प्रणाम खबर Pranamkhabar

प्रणाम खबर Pranamkhabar शिष्ट अनि विशिष्ट खबरका लागि प्रणामख?

सर्पको टाउकोमा झुसिल्कीरो !भक्तपुरको मनोहरा क्षेत्रमा फोटोग्राफर संजय था श्रेष्ठले कैद गरेको सर्पको दुर्लभ तस्बिर । पछिल...
16/07/2025

सर्पको टाउकोमा झुसिल्कीरो !
भक्तपुरको मनोहरा क्षेत्रमा फोटोग्राफर संजय था श्रेष्ठले कैद गरेको सर्पको दुर्लभ तस्बिर । पछिल्लो समय मनोहरा क्षेत्रलाई 'मिनी कोशी टप्पु' को नाम दिइएको छ ।

शनिबार राति १० बजेतिर लगनखेल बसपार्कभित्र दुर्घटनामा परेको चक्रपथ चल्ने बस ।
13/07/2025

शनिबार राति १० बजेतिर लगनखेल बसपार्कभित्र दुर्घटनामा परेको चक्रपथ चल्ने बस ।

बाग्मती गाउँपालिका ७ गिम्दी वडा कार्यालयले गिम्दी घर भई काठमाडौ उपत्यकाका विभिन्न ठाउँमा बसोबास गर्दै आएका ज्येष्ठ नागरि...
12/07/2025

बाग्मती गाउँपालिका ७ गिम्दी वडा कार्यालयले गिम्दी घर भई काठमाडौ उपत्यकाका विभिन्न ठाउँमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शनिबार ललितपुरमा आयोजत एक कार्यक्रममा उपत्यकामा बसोबास गर्ने ३० भन्दा बढी ज्येष्ठ नागरिकलाई पानी तताउने केट्ली, पछ्यौरा, छाता तथा ढाका टोपीद्वारा सम्मान गरिएको वडा अध्यक्ष होम प्रसाद बजगाइँले बताए । सम्मान कार्यक्रममा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य ,प्रदेश कमिटी सदस्य भवानी बजगाइँ, एमाले ललितपुरका नेता गम्भीर राना,रमेश चन्द्र घिमिरे, गिम्दीका पूर्व वडाध्यक्ष तथा एमाले बाग्मती का अध्यक्ष नवराज सञ्जेल लगायत सहभागी थिए ।

साथै केही दिनभित्रै गिम्दी मा रहेका ज्येष्ठ नागरिकलाई यसै खालको सम्मान गर्दै सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिने वडाले जनाएको छ ।

प्रेस चौतारी ललितपुरले सुरु गर्यो चिया चौतारी र वडामा चौतारीझरुवाराशीको पोखरीटारबाट सुरु भयो कार्यक्रम ललितपुर – प्रेस च...
06/07/2025

प्रेस चौतारी ललितपुरले सुरु गर्यो चिया चौतारी र वडामा चौतारी
झरुवाराशीको पोखरीटारबाट सुरु भयो कार्यक्रम

ललितपुर – प्रेस चौतारी ललितपुरको आयोजनामा चिया चौतारी र वडामा चौतारी कार्यक्रम सुरु भएको छ ।
गोदावरी नगरपालिकाको वडा नम्बर १३ झरुवाराशीस्थित पोखरीटारको चौतारीबाट कार्यक्रमको शुभारम्भ भएको हो ।

