपमा बराह देवको जन्मदिनमा दियो बाली १२५ रुपैयाँ (सवा भेटी) चढाइने गरिन्छ। पौष मसान्त मा ठूलो मेला हुने र सोको अघिल्लो दिन जोत (दियो) बाली बराह देवताको प्राकट्य दिवस मनाईन्छ। मकर संक्रान्तिको दिन बाह्रकुने दहमा स्नान गरी पूजन गर्दै मेला लाग्ने गर्दछ । तस्बीर : माधव केसी

आगामी महाधिवेशनमा सभापतिमा उठ्ने शशांकको संकेतदाङ —कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापतिमा...
12/01/2025

आगामी महाधिवेशनमा सभापतिमा उठ्ने शशांकको संकेत

दाङ —कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन सक्ने बताएका छन् । आइतबार दाङको घोराहीमा कांग्रेसका अगुवा कार्यकर्ताहरूसँगको भेटमा कोइरालाले अब आउने महाधिवेशनमा सभापति लड्ने सोच बनाई देशभर कांग्रेस नेता, कार्यकर्ताहरूलाई भेट्ने क्रममा दाङ आइपुगेको जानकारी दिए ।
त्यस्तै आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापति छाड्न नसक्ने संकेतसमेत उनले गरे । रगतको नाताले मात्रै नहुने भन्दै उनले विचारको एकता नहुँदासम्म कोइराला परिवार एक हुनुको अर्थ नहुने धारणा राखे ।

'म अब पार्टी बनाउने अभियानमा छु । म नेतृत्व गरेर पार्टीलाई अझ बलियो बनाउन चाहन्छु । त्यसका लागि कार्यकर्ताको साथ र सहयोग चाहिन्छ । मैले त्यो साथ खोजेको छु । विचार मिल्नेहरूसँग एकता हुन्छ, नमिले परिवार र बाहिरको भन्ने हुँदैन,' उनले भने ।

विधानअनुसार कांग्रेसको महाधिवेशन चार-चार वर्षमा हुनुपर्छ । तर कांग्रेसले आफ्नो जीवनमा विधानको त्यो व्यवस्था मानेको छैन । चार वर्षमा हुनुपर्ने महाधिवेशनलाई कांग्रेसले धकेलेर साढे ५ वर्षसम्म पुर्‍याएको छ । नेताहरूले पार्टी विधानको बाध्यकारी पालना र समयमै १५औँ महाधिवेशन हुनुपर्ने विषयलाई जोड दिएर उठाएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन ०७८ को मंसिरमा भएको थियो । जसअनुसार विधानले तोकेबमोजिम नै महाधिवेशन हुने हो भने ०८२ को मंसिरमा महाधिवेशन भइसक्नुपर्छ ।

12/01/2025

यातायात ब्यबसायीका नेता सुरेश हमालको कुरा सुन्नुहोस ।

12/01/2025

थारु समुदायको महान चाडपर्ब माघीको अवसरमा घोराही ७ सौडियार स्थित माबि सौडियारमा आयोजित माघी मिलन कार्यक्रम शिक्षक तथा शिक्षिका र बिद्यार्थीको नाचो ।

दाङ । थारु समुदायको महान चाडपर्ब माघी अवसरमा घोराही ७ सौडियार स्थित माबि सौडियारमा आयोजित माघी मिलन कार्यक्रम ।
12/01/2025

दाङ । थारु समुदायको महान चाडपर्ब माघी अवसरमा घोराही ७ सौडियार स्थित माबि सौडियारमा आयोजित माघी मिलन कार्यक्रम ।

12/01/2025

घोराहीमा भोली सार्वजनिक विदा
दाङ । घोराही उपमहानगरपालिकाले थारु समुदायको माघ पर्वको अवसरमा पुस २९ गते सार्वजनिक विदा दिएको हो ।

रवि लामिछानेलाई फेरि प्रहरी हिरासतमा पठाइयोकाठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिर...
12/01/2025

रवि लामिछानेलाई फेरि प्रहरी हिरासतमा पठाइयो
काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाइएको हो ।

बयान सकिएपछि पनि थुनछेक बहस सुरू नभएपछि न्यायाधीश र लामिछानेपक्षका कानून व्यवसायीबीच थुनामा पठाउने कि जिम्मा जमानीका छाड्नेबारे विवाद भएको थियो ।

