08/11/2025
विदेशमा रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता र प्राविधिकहरूलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको आह्वान: 🙏
हामी सबैलाई थाहा छ कि तपाईंहरूले विदेशमा आर्जन गरेको ज्ञान, सीप, दक्षता र अन्तर्राष्ट्रिय अनुभव विदेशीका लागि मात्र होइन, नेपालको लागि पनि अत्यन्त महत्वपूर्ण सम्पत्ति हो। तर देशले तपाईंहरूको प्रतिभालाई राष्ट्रहितका लागि अहिलेसम्म आकर्षित गर्न, प्रयोग गर्न र सम्मान गर्न सकेको छैन। 🌹
मेरो अत्यन्तै छोटो कार्यकालमा विज्ञान–प्रविधिको विकासमा के-के गर्न सकिन्छ भनेर सुझाव लिन खोजी गर्दैछु। अहिलेको अवस्थामा ठोस काम गर्न नसके पनि तपाईंहरूले नेपालको हितका लागि हृदयदेखि नै सोचिरहनु भएको र गर्न चाहनु भएको विज्ञान-प्रविधि क्षेत्रमा अनुसन्धान र नवप्रवर्तन सम्बन्धी अल्पकालीन प्रस्ताव, नयाँ विचार, सुझाव वा सम्भावित सहकार्यहरू छन् भने कृपया आफ्ना विचार इमेल मार्फत [email protected] मा पठाउनु होला।
धन्यवाद 🙏