वडा अध्यक्ष भाष्कर थापासँग कुराकानी गर्दै वडामा चौतारीको पहिलो अंक सुरु गरिएको छ ।
वडा अध्यक्ष थापाले पोखरीटार निर्माण भएको उद्यानले झरुवाराशीको पुरानो इतिहास ब्युझाँएको बताए ।
उनले आफूले धापाखेलबाट झरुवाराशी हुँदै डाँडागाउँबाट न्यौपानेगाउँ स्वास्थ्य चौकीसम्मको बाटो निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
समाजभित्र भएका विकास निर्माण, आपसी सद्भाव र विसंगती विकृति विरुद्ध आवाज उठाउनका लागी चिया चौतारी र वडामा चौतारी कार्यक्रमको परिकल्पना गरिएको अध्यक्ष नवीन लुईटेलले जानकारी दिए ।
चौतारो , सार्वजनिक स्थल , पुरानो चिया पसल तथा पुराना वस्तीमा गएर चिया खाएर सामान्य भन्दा सामान्य विषय जसले स्थानीय तह हुँदै प्रदेश र संघसम्म छुनसक्ने गरी छलफल गरिन्छ , उनले भने र्, कसैलाई गाली गर्ने भन्दा पनि राम्रो कामको प्रोत्साहन र कमजोरीलाई सुधार्नका लागि आग्रह गरिनेछ ।
चौतारी ललितपुरका सचिव सन्तोष दहालका अनुसार वडा चौतारी वडाको गतिविधी र वडाका जनप्रतिनिधीसँग बढि केन्द्रित हुनेछ भने चिया चौतारी आम ब्यक्ति या कुनै विशिष्ट ब्यक्तिसँग गरिनेछ ।

06/07/2025

काटेर खाने भनेको भाले जिउँदै, ज्वाईँले ससुरालीका ४ जनाको कत्लेआम गरे !
#भोजपुर

बाग्मती गाउँपालिका वडा नं ४ बाट निर्वाचित वडा सदस्य रोम प्रसाद दाहालले आफ्नो पदबाट राजिनामा दिएका छन् । व्यक्तिगत कार्यव...
04/07/2025

बाग्मती गाउँपालिका वडा नं ४ बाट निर्वाचित वडा सदस्य रोम प्रसाद दाहालले आफ्नो पदबाट राजिनामा दिएका छन् । व्यक्तिगत कार्यव्यस्तताको कारण देखाउँदै उनले शुक्रबार गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनलाई भेटेर राजिनामापत्र बुझाएका हुन् । २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका दाहालले पार्टीको क्रियाशील सदस्यबाट समेत राजिनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । यद्यपि उनले राजिनामा दिनुको अन्य कारण भने खुलाएका छैनन् । राजिनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उनले वडाबासी मतदाताको मतलाई कदर गर्न नसकेकोप्रति माफी समेत मागेका छन् ।

धान दिवसमा  वाईसीएल भक्तपुरले गर्यो धान रोपाईँसरस्वती काफ्ले, भक्तपुर । नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिस्ट...
29/06/2025

धान दिवसमा वाईसीएल भक्तपुरले गर्यो धान रोपाईँ
सरस्वती काफ्ले, भक्तपुर । नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिस्ट लिग ( वाईसीएल ) भक्तपुर जिल्ला समितिले राष्ट्रिय धान दिवसको अवसरमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ ।

उत्पादन,श्रम र संघर्षमा वाईसीएल भन्ने उद्देश्यका साथ आइतबार राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिनकाे अबसरमा संगठनक भक्तपुर जिल्ला समितिकाे आयाेजनामा धान राेपाई सम्पन्न भएको हो ।

कार्यक्रममा ने क पा माओवादी केन्द्र का केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला ईन्चार्ज दिलिप प्रजापति,केन्द्रीय सदस्य तथा जवस ईन्चार्ज प्रतिमा श्रेष्ठ,ने क पा माओवादी केन्द्र सुर्यविनायक नगर समिती अध्यक्ष सानू कान्छा आलेमगर,पार्टीका नगर उपाध्यक्ष क.राजेन्द्र कार्की ,पार्टी नगर सचिव सनिस लागेजु, संगठनका जिल्ला अध्यक्ष सुरेन्द्र सुवाल, केन्द्रीय सदस्यहरु राेसन बासुकला, सरराज उप्रेती ,अखिल क्रान्तिकारी जिल्ला ईन्चार्ज क.प्रदिप तज,जिल्ला उपाध्यक्ष क.राज सिमाछ्वा,काेषाध्यक्ष क.सम्रित तण्डुकार लगायतका उपस्थिति रहेको थियो ।

