
14/07/2025
सिस्ने खोलामा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृ*त्यु
दाङ, असार ३० — घोराही–रामपुर सडकखण्ड अन्तर्गत सिस्ने खोलामा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई युवाको निधन भएको छ।
तीव्र गतिमा रहेको मोटरसाइकल सिस्ने खोलामा सडकबाट अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको बताइएको छ। दुर्घटनास्थलमा पुगेका स्थानीयले गम्भीर अवस्थामा रहेका दुवै जनालाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा ल्याएका थिए।
दुवै घाइतेहरूको अस्पतालमा उपचार भइरहेको समयमा नै मृ*त्यु भएको छ। मृतकहरूको पहिचान बारे थप विवरण आउन बाकी
Source Mero Dang HD