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले प्रहरीलाई पत्र लेख्ने काम भइरहेको बताए । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी,जीबीको साढुभाई दीपक लामा,कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ३९ जनालाई ‍प्रतिवादी कायम गरिएको छ।

उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन्। सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

यस अगाडि कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा काठमाडौं जिल्ला अदालतको आदेशपछि मंगलबार रिहा भएका हुन्।

खुला विश्वविद्यालयमा दुई जना प्रोफेसर नियुक्त गरेको विषयमा कारण देखाऊ आदेश जारीकाठमाडौँ । नेपाल खुला विश्वविद्यालयले निय...
12/01/2025

खुला विश्वविद्यालयमा दुई जना प्रोफेसर नियुक्त गरेको विषयमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयले नियुक्त गरेका दुई जना प्रोफेसरहरूका विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । कार्यकारी परिषद्बाट कुनै निर्णय नगरी उपकुलपति प्राडा शिलु मानन्धर बज्राचार्यले नियुक्त गरेका दुई जना प्रोफेसरहरूका विषयमा कारण देखाऊ आदेश जारी भएको हो ।
आफूखुसी दुई जना प्रोफेसर नियुक्त गरेको भन्दै उपप्राध्यापक डा. भोजराज घिमिरेले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा सुनुवाइ गर्दै कारण देखाऊ आदेश गरिएको हो । अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षलाई माघ ४ गते विश्वविद्यालयको कार्यकारी परिषद्का सबै सदस्यहरूलाई छलफलका लागि बोलाइएको छ ।

पुस १ गते उपकुलपति बज्राचार्यले डा. रामकुमार फुयाँल र डा. दिनेश भुजुलाई विज्ञ प्राध्यापकमा नियुक्त गरेकी थिइन् । उपकुलपतिको उक्त कदमको विश्वविद्यालयका शिक्षक कर्मचारीले विरोध गर्दै आएका थिए । ऐन, नियम र कार्यविधिको पालना नगरी बिना प्रक्रिया नियुक्ति गरिएको विश्वविद्यालयको शिक्षक–कर्मचारी संघर्ष समितिको आरोप छ । यसैबिच घिमिरेले सर्वोच्चमा उनीहरूको नियुक्ति प्रक्रिया रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

नियुक्त भएका दुवै जना प्राध्यापक विश्वविद्यालयमा आएर कामकाज गर्दै आएका छन् । रजिस्ट्रारको कार्यालयमा हाजिरी गर्दै दुवै जनाले काम गर्दै आएका हुन् । उनीहरूले पढाउने भन्दा पनि नीतिगत कामहरू गर्दै आएको विश्वविद्यालयले जनाएको छ ।

डा. फुयाँल राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुन् । त्यस्तै डा. भुजु नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका पूर्व प्राज्ञ तथा हाल मध्य–पश्चिम विश्वविद्यालयमा मानार्थ प्राध्यापक हुन् ।

विश्वविद्यालयको ऐनमा शिक्षक तथा कर्मचारी सम्बन्धी व्यवस्था गरेको छ । ऐनको दफा २७ को ३ मा विज्ञलाई करारमा नियुक्त गर्न सक्ने व्यवस्था गरेको छ । विश्वविद्यालयको कुनै काम गर्न विश्वविद्यालयका शिक्षक तथा कर्मचारीबाट सम्भव नभएमा उपकुलपतिले त्यसको कारण खुलाइ कुनै विज्ञलाई करारमा नियुक्त गरी विश्वविद्यालयको काममा लगाउन सकिने प्रावधान छ । सोही प्रावधानलाई टेकेर विज्ञ नियुक्त गरिएको विश्वविद्यालयले जनाएको छ ।

दाङ पुगेर शंशाक कोइरालाले भने–ओलिको नेतृत्वको सरकारले  मुलुकमा विकास निर्माणका काम नै गरेन ! दाङ । नेपालि काग्रेसका पुर्...
12/01/2025

