26/12/2025
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेकपामा प्रवेश
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। आज बिहान हात्तीवनस्थित निवासमा नेकपाका संयोजक प्रचण्डले परियारलाई पार्टीमा स्वागत गरेका हुन्। प्रचण्डले परियारजस्तो प्राज्ञिक व्यक्तित्व पार्टीमा आउनु खुसीको विषय भएको बताए।
गत साता श्रम संस्कृति पार्टीले बुटवलमा आयोजना गरेको कार्यक्रममा आयोजकप्रति राम्रो व्यवहार नगरेको आरोप लगाउँदै हर्क साम्पाङले परियारलाई कारबाही गरेका थिए। सामाजिक अभियन्ता समेत रहेका परियारले केही दिनअघि पार्टी अध्यक्ष हर्क राईले आफूलाई ‘बालीघरे दमाईं’ सम्झिएको टिप्पणी गर्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका थिए।