१७ वर्षीया किशोरीलाई बलात्कार गरी गर्भवती बनएर छोरा समेत जन्माएको आरोपमा माओवादीको भ्रातृ संगठन वाइसिएलका कर्णाली प्रदेश...
27/06/2025

१७ वर्षीया किशोरीलाई बलात्कार गरी गर्भवती बनएर छोरा समेत जन्माएको आरोपमा माओवादीको भ्रातृ संगठन वाइसिएलका कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी ईन्चार्ज समेत रहेका रूकुम पश्चिमका ३० वर्षीय रेशम खत्री क्षेत्रीलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ।
उनीमाथि जाजरकोटकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको जाहेरी २ महिना अघि परेको छ। बलात्कारी फरार रहेका थिए हाल पक्राउ परेका छन्।

घटना बाहिरिएलगत्तै वाईसीएल कर्णाली प्रदेश कमिटिले एक विज्ञपति जारी गर्दै खत्रीलाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट अलग गर्ने निर्णय गरेको छ । प्रदेश कमिटी अध्यक्ष लक्ष्मण ओली र सचिव लोकेन्द्र राणाद्वारा जारी विज्ञप्तीमा केसीको नाम जोडिएर आएको घटनाप्रती ध्यानाकर्षण भएको भन्दै अनुसन्धान प्रक्रियालाई सघाउ पुर्याउन मुद्दाको अन्तिम टुँगो नलाग्दासम्म सम्पूर्ण जिम्मेवारीबाट हटाईएको उल्लेख गरिएको छ ।

१८ वर्ष मुनिका बालिकासंग सहमतिमा यौन सम्पर्क गर्नुलाई पनि कानुनमा बलात्कार मानिन्छ।

27/06/2025

अवैध लागूऔषध गाँजा २ किलो ३ सय ८० ग्राम सहित बाग्मती गाउँपालिका २ माल्टा बस्ने २९ वर्षीय नविन दाहाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनी गोदावरी नगरपालिका १३ झरुवारासीबाट पक्राउ परेका हुन् ।

विपद कहर !! महाङ्काल गाउँपालिका ६ ठुलादुर्लुङ स्थित गुमराङमा रहेको भर्याङखोल्सामा आएको बाढीले बगाएर मोटरसाइकलमा सवार महा...
26/06/2025

विपद कहर !!
महाङ्काल गाउँपालिका ६ ठुलादुर्लुङ स्थित गुमराङमा रहेको भर्याङखोल्सामा आएको बाढीले बगाएर मोटरसाइकलमा सवार महाङ्काल गाउँपालिकामा कार्यरत सब इन्जिनियर सविन दहालको बुधबार घटनास्थलमै ज्यान गएको छ । बुधबार साँझ अविरल वर्षासँगै आएको भीषण बाढीले मोटरसाईकल सहित सविनलाई बगाएको थियो । उनको शब तस्वीरमा खोलाको बीचमा रहेको सानो रुख छेउमा फेला परेको थियो । हाल वर्षापछि दक्षिण ललितपुरमा सडक सञ्जाल विच्छेद हुँदा पोस्टमार्टमको लागि शब राजधानी ल्याउन समस्या भएको छ ।

सविन डेढ महिनाअघि मात्र गाउँपालिकाले विज्ञापन गरी माग गरेको असिस्टेन्ट सब इन्जिनियर ( चौथो) को लागि नाम निकालेर गाउँपालिकामा प्रवेश गरेका थिए ।

04/06/2025

ललितपुरको ठैबमा बुधबार जेसिबीले बिजुलीको पोल उठाउन लाग्दा पोल ढलेर थिच्दा मृत्यु भएका ५५ वर्षीय रमेश शाहीको परिवारलाई २७ लाख दिने सहमती भएपछी आक्रोशित मृतकका आफन्तले अवरुद्ध गरेको सडक खुलेको छ ।

Address

Godawari

Alerts

Be the first to know and let us send you an email when प्रणाम खबर Pranamkhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to प्रणाम खबर Pranamkhabar:

Share