दाङ पुगेर शंशाक कोइरालाले भने–ओलिको नेतृत्वको सरकारले मुलुकमा विकास निर्माणका काम नै गरेन !
दाङ । नेपालि काग्रेसका पुर्व महामन्त्रि डा. शंशाक कोइरालाले एमाले अध्यक्ष केपि शर्मा ओलि नेतृत्वको वर्तमान सरकारवाट मुलुकमा ठुला–ठुला विकास निर्माणको काम हुन नसकेको तर्क गरेका छन् । उनले काग्रेस पनि सरकारमा सामेल भएपनि सरकारको नेतृत्व कर्ता ओलिले मुलुकमा सुसाशन पनि दिन नसकेको ठोकुवा गरे । घोराहीमा आयोजित काग्रेसका जिल्ला, क्षेत्र, नगर, पालिका, वडाका अगुवा कार्यकर्ताहरुसंंगको भेटमा विपी पुत्र समेत रहेका शंशाकले काग्रेस र एमाले मिलेर सरकार बनाउदा जनतामा उत्साह भएपनि अहिले ६ महीनाको विचमा जनतामा निराशा छाउदै गएको बताए । अध्यादेशवाट सरकार सञ्चालन गर्नु विडम्वनापुर्ण वातावरण भएको भन्दै उनले काग्रेसका जिम्मेवार पदाधिकारीले अहिले संसदलाई छलेर अध्यादेशवाट सरकार सञ्चालन गर्ने कुरामा साक्षी वस्दै हिडेको आरोप लगाए । काग्रेस नेता, कार्यकर्ताहरुले विवेक पुर्याउनुपर्ने समय आउन लागेको भन्दै अव आउने महाधिवेशनमा आफु सभापति लड्ने पनि दावि गरे । सभापति लड्ने सोच बनाइ रहदा देशभरी काग्रेस नेता, कार्यकर्ताहरुलाई भेट्नेक्रममा दाङ आइपुगेको चर्चा गर्दै काग्रेस केन्द्रिय सदस्य समेत रहेका कोइरालाले घुमाउरो पारामा आउने सभापतिमा शेखर कोइरालालाई छाड्न नसक्ने संकेत गरे । कोइराला परीवार एक ठाँउमा आउनु र नआउनु ठुलो नराख्ने चर्चा गर्दै उनले रगतको नाताले मात्रै नहुने भएकाले विचारको एकता नहुँदासम्म कोइराला परीवार एक हुनुको तुक नरहेको टिप्पणी गरे । काग्रेसभित्र शक्तिलाई केन्द्रीकृत गर्ने काम मात्रै भइरहेको बताउदै उनले आफु नेतृत्वमा आएपछि केन्द्रवाट हुँदै आएको टिकट वितरण प्रकृयालाई पनि आफु जिल्ला, क्षेत्रलाई दिने गरी काग्रेसको विधान संसोधन गर्ने बताए । काग्रेसका नेता, कार्यकर्ताले आफ्नो दिमागवाट नै काग्रेस बनाउने अठोट लिनुपर्ने र त्यसलाई आफुले नेतृत्व गरेर साथ दिने उनको भनाई छ । वर्तमान आधुनिक प्रविधिलाई आत्मसात गरेर अघि बढ्नुको विकल्प नरहेको बताउदै कृषिलाई आधुनिकरण गर्ने सदीयौदेखी कुराँ हुँदै आएपनि राजनितिमात्रै भएको उनले विचार ब्यक्त गरे । उनले काग्रेस र एमालेले मिलेर वलियो र स्थीर सरकार वोलिमा मात्रै भएको तर, बजेट कार्यान्वयन गर्ने कुरादेखी ब्यवहारमा कही कतै देख्न नपाइएको बताए । संघीयता पनि नाम मात्रैको भएको भन्दै केन्द्रिय सदस्य समेत रहेका कोइरालाले एकात्म तरीकाले र वित्तिय अधिकार नदीएर आफै केन्द्रिय सरकारले राख्ने भए संघीयताको कामै नरहेको बताए । उनले मुलुकमा हिन्दु राष्ट्र चाहीएको बताए । उनले आफु धर्म निरपेक्षको पक्षमा नरहेकाले धर्म सापेक्ष हुनुपर्ने भन्दै उनलृ आफ्नो वुवा विपी र आमा पनि धर्ममा सानैदेखी विश्वास गरेकाले संविधानमा जवरजस्ती धर्म निरपेक्ष लेखेर जनताले मान्नै पर्ने ग्यारेन्टी नरहेको बताए । ९० प्रतिशत ओमकार परीवार रहेकाले जनमतको अपेक्षा विपरीत विदेशीको पछि लागेर संविधानमा धर्म निरपेक्ष लेखीएको ठोकुवा गरे । एकअर्को प्रंसगमा नेता कोइरालाले चुनाव अत्यन्तै महङ्गो भएको चर्चा गर्दै यहि तरीकाले अघि बढ्दै गए सामान्य ब्यक्ती नेतृत्वमा आउन कठिन रहेको बताए । आफ्नो चुनावमा शुभेच्छुकहरुले ६ करोड बढि गएको चुनावमा खर्च गरेको रिपोर्ट आफुँकहाँ आएकाले यस्तो महङ्गो चुनाव जनता लड्न नसक्ने भएकाले निर्वाचन प्रणालि नै संसोधन गर्ने गरी वहस चलाउनुपर्ने उनले बताए । उनले पार्टिको केन्द्रिय समीतिमा युवा शक्तिलाई कसरी भित्र्याउन सकीन्छ र मुलुकमै कसरी रोजगारीको सिर्जना गरेर युवालाई राख्न सकीन्छ भन्ने वारे वहस, छलफल चलाउने पनि बताए । साथै उनले काग्रेस र एमाले नेतृत्वको सरकार तत्काले ढल्ने सम्भावना नरहेको भन्दै सरकार लामो समय जाने बताए । उनले पार्टिको महाधिवेशन पार्टि सभापति शेरबहादुर देउवाले आफु चुनावि सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रि बनेपछि मात्रै हुने भन्दै २०८४ पछि मात्रै काग्रेसको महाधिवेशन गर्न उपयुक्त हुने बताए । समयमै पार्टिको महाधिवेशन गर्न सके अत्यन्तै राम्रो हुने, तर, महाधिवेशन समयमा नभएर लम्वीएको खण्डमा आम चुनावको मुखमा महाधिवेशन गर्दा चुनावमा तिक्तता पैदा भई पार्टिले चुनावमा क्षति वेहोर्ने बताए । देउवाले कुनै पार्टिसंग मिलाएर महाधिवेशन पछि धकेल्ने पनि उनले दावि गरे । सो अवसरमा कांग्रेस घोराहीका नगर सभापति तिलक रावतले समसामयिक राजनितिको बारेमा पुर्ब महामन्त्री कोइरालासंग जिज्ञासा राखेका थिए भने तुलसीपुर पार्टी नगर सभापती सुरेश हमालले क्षेत्रमा, प्रदेशमा हारेको ब्यक्तिलाई पार्टीको केन्द्रले टपक्क टिपेर लैजादा पार्टी कमजोर बन्दै गएको र केही केन्द्रिय सदस्यहरु तलबाट क्षेत्रिय प्रतीनिधि साच्चै हुनुपर्ने अबस्था आए वडामै लज्जास्पद तरिकाले हार्ने अबस्था रहेको बताए । हमालले क्षेत्रिय सभापतिदेखि पार्टीको केन्द्रिय सभापतिसम्म फर्केर तलबाट क्षेत्रिय प्रतिनिधि भएर आउन नपर्नेब र बाकी सबैलाई तलबाट क्षेत्रिय प्रतिनिधि भइ आउनुपर्ने बिभेदकारी पार्टीको बिधान रहेकाले संसोधनका लागि पहल गर्न कोइरालालाई आग्रह गरे । अहिले जनप्रतिनिधि र पार्टी प्रति समन्वय नहुँदा चुनाबमा जनता समक्ष गरेका बाचाहरु पुरा हुन नसकेको तर्क गर्दै उनले चुनाब जनप्रतिनिधिले जितेपछि पार्टीका नेता, कार्यकर्तालाई दास सम्झने प्रबृत्ति रहेको उनले बताए । कांग्रेस क्षेत्रिय सभापति भिमप्रकाश खड्काले चुनाब महङ्गाे हुँदै गएकाले यस बारे पार्टीले केन्द्रदेखि बहस, छलफल गर्नुपर्ने बताउदै चुनाब साच्चै महङ्गाे हुँदै जादा भ्रष्टाचार बढ्ने भएकाले यसलाई सुधार गर्ने हो भने गरिब र धनि बर्गबाट कसरि ब्यबस्थापन गर्ने नीति नै ल्याउनुपर्ने बिचार राखे ।

Address

Tulsipur Chowk
Ghorahi
22400

Alerts

Be the first to know and let us send you an email when jagaranonline.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to jagaranonline.com:

Share